१७ वैशाख २०८१ सोमबार
image/svg+xml
भिडियो

सुन्दरताको परम्परागत बुझाइ बदल्नु जरुरी छः जेन दिपिका ग्यारेट

चौथो संस्करणको ‘मिस युनिभर्स नेपाल २०२३’ को उपाधि विजेता जेन दिपिका ग्यारेटले सुन्दरताको परम्परागत बुझाइ नै बदल्नु जरुरी भएको बताएकी छन्। २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै गत शनिबार 'मिस युनिभर्स नेपाल' को ताज पहिरिएकी उनले नागरिकसँगको कुराकानीमा सो कुरा बताएकी हुन्। सौन्दर्य प्रतियोगिताका आममापदण्डलाई चुनौति दिँदै ‘मिस युनिभर्स नेपाल २०२३’ को उपाधि जेन दीपिका ग्यारेटले जितेकी हुन्।

दीपिकाले सौन्दर्य प्रतियोगिताका लागि चाहिने ‘स्ट्यान्डर्ड’ मापदण्डलाई चुनौति दिँदै उपाधि जितिन्। अमेरिकाबाट फर्किएकी उनी पछिल्लो समय काठमाडौंमा बसोबास गर्दै आएकी छन्। २२ वर्षिया दिपिका ग्यारेट मानसिक स्वास्थ्य, सकारात्मक सोच र हर्मोनल स्वास्थ्यको पक्षमा आफ्ना धारणा राख्दै आएकी छन्।

उमंग क्रियसन प्रालिद्वारा आयोजित ‘मिस युनिभर्स नेपाल २०२३’ मा प्रतिस्पर्धीको मापदण्डलाई बिगतका वर्षभन्दा खुकुलो बनाइएको थियो। यस संस्करणमा उचाइ र तौलको निश्चित मापदण्ड तोकिएको थिएन। यस्तै, समलैंगिक महिला, गैरआवासीय नेपाली महिला, विवाहित महिला र आमाहरूले समेत भाग लिन पाउने व्यवस्था गरिएको थियो।

‘मिस युनिभर्स नेपाल २०२३’ को विजेता दिपिका ग्यारेटले ‘७२ औं मिस युनिभर्स’ मा नेपालको प्रतिनिधित्व गर्ने छिन्। यस वर्ष गरिमा घिमिरे फर्स्ट रनरअप, बुद्धिसारा सुनार सेकेन्ड रनरअप, सितास्मा पोखरेल थर्ड रनरअप र अभिलाशा लम्साल फोर्थ रनरअप घोषित भएका थिए।

प्रकाशित: २९ भाद्र २०८० १३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App