महामारीकै रुपमा देखा नपरेपनि ताप्लेजुङमा हैजासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी भेटिन थालेको भन्दै ताप्लेजुङ जिल्ला अस्पतालका चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् ।
गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीसँग कार्यसम्पादन सम्झौता गरेको थियो। मन्त्रालयले प्रत्येक तीन तीन महिनामा कार्यसम्पादन मूल्यांकनको नतिजा निकाल्ने गरेको छ ।
लिलामीका लागि पटक–पटक सूचना आह्वान गर्दा पनि बोलपत्र दर्ता नभएपछि डिभिजन वन कार्यालय ताप्लेजुङले बेवारिसे अवस्थामा बरामद गरेको १ हजार ४ सय क्युबिक फिट बढी काठ त्यत्तिकै मक्किने अवस्थामा पुगेको छ।
प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै कोशी प्रदेश वन ऐन २०७७ को दफा ८१ ले दिएको अधिकारको प्रयोग गर्दै पुरानो घरको पुरानो काठको ओसारपसार ६ महिनाका लागि खुल्ला गरेको हो।
नेपाल सरकारद्वारा नियमन हुँदै आएको पाथीभरा क्षेत्र विकास समिति अब कोशी प्रदेश सरकारद्वारा नियमन हुने गरी पाथीभरा क्षेत्र विकास समिति गठन आदेश २०८१ जारी भएको छ।