३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

धमाधम चार विकेट गुमाएपछि दबाबमा नेपाल

‘पावर प्ले’ मै एकपछि अर्को गर्दै चार विकेट गुमाएपछि वेस्ट इन्डिज ‘ए’ विरुद्ध १६१ रनको मध्यम स्कोर पछ्याएको नेपाल चर्को दबाबमा परेको छ। ६ ओभरमै नेपालले २८ रनमा ४ महत्त्वपूर्ण विकेट गुमाउन पुगेको हो।

नेपालले पहिलो विकेटका रुपमा २ रनको योगदान दिएका कुशल भुर्तेललाई गुमाएको थियो। त्यसपछि क्रिजमा आएका अनिल साह एक रनमै आउट भए। त्यसपछि ओपनर आएर रिटायटए हर्ट भएका लोकेश बम पनि १७ रनमै आउट हुन पुगे।

चौथो विकेटका रुपमा कुशल मल्ल रनआउट हुँदा नेपाल गहिरो दबाबमा पुगेको छ। अहिले कप्तान रोहित पौडेल र गुल्शन झा क्रिजमा छन्। 

हाल ८ ओभरको खेल चलिरहँदा नेपाल ४ विकेटको क्षतिमा ६१ रन बनाएर खेलिरहेको छ।

प्रकाशित: १६ वैशाख २०८१ १४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App