रक्सी
२४ पौष २०७७
•
१ मिनेट पाठ
रक्सी

दिलिप राई सगर

 




–  कमलेको बूढी त गयो । राई जेठा खेती पुग्नसाथ राईनी बोजुले बतायो ।  

– काँ गयो आमा ? उसले कुरा नबुझी सोध्यो ।

– हन मर्यो नि बुथुरी । अस्ति हाम्रोमा पराल माच राखेको दिन रक्सी खाएर कुटेथ्यो कमलेले । सुती हिँड्थी हैन ।

– ला मर्यो नै आमा,  घाँटी – जिभ्रो सुन्निएको थियो, बोल्नै सक्थिनं । भात के पानी निल्न सक्थिनं । जा दुखै लुकायो । जेठाले दुखेसो  गरे।

रक्सी खान पाए भात पानी नचाहिने । त्यो दिन त्यसै सुत्थे ती बुढाबुढी । मन्दिरको पेटीमा । अरू दुई जना थिए उस्तै खोया बिर्केहरू । त्यो कुमाई गाउँमा काम गरेर जिउ पालेका । कता– कताबाट बटुलिएर आई बसेका । गाउँभरि काम पाउँथ्यो । प्राय सबै धनवान् र अरापे परिवार काम गर्थेनन् । उनीहरू नै गाउँभरि भियाउँथे ।

जेठा पसल निस्क्यो छोरीलाई कापी किन्न । भट्टराईनी भाउजू भन्दैथी– कम्लेले बूढी कुटेरै मार्यो भाइ । मैले पहिल्यै कति कराउँथें , यसले कुटेरै मार्छ । नभन्दै त्यस्तै गर्यो बजियाले ।

– हो भाउजू , मारेछ । ससुराली नजिक भए त्यो जेल पुग्थ्यो तर पश्चिम कताबाट भुटानीसंग पछ्याएर आएकी रे । जेठा बूढा ठूलो मुलुक छ रे । ठूल्ठूला छोराछोरी छ रेन्त।

अन्त एक पल्ट लिन पनि आएको रे भाइ  यही रक्सियालाई पर्खेर बसी । दुवै रक्सी खाने । झगडा गर्ने । बुथुरीको मुखै छुरा । अति अश्लील गाली बक्ने । कम्ले दोक्च्याउने । अब त मुक्ति पायो होला।

राति नै मरेर बिहान पर खोलामा लगेर गाड्यो रे कुकुरसरह । ३५ सय जति उठे । पाँच सय कफन खर्च । बाँकी किरिया खर्च । छोराको घर गए भन्थे कमले ।

जेठा खेत आउँदा कम्ले र कुमार बाटोमा शहर जाँदै गरेको भेटेको थियो । राईनी बोजुको परालको माच राख्न त्यसै थियो ।    
अर्को समाचार
रक्सीमा रम्दै हराउँछ जिन्दगी
१४ साउन २०७३
•
१२ मिनेट पाठ
रक्सीमा रम्दै हराउँछ जिन्दगी
नेपालका पत्रपत्रिकामा रक्सीको बारेमा चर्चा र छलफल हुँदा लेखक, कलाकार, पत्रकार, नायक, कवि आदिले मजासँग रक्सी खाएपछि मात्र लेख्न सक्छन् भन्ने भान पर्ने अन्तरवार्ता छापिन्छ, रक्सीलाई मन मस्तिष्क तीव्र पर्ने वस्तु जस्तो देखाइन्छ र पाठकलाई के भान पर्न जान्छ भने रक्सी खानु त खासै नराम्रो होइन रहेछ तर रक्सी सेवनले समयभन्दा अघि नै मृत्युको मुखमा गएका नारायण गोपाल, कवि हरिभक्त कटुवाल आदिको रक्सी पिउने बानी र त्यसले जीवनमा परेको नराम्रो असरबारे प्रायः कोही बोल्न चाहँदैन। ‘पोलिटिकली इन्करेक्ट’ भइएला कि भनेर  त्यसमाथि पनि केही चिकित्सकहरुले दिनमा एक पेग रक्सी खानु त स्वास्थ्यका लागि फाइदा गर्छ भनेपछि त धेरै मानिसहरुलाई निउँ नै भएको छ। युवा पिँढीले हामीले रक्सी खाएको के पो नराम्रो हुन्छ र भन्ने मानसिकताबाट प्रेरित हुन्छन् नै। वास्तवमा रक्सीले कतिको जीवन, स्वास्थ, पैसा खराब गरिरहेको छ भनेर बु‰न धेरै टाढा जानु पर्दैन।




तीन वर्षअघि भारतका मानसिक स्वास्थ्य विषयक एक सम्मेलनमा भाग लिन जाँदा एक जना मानसिक रोग विशेषज्ञ सम्मेलनपछिको भोजमा बेहोस भए। उनलाई अस्पतालमा लगी आइसियूमा भर्ना गरियो। ४० वर्ष मात्र कटेका कसरी मुटुको रोग लागेको होला भने कुरा छलफल गर्दागर्दै थाहा भयो, उनी त अत्यधिक रक्सी पिएर बेहोस भएका रहेछन्। डाक्टर भएको हुनाले अन्य केही समस्या परेको छ कि भनेर विशेष सावधानी अपनाउन उनलाई सधन कक्षमा भर्ना गरिएको रहेछ। केही समयपछि उनी नेपाल फर्के। अति रक्सी खाने उनको बानी छुटाउन रक्सी छुटाउने केन्द्रमा बसे। १५ दिनपछि उनले त्यहीँ आत्महत्या गरे। मानसिक रोग विशेषज्ञले यसरी आत्महत्या गरेपछि मैले विचार गरेकी थिएँ, सायद मानसिक रोग विशेषज्ञका साथीहरुले यस विषयमा सामूहिक छलफल गर्नु हुन्छ होला तर कतै पनि केही छलफल भएन। उनका चिनेजानेका साथीहरुले उनी आफैँ डिप्रेसनबाट पीडित थिए कि भनी आशङ्का व्यक्त गरे। अथवा रक्सी खाने बानी छुटाउने केन्द्रमा बस्दा रक्सी खान नपाएर आत्महत्या गरेका हुन् कि?

यसको बारेमा चर्चा–परिचर्चा हुन सकेन। एक होनहार डाक्टरको आत्महत्यापछि थाहा भयो, उनको रक्सी खाने बानीले उनको परिवारमा कति ठूलो समस्या परेको रहेछ। मानसिक रोग विशेषज्ञ भन्छन्, “मानिसहरु डिप्रेसन भएपछि पनि बढी रक्सी खान्छन् र समस्या झन् जेेलिँदै जान्छ।” यदि डिप्रेसन भएर मानिसहरुले त्यसरी धेरै रक्सी खाएका हुन् भने त्यसको उपचार      हुनु पर्‍यो । रक्सी छुटाउने केन्द्रमा ती डाक्टरको उपचार भएन, केवल रक्सीबाट मात्र टाढा राखियो। त्यही सहन नसकेर उनले आत्महत्या गरेको हुन सक्छ कि! मानसिक रोग विशेषज्ञ आफैँ डिप्रेसनबाट पीडित भएर पनि किन उपचार नगरेका होलान् भन्ने प्रश्न पनि उठ्छ तर सायद रक्सी खाने बानीले उनको रोगलाई छोपिदिएको थियो कि! जे होस्, रक्सी खाने बानीलाई उपचारको रुपमा लिनेको भने कुनै कमी छैन। तर त्यसले मूल रोगलाई छापिदिने हुनाले अल्पायुमै तिनको ज्यान जाने सम्भावना हुन्छ।

नेपालका अहिलेका एक प्रसिद्ध कविले त्यसरी नै रक्सी खाने बानीले गर्दा स्रोताहरुलाई कविता सुनाउँदासुनाउँदै निदाएका थिए रे! ‘विराटनगरमा मैले एक कवि गोष्ठीमा ती कविलाई बोलाएको थिएँ। प्रसिद्ध कविको कविता सुन्न स्रोताहरु लालायित थिए तर ती कविले अघिल्लो रात रक्सी बेस्कन खाएर बान्ता गरी ढिलो सुतेका रहेका रहेछन्। बिहानीपख जबर्जस्ती उठाएर उनलाई कवि गोष्ठीमा त ल्याइयो तर गोष्ठीमा बसेपछि अरु कविले कविता सुनाउँदा उनी सोफामा नै लमतन्न परेर घुर्न थाले। उनले कसरी कविता भन्नु? उनलाई उठाएर पुनः होटेलमा नै पुर्‍याइदियौँ। उनी सुति नै रहे। ती कवि नेपालमा प्रसिद्ध छन्। मानिस पनि भलादमी नै छन्। रक्सी खाएपछि उनको कविपन नै हराउँछ,’ बैंकमा कार्यरत एक जना व्यक्तिले मलाई सुनाएका थिए।

भारतका प्रसिद्ध सिने कलाकार गुरु दत्त पनि असाध्य रक्सी पिउँथे। वहिदा रहमानसँग उनको असफल प्रेमका कारण उनले रक्सी पिउन थालेको कुरा हामी सानो छँदा सुन्थ्यौँ। सिने प्रत्रिकामा पढथ्यौँ। पछि उनले पनि आत्महत्या गरे। सानो छँदा सुन्ने यस्ता कुराले मलाई खासै छुँदैनथ्यो तर अहिले लाग्छ कतै उनी पनि डिप्रेसनको सिकार थिए कि? वा रक्सी खाएर उनलाई डिप्रेसन भएको थियो कि?

फिल्मी प्रेम प्रसंग सफल नभएपछि रक्सी खाएका देख्दा लाग्छ, मानौँ रक्सी पिउनु खासै नराम्रो कुरा होइन। कुनै दुःख परे वा खुसी भए रक्सी पिउने प्रचलन फिल्म वा टेलिफिल्ममा देखाउँदा यस्तो लाग्छ, मानौँ  रक्सी नभए त जीवन नै चल्दैन।

तीन वर्षअघि नेपालमा एक लेखकको मृत्यु भयो। उनी धेरै रक्सी खान्थे भन्ने सबैलाई थाहा थियो। अस्पतालमा मृत्यु हुँदा हर्षाबाट धेरै रगत बगेर उनको मृत्यु भएको खबर छापियो। मैले एक साहित्यकारलाई फोन गरेर सोधेँ, ‘यसरी हर्षाबाट रगत बगेर पनि मृत्यु हुन्छ र?’ ती साहित्यकारले भने, ‘होइन, लेखक धेरै रक्सी खान्थे। उनको कलेजो खत्तम भइसकेको थियो। उनलाई रक्सी विष बराबर हुनेछ भनेर डाक्टरले चेतावनी पनि दिइसकेका थिए तर उनले रक्सी छोडेनन् र शायद त्यो एक प्रकारको आत्महत्या नै थियो। उनको मृत्युको कारण अति रक्सी पिपउनु नै थियो।’

प्रसिद्ध मानसिक रोग विशेषज्ञले रक्सीबारे भनेका छन्, ‘सामान्य दैनिक जीवनमा रक्सी कुनै पनि दृष्टिले लाभदायक छैन र हानिकारक नै हो। यसले कवि, कलाकार, नेतालगायत सर्वसाधारणलाई रक्सीले असर पारेको छ र अझ कति व्यक्ति र परिवारलाई यसले बेहाल बनाएको छ। कतिलाई त रक्सीले यौन शक्ति बढाउँछ भन्ने भ्रम पनि हुन्छ। रक्सीले त शारीरिक र मानसिक क्रियालाई दबाउँछ। संवेदनशील मानसिक क्रिया, आत्ममूल्याङ्कन, सतर्कता र संयम पनि दबिन्छन् र परिणामस्वरुप विवेकद्वारा नियन्त्रित बानीको सट्टा उत्तेजना, आक्रमक स्वभाव, उत्ताउलोपन सतहमा ल्याउँछ। रक्सी खाएको व्यक्तिले लाज, डर वा खतरा महसुस नगर्ने हुन्छन्।’

एक पुरुष वा महिलाले रक्सीको कुलतमा फँसेपछि परिवार कसरी नष्ट हुन्छ भन्ने कुरा मैले धेरै देखेकी छु। रक्सी खाने मानिसले गर्दा पाएको दुःख देखेर त्यो मानिस त छिटै मरिदिए पनि हुन्थ्यो भन्ने पनि परिवारका मानिसको इच्छा हुन्छ।

रक्सीले थाकेको बेला शरीरलाई आराम दिन्छ र थकान मेटाउँछ भन्ने भ्रम धेरैलाई छ। त्यसैले लामो दुरीका बसमा चालकले रक्सी नखाए त जिउ दुख्छ, चलाउनै सकिँदैन भनेर रक्सी खाएर बस चलाउँदा दुर्घटना भएका कैयौँ घटना छन्।

मधुमेहबाट पीडित एक जना सरकारी कर्मचारी अत्यधिक रक्सी सेवनले एकचोटी बेहोस नै भएछन्। अस्पतालमा लगेर उनलाई उपचार गराउँदा अति नाजुक अवस्थामा पुगिसकेका थिए। अत्याधुनिक प्रविधि प्रयोग गरेर उनलाई बचाउने र भेन्टिलेटरमा राख्ने कि भनेर डाक्टरहरुले परिवारलाई सोद्धा जवाफ पाइयो, ‘उनी बाँचेर हामीलाई खासै फाइदा छैन। उनलाई पनि आफ्नो जिन्दगीसँग मोह छैन। त्यसैलेे भेन्टिलेटरमा राखेर पैसा खर्च गर्नुको कुनै औचित्य छैन।’  भोलिपल्ट उनको मृत्यु भयो। परिवारका सदस्यले मृत्युपछिका सबै संस्कार गरे। कर्मचारीले अत्यधिक रक्सीको सेवन नगरेको भए सायद परिवारले उनको जीवन बचाउन हरसम्भव कोसिस गर्थ्याे कि!

रक्सी खाएर अति योग्य कलाकारहरुले सम्पूर्ण जीवन नष्ट पारेका घटना छताछुल्ल छन्। छारे रोग लागेको मानिसले रक्सी खाएर बेहोस भएर जीवन नै सिद्धिएको घटना गाउँघरमा पर्याप्त पाइन्छन्। केही समय मानिसले रक्सी खान्छ तर पछि रक्सीले मानिसलाई खान्छ। जीवन रक्सीलाई अर्पण गर्ने  कि जिउने यो त प्रत्येक व्यक्तिको हातमा छ।

होहोरी माओवादी केन्द्रले गर्नेवाला छ। ढिलोचाँडो अध्यक्षात्मक प्रणालीमा नगई देशले धर पाउँदैन। त्यसो भए एमालेलाई निःशुल्क सुझाव– आजैबाट आफ्नो पुरानो शासकीय एजेन्डामा आन्दोलन चलाऊ जसमा माओवादी र मधेसी पनि नआई सुख छैन।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस