धादिङमा भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। थाक्रे गाउँपालिका–७ जुगेखोलामा बस र कार आपसमा ठोक्किएर भएको दुर्घटनामा कारमा सवार ४ भारतीय र कार चालकको मृत्यु भएको हो।
धादिङको उत्तरी क्षेत्रमा पर्ने रुविभ्याली गाउँपालिका–१ तिप्लिङको लिङ्जोमा सडक खन्ने क्रममा पहिरोले डोजरसहित पुरिएका दुई जनाको शव तीन महिनापछि फेला परेको छ।
यस जिल्लामा १३ वटा स्थानीय तह छन्। स्थानीय तहको नेतृत्वदेखि वडासम्म भागबण्डा गर्न गठबन्धन दलहरू आन्तरिक गृहकार्यमा व्यस्त छन्। २०७४ सालको स्थानीय निर्वाचनमा प्राप्त मतभारलाई आधार मानेर गठबन्धन घटकले २...
आसन्न निर्वाचनको लागि धादिङमा भएको चार दलिय गठबन्धनलाई भागबण्डा मिलाउन सकस परेको छ। जिल्लाको १३ वटै स्थानीय तह र वडासम्म भागबण्डा गर्न दलहरु आन्तरिक गृहकार्यमा व्यस्त छन्।
स्थानीय तहको चुनाव आउन मात्रै एक महिना बाँकी छ। सबैतिर चुनावी माहोल तातिएको छ। ज्वालामुखी गाउँपालिकाका जनप्रतिनिधिहरु भने जनताको गुनासो सुन्नै व्यस्त छन्।
त्यतिबेला जिल्लामै सबैभन्दा धेरै १ सय ९२ जनाले रक्तदान गरेका थिए। अहिले त्यो रेकर्ड ब्रेक भइसकेको छ। ‘व्यक्ति अनुसार खुसी हुने तरिका फरक हुन्छ। हामीलाई रक्तदानमै खुसी मिल्छ’, उनले भने।
पहिलो स्थानीय चुनावबाट उपप्रमुखमा विजयीले यो पटक प्रमुख बन्ने दरिलो आकांक्षी देखाएका छन्। उप पदमा निर्वाचित भएकाहरू आसन्न निर्वाचनमा प्रमुख पदमा दाबी गर्ने आन्तरिक तयारीमा हुन्।
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा 'बादल'ले स्थानीय तह निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने बताएका छन्। प्रमुख पार्टीहरुबीच गठबन्धनको कुरा चलिरहेपनि एमाले एक्लै चुनावमा गएर बहुमत ल्याउने जिकिर ग...