भीमदत्त नगरपालिकाको पाँचौ नगर सभामा आगामी आव ०७६/७७ का लागि एक अर्ब २२ करोड ८२ लाखको बजेट प्रस्तुत गरिएको छ। नगर सभामा वार्षिक नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरिएको छ।
कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा जारी चौँथो प्रधानमन्त्री कप टि–२० महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र विभागिय टोली एपिएफ फाइनलमा प्रवेश गरेका छन्।
बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त घट्नाको अनुसन्धानको क्रममा पक्राउ परेका विशाल चौधरीलाई प्रहरीले यातना दिएको भन्दै जिल्ला वकिल कार्यालयमा उजुरी परेको छ। जिल्ला प्रहरी कार्यालयमा यातना विरु...
महाकाली नदीमा अन्तिम संस्कारका लागि घाट निर्माण हुने भएको छ। सोमबार भीमदत्त नगरपालिका ११ भुजेलास्थित महाकाली नदी छेउमा अन्त्येष्टि घाट शिलान्यास गरिएको छ। घाट नहुँदा यहाँका बासिन्दाले अन्तिम संस्कारमा...
कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा जंगबहादुर मल्ल विजयी भएका छन्। अध्यक्षका अर्का प्रत्याशी सञ्जीवचन्द्र भट्टलाई दुई सय ७७ मतले पछाडि पार्दै मल्ल विजयी भएका हुन् ।
प्राकृतिक सौन्दर्यताले भरिपूर्ण सुदूरपश्चिम। महाभारत पर्वत शृंखलाको कान्छो पहाडको मध्यभाग। चारैतिर घना जंगल। बीचमा सफा सुन्दर र सान्त ताल। स्निग्ध वातावरण। चारैतिर देवीदेवताका थान। तालको पानी कति कञ्च...
पश्चिमी नाका कञ्चनपुरको गड्डाचौकीबाट गएको एक वर्षमा दुईसय महिला तथा बालबालिकाको उद्दार गरिएको छ । माईती नेपाल कञ्चनपुरले एक बर्षको अवधिमा २४ बालक, ७१ बालिका र १०५ महिलाको उद्दार गरेको जनाएको हो ।