५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

सागर ढकालको घातक बलिङ, एकै ओभरमा लिए वेस्ट इन्डिज 'ए'विरुद्ध दुई विकेट

वेस्ट इन्डिज 'ए' ले नेपालविरुद्धको पाँचौ तथा अन्तिम खेलमा एकै ओभरमा दुई विकेट गुमाएको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको भ्रमणकारी टोलीले आठौं ओभरको पहिलो र तेस्रो बलमा विकेट गुमाएको हो।

सागर ढकालको बलिङमा जोन्सन चार्ल्स २४ र मार्क दयाल ११ रनमा क्याच आउट हुन पुगे। चार्ल्स को क्याच सागर आफैं र दयालको क्याप्टेन रोहित पौडेलले लिएका हुन्।

यसअघि ओपनर कादिम एलिएनलाई पनि सागरले ११ रनमा क्याप्टेन रोहित पौडेलद्वारा क्याच आउट गराएका थिए। पाँच खेलका शृंखलामा क्यारेबियन टोली ३-१ ले अघि छ। 

प्रकाशित: २२ वैशाख २०८१ १३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App