ओलीले भने, 'एमालेले निर्वाचन जितेर कहिल्यै घमण्ड गर्दैन। झन् शालिन र बिनम्रताको साथ जनताको सेवामा तल्लिन हुनेछ। अत्याधिक बहुमतको साथ आउँदो प्रदेश र संसदीय निर्वाचन जितेर बहुमतको साथ सरकार बनाउनेछ।'
महिला तथा बालबालिका, शिक्षा, स्वास्थ्य र युवाको क्षेत्रमा काम गर्दै आइरहेको आधार विकास नेपालका प्रमुख प्रल्हाद ढकालले दुप्चेश्वरमा स्थापना भएको बालमैत्री आइसोलेसन सेन्टरले अन्य स्थानीय तहको लागि सिकाई...
नुवाकोटको विदुर नगरपालिकाले अजैविक फोहोर छान्ने सेग्रिगेसन हाउस सञ्चालनमा ल्याएको छ। एकीकृत फोहोरमैला व्यवस्थापन कार्यक्रम अन्तर्गत सेग्रिगेसन हाउस निर्माण गरिएको हो।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमित हुनेको संख्या नुवाकोटमा ७ सय ८२ पुगेको छ। कुल संक्रमित मध्ये ५ सय १९ जनाले कोरोना जितिसकेका छन् भने १ सङ्क्रमित महिलाको मृत्यु भइसकेको छ।
तीन वर्षको अवधीमा विपदबाट जिल्लाका ८३ जना नागरिकले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएको जानाकारी अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ३ जनाको मृत्यु भएको थियो भने १ जना घाइते भएका थिए...
तीन वर्षको अवधीमा नुवाकोटमा १ सय ७२ जना नागरिकले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४/७५ मा ६१ जना, २०७५/७६ मा ४६ जना र २०७६/७७ मा ६५ जना नागरिक...