२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

प्रारम्भिक छनोट अन्तिम चरणमा

नेपाल कबड्डी लिग (एनकेएल) को खेलाडी अक्सनका लागि प्रारम्भिक छनोट अन्तिम चरणमा पुगेको छ। आगामी जुलाई २० देखि ३० तारिखमा पहिलो पटक नेपालमा फ्रेन्चाइज कबड्डी लिग सुरु गर्ने तयारी छ । सोही कबड्डी लिगका लागि स्वदेशी खेलाडीको छनोट गरिएको छ। 

शनिबार काठमाडौंको चमती खेलपार्कमा बाग्मती प्रदेश र तीन विभागीय टोलीबाट खेलाडी छनोट भएका थिए। चार टोलीबाट कुल ४५ जना प्रारम्भिक खेलाडी छनोट भएका छन्। अखिल नेपाल कबड्डी संघका महासचिव तथा लिगका डाइरेक्टर अरविन्दकुमार झाको नेतृत्वमा प्रारम्भिक चरणको छनोट भएको हो। नेपालबाट कुल ३०० खेलाडीले कबड्डी लिगका लागि आफ्नो नाम दर्ता गराएका छन्।

अहिलेसम्म सुदूरपश्चिमबाट २१, गण्डकी, कर्णाली र लुम्बिनी गरी तीन प्रदेशबाट ४६ र सुदूरपश्चिमबाट २१ ज्ना खेलाडी छनोट भइसकेका छन्। अखिल नेपाल कबड्डी संघका महासचिव तथा लिगका डाइरेक्टर अरविन्दकुमार झाले अब कोसी र मधेस प्रदेशबाट छनोट हुन बाँकी रहेको बताए। अक्सनका लागि करिब १७० देखि १८० स्वदेशी खेलाडी छनोट गरिने भएको छ। यसै महिना नै दोस्रो चरणको छनोट काठमाडौंमा हुने आयोजकले जनाएको छ।

यहाँबाट ६० जना स्वदेशी खेलाडी छनोट हुनेछन् । नेपाल कबड्डी लिगका डाइरेक्टर ई प्रसाद राउ र सहभागी ६ फ्रेन्चाइज टोलीका प्रशिक्षकले अन्तिम चरणको छनोट गर्नेछन्। विदेशी २४ खेलाडीसहित कुल ८४ खेलाडीलाई अक्सनमा सहभागी गराइने आयोजकको तयारी छ । हरेक टोलीमा चार विदेशीसहित कुल १४ खेलाडी समावेश हुनेछन् । नेपाल कबड्डी लिगमा कुल ६ फ्रेन्चाइज टोली रहनेछन्। यद्यपि, टोलीको नाम भने निर्धारण गरिएको छैन।  

प्रकाशित: १० वैशाख २०८१ ०८:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App