५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

अर्धशतक बनाएर आउट भए आशिफ

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको ट्वेन्टी– २० शृङ्खलाको जारी अन्तिम खेलमा नेपालका लागि आशिफ शेखले अर्धशतक पूरा गरेका छन्।

उनी ३५ बलमा ५१ रन बनाएर आउट भए। उनलाई म्याथ्यू फोर्डले क्याच आउट गराएका हुन्। उनले यस क्रममा २ चौका र ५ छक्का हिर्काए।

अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो।

हाल १४.२ ओभरको खेल चलिरहँदा नेपाल २ विकेटको क्षतिमा ११९ रन बनाएर खेलिरहेको छ। अनिल शाहलाई क्रजमा साथ दिन कुशल मल्ल आएका छन्।

प्रकाशित: २२ वैशाख २०८१ १५:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App