बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी हाल कायम रहेको गठबन्धनले निर्वाचन पछि पनि निरन्तरता पाउने र नेपाली कांग्रेस सबै भन्दा ठूलो दल भएकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका हुन्।
प्रदेशसभा प्रत्यक्ष तर्फको ५६ मध्ये हालसम्म गणना सम्पन्न भएका ५२ स्थान मध्ये सबै भन्दा बढी नेकपा एमालेले २४ स्थानमा जित हाँसिल गरेको छ। नेपाली कांग्रेसले १५ स्थानमा जित हाँसिल गरेको छ।
मोरङ क्षेत्र नम्बर ४(ख) बाट प्रदेश सभा सदस्यमा भीम पराजुली निर्वाचित भएका छन्। जुनसुकै निर्वाचनमा जित हातपार्दै आएका पराजुलीले प्रदेश सभाको निर्वाचनमा पनि विजयी हुँदै विजयी यात्रालाई निरन्तरता दिएका छ...