१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

ऋतुराजको विस्फोटक ब्याटिङ्गमा चेन्नईको सानदार जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत चेन्नई सुपर किङ्ग्सले जित हात पारेको छ।

गएराति सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई ७८ रनले हराउँदै चेन्नईले जित हात पारेको हो।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको चेन्नईले निर्धारित ओभरमा ३ विकेट गुमाएर २१२ रन बनायो। २१३ रनको लक्ष्यसहित मैदान उत्रेको हैदरावाद १८.५ ओभरमा अलआउट हुँदै १३४ रनमै समेटियो।

चेन्नईको जितका लागि कप्तान ऋतुराज गायक्वाडले सर्वाधिक ९८ रन बनाए भने डिरेल मिचेल ५२ रनमा आउट भए। शिवम दुवेले ३९ रन बनाए।

उता पछिल्लो समय लगातार तुफानी पारी खेल्दै आएका हैदरावादका ट्रेविस हेड १३ रनमै आउट भए भने एडेन मार्करमले ३२ रन जोडे। हेनरिक क्लासेन २० र अब्दुल समाद १९ रनमा आउट भए।

हैदरावादलाई जितबाट रोक्न चेन्नईका दीपक चाहरले सर्वाधिक ४ विकेट हात पारे भने मुस्ताफिजुर रहमान र मथिशा पाथिरानाले समान २/२ विकेट हात पारे।

जितसँगै छैटौँ स्थानमा झरेको चेन्नई अङ्क तालिकाको तेस्रो स्थानमा पुगेको छ भने पराजित हैदरावाद चौथो स्थानमा रहेको छ। 

यस्तै आइतवार नै सम्पन्न अर्को खेलमा पुछारमा रहेको रोयल च्यालेन्जर्स बैङ्गलोरले जित हात पारेको छ।

टस हारेर पहिला ब्याटिङ्ग गर्न आएको गुजरात टाइटन्सलाई ९ विकेटले हराउँदै बैङ्गलोरले जित हात पारेको हो।

गुजरातले निर्धातिर ओभरमा ३ विकेट गुमाएर २०० रन बनायो। २०१ रनको लक्ष्यसहित मैदान उत्रेको बैङ्गलोरले जम्मा १ विकेटको क्षतिमा ४ ओभर बाँकी छँदै जित हात पार्न सफल भयो।

बैङ्गलोरको जितका लागि विल ज्याक्सले सर्वाधिक सय रन बनाए भने ओपनर ब्याट्सम्यान विराट कोहली ७० रनमा नट आउट रहे। जबकी कप्तान फाफ डु प्लेसिस २४ रनमा आउट भए।

जितका बाबजुद बैङ्गलोर अङ्क तालिकाको पुछारमै रहेको छ भने पराजित गुजरात सातौँ स्थानमा रहेको छ। 

प्रकाशित: १७ वैशाख २०८१ ०६:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App