२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

दशौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता : राणा सेमिफाइनलमा

ऋतिक राणा मंगलबार दशौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

ऋतिकले आशिष खड्कालाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गरे। सोही स्पर्धाको अन्य खेलमा राष्ट्रिय च्याम्पियन प्रदीप खड्काले आयुष्मान हजुर घलेलाई ६–० र ६–३, प्रणव खनालले आर्यन गिरीलाई ६–७, ६–४ र ६–२ तथा प्रणव मानन्धरले निशान श्रेष्ठलाई १–६, ६–३ र ६–२ को सेटमा हराउँदै सेमिफाइनलमा पुगे। 

काठमाडौं टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको मिक्स डबल्समा प्रदीप खड्का र माहिका राणा, आयशा डोल्कर गुरुङ र आर्यन गिरी, सुमन लामा र भगवती विक तथा ऋतिक राणा र अभिलाषा विष्टको जोडी सेमिफाइनलमा पुगे।

भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा सञ्जीवकुमार श्रेष्ठ र दुर्गा केसी, मनोज श्रेष्ठ र अञ्जन बानियाँ, भीष्मजंग गुरुङ र देव क्षेत्री तथा नवीन श्रेष्ठ र शुकमान तामाङको जोडीले सेमिफाइनलमा स्थान सुरक्षित गरे।

प्रकाशित: १२ वैशाख २०८१ ०९:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App