लामोसाँघु–जिरी सडकखण्ड कालोपत्रे तथा स्तरोन्नतिमा भइरहेको ढिलासुस्तीविरुद्ध निरन्तर खबरदारी गर्दै आएका दोलखाका नागरिक अभियन्तालाई प्रहरीले आइतबार पक्राउ गरेको छ।
सुनकोसी गाउँपालिकाले मुटु, मिर्गौला, मेरुदण्ड, क्यान्सर, मष्तिस्कघात र दीर्घरोग गरी ६ प्रकारका रोग लागेका बिरामीलाई जटिलताका आधारमा आवश्यक रकम उपलब्ध गराउँदै आएको छ।
अविरल बहिरहेको इन्द्रावती नदी। नदी किनारनजिक सालको घना जंगल। हरियो जंगलको बीचमा हरियै रंगका जस्तापाताले सजिएका घरहरू। आधा रातो–कलेजी र आधा सेतो पोतिएका भित्ता। आधुनिक ‘युपिभिसी’ र ‘पिभिसी’ झ्याल, ढोका...
लाङटाङ राष्ट्रिय निकुञ्जमा ११ दिनदेखि हराइरहेका दुई विद्यार्थी सोमबार मृत अवस्थामा फेला परेका छन्। नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घोप्टेफेदीमा हिउँमा पुरिएको अवस्थामा उनीहरूको शव फेला परेको हो।
प्रतिनिधि सभाको सभामुखमा प्रस्तावित नेकपा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले निर्वाचनपछि सभामुखको रूपमा आफ्नो कार्यकालमा संसद्को गरिमा उच्च बनाउने प्रतिबद्धता जनाएका छन्।
बाह्रविसे नगरपालिकाले शुक्रबार सडक क्षेत्र मिचेर बनाइएका घर, टहरा भत्काउन थालेपछि बजार अशान्त बनेको हो। भत्काउन हुने र नहुने पक्षबीच झडप हुने स्थिति देखिएपछि स्थानीय प्रशासनले आइतबार बिहान आठ बजेदेखि...
भदौरे गणेश सामुदायिक संस्थाको आयोजना र नेपाने युथ क्लबको सहआयोजनामा सातादेखि सञ्चालित प्रतियोगितामा प्रदेशभित्रका काठमाडौं र रसुवाबाहेक ११ जिल्लाले सहभागिता जनाएका थिए।