१६ वैशाख २०८१ आइतबार
image/svg+xml
प्रविधि

विज्ञान–प्रविधिको युगमा डिजिटल साक्षरताको विकास आवश्यक : प्रम दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सूचना प्रविधिको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भएको विकासमा पहुँच पुर्‍याई प्रविधि हस्तान्तरणलाई सहजीकरण गरी देश विकासमा योगदान गर्न आवश्यक रहेको बताएका छन।

आज सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषदद्वारा आयोजित आधुनिक सूचना प्रविधिले राष्ट्रिय सुरक्षामा पार्ने प्रभाव विषयक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले दाहालले उक्त कुरा बताएका हुन। 

साथै प्रम दाहालले आजको विज्ञान–प्रविधिको युगमा आधारभूत तहबाट नै डिजिटल साक्षरताको विकास गरी प्रविधिमैत्री ज्ञानका साथै प्रविधिको दुरुपयोगको खतराबाट बच्नसक्ने पर्याप्त सावधानीबारे जानकारी हुन पनि आवश्यक रहेको धारणा राखे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सूचना प्रविधिको प्रयोग आम नागरिकको दैनिकी बनिसकेकाले आधुनिकीकरण, विश्वव्यापीकरण र नेटवर्कमा आधारित कम्प्युटर सञ्जालीकरणले राष्ट्रिय सुरक्षाको गहनता, चासो र क्षेत्र दिन प्रतिदिन फराकिलो बन्दै गएकाे बताए। 

राष्ट्रिय सुरक्षा आन्तरिक रूपमा शान्ति सुरक्षा अमनचयन, नागरिक सुरक्षा र बाह्य रूपमा देशको भौगोलिक सीमा सुरक्षासँग प्रत्यक्ष रुपमा जोडिएको विषय भएकाले राज्य केन्द्रित सुरक्षा अहिले नागरिक केन्द्रित बन्दै गएपछि सार्वभौमसत्ता, राजनीतिक स्वतन्त्रता र भौगोलिक अखण्डता सँगसँगै राष्ट्रिय सूचना र नागरिक सुरक्षाका विषय पनि महत्त्वपूर्ण बनेको जानकारी दिए। 

प्रकाशित: ५ श्रावण २०८० १०:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App