कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्र्तगतको टीकापुरस्थित प्राकृतिक श्रोत व्यवस्थापन कलेजले भवन निर्माणबाफतको रकम चार वर्षदेखि भुक्तानी नगर्दा ठेकेदार समस्यामा परेको छ।
टीकापुर बजार नजिकैको बस्तीमा बाघको आक्रमण बढेको छ। बाघले गए राति टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं. १७ स्थित दुई व्यक्तिका खोरमा रहेका छ वटा बाख्रा मारेको छ।
टीकापुर अस्पतालको सेवा सुचारु भएको छ। अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै हिजोदेखि ठप्प रहेको आकस्मिक सेवाबाहेकको सेवा सुचारु भएको जानकारी दिएको छ।
कैलालीस्थित टीकापुर अस्पतालको आकस्मिक बाहेकको सेवा साेमबारदेखी ठप्प छ। केही व्यक्तिहरुले गालीगलौज गर्नुका साथै डर धम्की दिएको भन्दै अस्पताल प्रशासनले आकस्मिक बाहेकको सेवा ठप्प गरेको हो।
टीकापुरस्थित सत्ती भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ। कार्यालयले लक्ष्यको तुलनामा ८३ दशमलव ३६ प्रतिशत मात्रै राजश्व संकलन गर्न सकेको हो।
टीकापुर अस्पतालमा पहिलो पटक डाइलासिस सेवा सुरु भएको छ ।मिर्गौला सम्बन्धी समस्या भएका बिरामीहरूका लागि आइतबारदेखि अस्पतालमा डाइलासिस सेवा सुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारी...