६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

सुनिल नरेनको उत्कृष्ट ब्याटिङ्गमा कोलकोत्ताको जित, प्ले अफमा पुग्ने निश्चित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकोत्ता नाइट राइडर्सले सानदार जित हात पारेको छ।

गयराति सम्पन्न खेलमा लखनउ सुपर जाइन्ट्सलाई ९८ रनले पराजित गर्दै कोलकोत्ताले सानदार जित हात पारेको हो।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको कोलकोत्ताले निर्धारित ओभर खेल्दै ६ विकेटको क्षतिमा २३५ रन बनायो। २३६ रनको लक्ष्यसहित मैदान उत्रेको लखनउ १६.१ ओभरमै अलआउट हुँदै १३७ रन मात्रै बनाउन सक्यो।

कोलकोत्ताका लागि सुनिल नरेनले सर्वाधिक ८१ रनको पारी खेले भने फिल साल्ट र अङ्गकृष रघुवंशीले समान ३२/३२ रन जोडे। जबकी रामदिप सिंहले २५ रन बनाउँदा कप्तान श्रेयस अय्यरले २३ रनको पारी खेले।

लखनउका लागि भने मार्कस स्टोइनिसले सर्वाधिक ३६ रन बनाउँदा कप्तान केएल राहुलले २५ रन जोड्नु बाहेक अन्य कुनैपनि खेलाडीले रन बनाउन सकेनन्। लखनउलाई सस्तोमै समेट्न कोलकोत्ताका हर्षित राना र वरुण चक्तवर्तीले समान ३÷३ विकेट हात पारे। आन्द्रे रसेलले २ विकेट लिँदा मिचेल स्टार्क र वैभव अरोराले समान १/१ विकेट लिए।  

जितसँगै कोलकोत्ताले प्ले अफमा पुग्ने आफ्नो सम्भावनालाई बलियो बनाउँदै शिर्ष स्थानमा उक्लेको छ भने लखनउ पाँचौ स्थानमा झरेको छ।

प्रकाशित: २४ वैशाख २०८१ ०६:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App