२६ वैशाख २०८१ बुधबार
image/svg+xml
भिडियो

असुरक्षित बन्दै टुँडिखेल वरपरका फलामे पुल

सडक दुर्घटना न्यूनिकरण र बटुवाको सहज र छरितो यात्राका लागि निर्माण गरिएका टुँडिखेल वरपरका फलामे पुलहरू जीर्ण बन्दै गएका छन्। 

उचित संरक्षणको अभावमा वर्षौ पुराना पुलहरू जीर्णसँगै असुरक्षित बन्दै गएका हुन्। टुँडिखेल वरपर बटुवाका लागि बाटो काट्न बनाइएका आकाशे पुलको पछिल्लो अवस्था दयनीय छ। काठमाडौं महानगरपालिकाले सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत बनाएका यहाँका कतिपय पुलहरू खिया लागेर मक्किइएका छन् भने सिंढी चढ्दा र हिंड्दा हल्लिन्छन्। 

यी पुल चढेर सडक पार गर्ने बटुवाहरूले जोखिम महशुस गर्ने गर्दछन्। नयाँ संरचनाको निर्माणसँगै पुराना भौतिक संरचनाको संरक्षण गर्नुपनि उतिनै जरुरी छ। यात्रुको सुरक्षा र काठमाडौं महानगरको सेवा र सौन्दर्यसँग जोडिएका यी आकाशे पुल र सँगै रहेका अन्य पूर्वाधारको संरक्षण गर्न महानगरको समयमै ध्यान जावस्।

प्रकाशित: २५ मंसिर २०७९ १२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App