७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

केएल राहुल र प्याट कमिन्सबीच आज भिडन्त हुँदै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र लखनउ सुपर जाइन्ट्सबीच खेल हुँदैछ।

हैदरावादमा हुने आजको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ।

जारी सिजनमा दुबै टोली प्ले अफमा पुग्ने प्रयासमा रहेको छ। हालसम्म ११ खेल खेलेको हैदरावादले ६ खेलमा जित हात पार्दै अङ्क तालिकाको चौथो स्थानमा रहेको छ भने समान खेल खेलेको लखनउले समान ६ खेलमा जित हात पारेपनि नेट रनरेटको आधारमा अङ्क तालिकाको छैटौँ स्थानमा रहेको छ।

आजको खेलमा हैदरावादका कप्तान प्याट कमिन्स, ट्रेविस हेड, टी नारायणन् र अभिशेक शर्मा अनि लखनउका कप्तान केएल राहुल, यश कुमार, नविन उल हक र मार्कस स्टोइनिसमाथि नजर रहने छ।

प्रकाशित: २६ वैशाख २०८१ १२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App