२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आज फेरि चेन्नई र लखनउ भिड्दै, लेला त चेन्नईले हारको बदला?

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जाइन्ट्सबीच खेल हुँदैछ।

चेन्नईस्थित एमए चिदम्बरम क्रिकेट स्टेडियममा हुने आजको खेल ७ः४५ बजेबाट सुरु हुनेछ।

ऋतुराज गायक्वाडको कप्तानीमा रहेको चेन्नईले आजको खेलमा पछिल्लो हारको बदला लिन चाहन्छ भने केएल राहुलको कप्तानीमा रहेको लखनउ आजको खेलमा जित निकाल्दै अङ्क तालिकामा माथि उक्लिन चाहन्छ।

यसअघि चेन्नईले आफ्नो पछिल्लो म्याच लखनउसँग नै खेलेको थियो। जसमा लखनउले चेन्नईलाई ८ विकेटले पराजित गरेको थियो। त्यसकारण पनि आजको खेलमा दुबै टोलीबीच कडा प्रतिस्पर्धा हुनेछ।

आजको खेलमा चेन्नईका कप्तान ऋतुराज र लखनउका कप्तान केएल राहुल, बेबी मलिङ्गा नाम दिइएका चेन्नईका मथिशा पाथिराना, चेन्नईकै मुस्ताफिजुर रहमान र शिवम दुबे तथा लखनउका यश ठाकुर, नविन उल हक, निकोलस पुरनमाथि सबैको नजर रहने छ।

हालसम्म ७ खेल खेलेको चेन्नईले ४ खेलमा जित हात पारेको छ भने ३ मा पराजित हुँदै ८ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ भने समान ७ खेल खेलेको लखनउले पनि ४ मा जित र ३ मा पराजित हुँदै ८ अङ्कका साथ रन रेटको आधारमा तालिकाको पाँचौ स्थानमा रहेको छ।

प्रकाशित: ११ वैशाख २०८१ १३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App