रौतहटका दुई पालिकामा महिला नगर प्रमुख बनेका छन्। २०७४ को निर्वाचनमा एक जना मात्र महिला प्रमुख रहेकामा २०७९ को पालिका निर्वाचनमा दुई जना नगर प्रमुखमा जित हासिल गरेका छन्।
नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीको तर्फबाट गठबन्धनमा सर्लाहीको लालबन्दी नगरपालिकामा नेकपा माओवादी केन्द्रले नगर प्रमुखको उम्मेदवार पाउने सहमति भएको थियो।
रौतहटका दुई नगरमा नेपाली काँग्रेस दोहोरिएको छ। रौतहटको चन्द्रपुर र परोहा नगरपालिकामा नेपाली काँग्रेसले दोस्रोपटक जित निकालेको छ भने कटहरिया नगरपालिकामा पहिलोपटक जित निकाल्दै छ।
सर्लाहीको बागमती नगरपालिकामा नेकपा माओवादीका भरतकुमार थापा नगर प्रमुख र लीलाकुमारी मोक्तान उपप्रमुखमा निर्वाचित भएका छन्। नगरबासीले दुवै जनालाई नगरपालिकामा पूर्ण बहुम सहित दोस्रो कार्यकालका लागि अत्यध...
रौतहट सदरमुकाम गौरमा बुधबार साँझ दीप प्रज्ज्वलन गरी खुसीयाली मनाइएको छ। गौरबासीले शान्तिपूर्ण मतदानबाट नगरपालिकामा नयाँ नेतृत्व आएको खुसीयालीमा दीप प्रज्ज्वलन गरेका हुन्।
सबै मतदान केन्द्र र वरिपरिको क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेना व्यापक मात्रामा परिचालन गरिएको थियो। रौतहटमा बुधवार भएको पुनः मतदानमा मतदाताहरुले व्यापक सहभागिता जनाएका छन्।