रुपन्देहीमा आज उपचारकै क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना कपिलवस्तुका पुरुष र रुपन्देहीकी एक स्वास्थ्यकर्मी महिला छन्।
नवलपरासीका एक जना कोरोना संक्रमितको शुक्रबार बुटवलको कोरोना अस्पतालमा मृत्यु भएको छ। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १ का ४७ वर्षे पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
सुत्केरी व्यथा लागेर बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी गुल्मीकी एक महिलाको अस्पतालको लापर्बाहीका कारण मृत्यु भएको दाबी आफन्तले गरेका छन्।