६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

सूर्यकुमार चम्किँदा हैदरावादमाथि मुम्बईको सानदार जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले जित हात पारेको छ।

मुम्बईको वानखेडे स्टेडियममा गयराति सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै मुम्बईले सानदार जित हात पारेको हो।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको हैदरावादले निर्धारित ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो। १७४ रनको लक्ष्यसहित मैदान उत्रेको मुम्बईले १७.२ ओभर खेल्दै जम्मा ३ विकेटको क्षतिमा जित हासिल गर्‍यो।

मुम्बईको जितका लागि स्टार खेलाडी सूर्यकुमार यादवले नट आउट रहँदै सर्वाधिक १०२ रन बनाए भने तिलक वर्माले नट आउट रहँदै ३७ रनको पारी खेले।

सुरुमा कमजोर प्रर्दशन गरेको मुम्बईको पारीलाई सूर्य कुमारले सम्हाल्दै सानदान जित दिलाए।

प्रकाशित: २५ वैशाख २०८१ ०६:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App