सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक शान्ति, सुरक्षा तथा सामाजिक सद्भावमा प्रतिकूल असर पर्ने प्रकृतिका भ्रामक तथा झुटा सूचना प्रसारण गरेको आरोपमा सर्लाही प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।
सप्तरी सदरमुकाम राजविराजमा पनि सुरक्षा अवस्था थप संवेदनशील बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार बिहान ८ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
उनले वर्तमान पुस्तालाई लक्षित गर्दै “अहिलेको युवा अन्धभक्त होइन, सचेत छ। फेरि जेन-जी आन्दोलन दोहोरिन सक्छ,” भन्दै सरकारलाई जनभावना बेवास्ता नगर्न चेतावनी दिएका छन्।
प्रमुख जिल्ला अधिकारी शैलेन्द्र दाहालद्वारा जारी आदेशअनुसार निषेधाज्ञा अवधिभर तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको छ।
कुनै पनि घटनालाई धार्मिक वा साम्प्रदायिक रंग दिएर समाजमा विभाजन सिर्जना गर्ने, अफवाह फैलाउने तथा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रसार नगर्न सम्पूर्ण प्रदेशवासीसँग अनुरोध गरेका छन्।
सुनसरी घटनालाई लिएर सिरहाको गोलबजार क्षेत्रमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।