दक्षिण भारतीय चलचित्र क्षेत्रबाट दुःखद घटना घटित भएको छ। चर्चित तथा दिग्गज तेलुगु अभिनेता गिरी बाबुको निधन ८३ वर्षको उमेरमा भएको छ। आफ्नो पाँच दशकभन्दा लामो चलचित्र यात्रामा उनले ६०० भन्दा बढी फिल्ममा अभिनय गरेका थिए।
गिरी बाबुले शनिबार हैदराबादस्थित एक निजी अस्पतालमा अन्तिम श्वास लिएका हुन्। उनको निधनको खबरले दक्षिण भारतीय चलचित्र क्षेत्रमा शोकको लहर फैलिएको छ।
गिरी बाबुको निधनप्रति अभिनेता चिरञ्जीवीले गहिरो दुःख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै गिरी बाबुको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन्।
उनले गिरी बाबुको निधन तेलुगु चलचित्र उद्योगका लागि अपूरणीय क्षति भएको पनि बताएका छन्। साथै, दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवार तथा प्रशंसकहरूप्रति समवेदना व्यक्त गरेका छन्।
आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले समेत गिरी बाबुको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
गिरी बाबुको जन्म सन् १९४३ जुन ८ मा भारतको आन्ध्र प्रदेशस्थित प्रकाशम जिल्लाको रविनुथला गाउँमा भएको थियो।
उनले सन् १९७३ मा रिलिज भएको फिल्म ‘जगमे माया’ बाट अभिनय यात्रा सुरु गरेका थिए। चलचित्र करियरको सुरुवाती समयमा उनी प्रायः नकारात्मक भूमिकामा देखिने गर्थे। तर पछि विभिन्न प्रकारका चरित्रमा अभिनय गर्दै दर्शकहरूको मन जित्न सफल भए।
उनले अभिनयका अतिरिक्त निर्माता तथा निर्देशकका रूपमा पनि काम गरेका थिए। ‘सिम्हा गर्जना’, ‘मेरुपुदादी’ र ‘इन्द्रजीत’ लगायतका चलचित्र निर्माण गरेका थिए।
पाँच दशकभन्दा लामो समयसम्म तेलुगु चलचित्र क्षेत्रमा सक्रिय रहेका गिरी बाबुले ६०० भन्दा बढी चलचित्रमा अभिनय गरेर आफ्नो छुट्टै पहिचान बनाएका थिए। उनको निधनले दक्षिण भारतीय चलचित्र उद्योगले एक अनुभवी र बहुमुखी कलाकार गुमाएको छ।