निर्यात व्यापारमा सुधार
१४ मंसिर २०७६
•
४ मिनेट पाठ
निर्यात व्यापारमा सुधार
काठमाडौं – कुल व्यापारको तुलनामा निर्यातको अंश ज्यादै सानो भए पनि चालू आर्थिक वर्षको सुरुदेखि नै यसमा सुधार देखिएको छ।




अघिल्ला वर्षहरुमा आयात उच्चदरले बढ्दा पनि निर्यातको वृद्धिदर राम्रो हुन सकेको थिएन। यो वर्ष भने साउनदेखिनै निर्यातमा सुधार भइरहेको छ।

भन्सार विभागका अनुसार गत साउनदेखि नै निर्यात बढने र आयात घटने भइरहेको छ। साउनमा निर्यात २७.६८ प्रतिशतले बढ्दा आयात ११.५१ प्रतिशतले घटेको थियो। साउनको कुल व्यापार घाटा पनि गतवर्षको तुलनामा १३.९० प्रतिशतले कमी आएको थियो।

चालु आवको पहिलो महिनामा भएको सुधारको क्रम भदौमा पनि रोकिएन। भदौमा निर्यात २५.८७ प्रतिशतले बढेको थियो। आयात भने झिनो अंश १.२२ प्रतिशतले मात्र घटेको थियो। भदौको कुल व्यापार घाटामा अघिल्लो वर्षको भदौको तुलनामा ३.०५ प्रतिशतले कमी आएको थियो।

यस्तै असोज नेपालीका लागि चाडपर्वको महिना भए पनि यो बेला पनि आयात बढन सकेन। अघिल्लो वर्षसँग तुलना गर्दा असोजमा आयात १०.३४ प्रतिशतले घटन पुगेको छ। निर्यातको वृद्धिदर १४.४१ प्रतिशतले भएका कारण कुल व्यापार घाटामा १२.०२ प्रतिशतले कमी आएको छ।

चालु आवको पहिलो चार महिनालाई हेर्दा निर्यातमा सुधार भएका बेला आयातमा केही कमी आएकाले वर्षभर व्यापार घाटामा कमी आउने अनुमान गर्न सकिन्छ।

विभागका अनुसार यो वर्षको कात्तिकमा आयात ६.९२ प्रतिशतले घटेको छ। चालू आवको पहिलो चार महिनामा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएको छ। गत वर्षको यो अवधिमा ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ बराबरको आयात गरेको थियो।

विभागका अनुसार पहिलो चार महिनामा नेपालबाट ३६ अर्ब २७ करोड रुपैयाँका नेपाली वस्तु विभिन्न मुलुकमा निर्यात भएका छन्। गत वर्ष यो बेला नेपालबाट २९ अर्ब २८ करोड रुपैयाँका सामान निर्यात भएका थिए।

पहिलो चार महिनामा मुलुकको कुल व्यापार घाटा पनि ८.९ प्रतिशतले घटेको छ। गतवर्ष यो बेला ४ खर्ब ५४ अर्बको व्यापार घाटा रहेको थियो। यो वर्ष व्यापार घाटा ४ खर्ब १४ अर्ब रुपैयाँमा झरेको हो।

नेपालको कुल वैदेशिक व्यापार पनि ५.१६ प्रतिशतले घटेको छ। यो वर्ष कात्तिकसम्ममा आयात निर्यात गरेर कुल वैदेशिक व्यापार ४ खर्ब ८६ अर्ब रुपैयाँको भएको छ।

गत वर्ष भने वैदेशिक व्यापार ५ खर्ब १३ अर्ब रुपैयाँको थियो। मुलुकको कुल व्यापारमा ७० प्रतिशतभन्दा धेरै हिस्सा भारतको छ। नेपालको आफ्नै व्यापार पनि भारतसँग सबैभन्दा धेरै छ। यो वर्ष भारतबाट २ खर्ब ७२ अर्ब रुपैयाँ बराबरका सामान आयात भएका छन्। यस्तै नेपालबाट भारततर्फ २४ अर्ब २६ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान निर्यात भएको छ।
अर्को समाचार
वैदेशिक व्यापार एक खर्ब ३१ अर्बले बढ्यो
०९ फागुन २०८१
•
३ मिनेट पाठ
वैदेशिक व्यापार एक खर्ब ३१ अर्बले बढ्यो
मुलुकको वैदेशिक व्यापारमा सुधार आएको छ। पछिल्ला महिनामा आयात, निर्यात व्यापारमा ह्वात्तै वृद्धि भएको छ। बजारमा उपभोग ठप्प भएर रोकिएको ब्यापार क्रमशः बढ्दै जाँदा गत वर्षको तुलनामा वैदेशिक व्यापार एक खर्ब ३१ अर्ब रूपैयाँले बढेको छ।




गत वर्षको तुलनामा निर्यात व्यापारमा साढे ४६ प्रतिशतले वृद्धि भएको छ भने आयात १०.९ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ।

विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार कुल वैदेशिक व्यापारमा १३.३० प्रतिशतले सुधार आएको छ। चालु आवको सात महिनामा वैदेशिक व्यापार एक अर्ब ३१ अर्बले बढेको छ।

गत वर्षको माघ मसान्तसम्ममा नौ खर्ब ८४ अर्ब ७७ करोड रूपैयाँ बराबरको वस्तु व्यापार भएकोमा यस वर्षको सोही अवधिमा ११ खर्ब १५ अर्ब ७९ करोड रूपैयाँको वस्तु व्यापार भएको छ। नेपालबाट सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ। मुलुकभित्र इन्धनको स्रोत नभएकाले डिजेल, पेट्रोल, हवाई इन्धन, खाना पकाउने ग्यास भारतबाट आयात हुन्छ। विद्युतीय सवारी साधनको प्रयोग बढे पनि पेट्रोलियम पदार्थ आयात पनि पहिलो स्थानमा छ। सात महिनाको अवधिमा एक खर्ब ५० अर्ब रूपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। भन्सार विभागका अनुसार ६६ अर्ब रूपैयाँको डिजेल, ३७ अर्ब रूपैयाँको पेट्रोल ३५ अर्ब रूपैयाँको ग्यास र ११ अर्ब रूपैयाँको हवाई इन्धन आयात भएको छ।

स्वदेशमा उत्पादन हुने वस्तुसमेत विदेशबाट आयात भइरहेको छ। सात महिनामा करिब दुई खर्ब रूपैयाँभन्दा बढीको कृषिजन्य वस्तु विदेशबाट आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ। यो अवधिमा ६६ अर्ब २० करोड रूपैयाँबराबरको जनावर र वनस्पतिजन्य बोसो र तेल आयात भएको छ।

३६ अर्ब ३५ करोड रूपैयाँबराबरको खाद्यान्न आायत भएको छ । २५ अर्बको तरकारी, पाँच अर्ब ४८ करोड रूपैयाँको आलु, दुई अर्ब १३ करोडको प्याज, ६ अर्ब ८१ करोडको लसुन, तीन अर्ब ९७ करोडको दाल, १२ अर्ब ३२ करोडको फलफूल, १६ अर्ब ४२ करोडको कृषिजन्य औद्योगिक कच्चा पदार्थ, पाँच अर्ब ४९ करोडको चिया, कफी, दुई अर्ब ६१ करोडको चिनी तथा चिनीजन्य कन्फेक्सनरी आयात भएको विभागले जनाएको छ।

सात महिनामा मुलुकको व्यापार घाटा आठ खर्ब ६१ अर्ब ३८ करोड रूपैयाँ रहेको छ। सरकारले स्वदेशमा खपत हुने वस्तुको उत्पादन वृद्धि गरेर व्यापार घाटा घटाउँदै लैजाने बताउँदै आए पनि व्यापार घाटा ठूलो छ। करिब एक सयभन्दा बढी मुलुकसँग व्यापार घाटा छ। भौगोलिक सीमा जोडिएका छिमेकी मुलुक भारत र चीनसँग सबैभन्दा धेरै व्यापार घाटा रहेको छ।

सरकारले व्यापार घाटा कम गर्न र निर्यातमा प्रोत्साहन गर्न अनुदान दिने नीति लिए पनि मुलुकको निर्यात व्यापारमा उत्साह आउन सकेको छैन। स्वदेशी वस्तुको बृहत् उत्पादन, बजारीकरण, प्रयोग एवं निकासी प्रवद्र्धनका लागि निजीक्षेत्रसँगको सहकार्यमा ‘मेड इन नेपाल र मेक इन नेपाल’ अभियान सञ्चालन भए पनि प्रभावकारी नहुँदा ठूलो व्यापार घाटा छ।

सबैभन्दा धेरै आयात निर्यात वीरगञ्ज नाकाबाट भएको छ। बीरगन्जबाट तीन खर्ब ३४ अर्ब ६२ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको छ भने ४० अर्ब ३४ करोड रूपैयाँको निर्यात भएको छ। वीरगन्जबाट कुल आयातको ३३.८५ प्रतिशत र निर्यातको ३१.७२ प्रतिशत रहेको छ। दोस्रो ठूलो कारोबार हुनेमा भैरहवा भन्सार कार्यालय रहेको छ। भैरहवा नाकाबाट एक खर्ब ४४ अर्ब ७४ करोडरूपैयाँ बराबरको आयात र नौ अर्ब ६५ करोड रूपैयाँको निर्यात भएको छ। त्यसैगरी, बिराटनगर भन्सारबाट एक खर्ब १२ अर्ब १७ करोड रूपैयाँ बराबरको आयात र ३० अर्ब ८३ करोड रूपैयाँ बराबरको निर्यात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Whatsapp
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
कर्पोरेट
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ।
Whatsapp
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
अपराध
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
प्रहरीका अनुसार दक्षिण कोरियाली नागरिकले आफ्नो ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाएर लुकाएको अवस्थामा तीन किलो कोकिन बरामद गरिएको हो। उक्त कोकिन लिन आएक...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ।
Whatsapp
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
शिक्षा
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि...
Whatsapp
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहलाई दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई गतिशील सेतु बनाउने दिशामा अघि बढ्न सुझाव दि...
Whatsapp
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
आइतबार तेस्रो दिनको खेलको समाप्तिमा २४३ रनको अग्रता बनाएसँगै न्युजिल्यान्डले दोस्रो टेस्टमा पकड बनाएको हो। 
Whatsapp
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
मन्त्री यादवले विना धितो कर्जा, उद्यमशीलता र केयर इकोनोमी पोलिसी जस्ता विषयहरूमा समेत काम अघि बढेको बताए।
Whatsapp
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
Whatsapp
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।
Whatsapp
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस