आजदेखि थप दुई घण्टा लोडसेडिङ
२३ असोज २०६६
•
१ मिनेट पाठ
आजदेखि थप दुई घण्टा लोडसेडिङ
काठमाडौँ, असोज २४  (नागरिक)- नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि थप दुई घण्टा लोडसेडिङ गर्ने भएको छ। अब ग्राहकहरुले सातामा १२ घण्टा अँध्यारोमा बिताउनु पर्ने भएको छ। दिन छोटो र रात लामो हुँदै गएको अवस्थामा विद्युतको माग बढ्दै गएको भन्दै प्राधिकरणले लोडसेडिङको समय थपेको हो।
मध्य मर्स्याङ्दी जलविद्युत आयोजना निरीक्षणको क्रममा चार दिन पूरै बन्द हुने भएको हुँदा प्राधिकरणलाई थप गार्‍हो परेको  प्राधिकरणका भार सम्प्रेषण केन्द्रका निर्देशक शेरसिंह भाटले बताएका छन्। 




यसका कारण शनिबारदेखि चार दिनसम्म लोडसेडिङ नहुने समूहमा पनि विद्युत आपूर्ति बन्द हुने उनले बताए। ७० मेगावाटको मध्यमर्स्याङदी पुनः सञ्चालनमा आएपछि निर्धारित साताको १२ घण्टामात्र लोडसेडिङ हुने उनले बताए। 
अर्को समाचार
आजदेखि साताको १६ घण्टा लोडसेडिङ
०३ मंसिर २०६६
•
४ मिनेट पाठ
आजदेखि साताको १६ घण्टा लोडसेडिङ
काठमाडौं, मंसिर ३ (नागरिक) - नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङको अवधि बढाएर साताको १६ घण्टा पुर्‍याएको छ।
यसअघि साताको १२ घण्टा लोडसेडिङ हुँदै आएको थियो। प्राधिकरणले जाडो याम बढ्दै गएपछि बिहानको विद्युत माग पनि बढेकोले बिहानको समयमा लोडसेडिङ थप गरेको बताएको छ।




यसैबीच, ऊर्जामन्त्री प्रकाशशरण महतले यसपटकको हिउँदमा लोडसेडिङलाई दैनिक १२ घन्टाभन्दा बढ्न नदिने बताएका छन्। उनले सरकारको लोडसेडिङलाई १० घन्टाभित्रै सिमित गर्ने तयारी भइरहेको बताए। गतवर्ष सबैभन्दा सुख्खा मौसममा लोडसेडिङ दैनिक अठार घन्टा पुगेको थियो।

राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा मन्त्री महतले भारतसँग ९० मेगावाट विद्युत व्यापारिक तवरबाट किन्न पत्राचार गरेको बताउँदै भने, ‘केहीदिनमै वार्ताका लागि नेपाली प्रतिनिधि भारततर्फ जाने छन्। नेपालमा ल्याइने विद्युत भारतका दुइ प्रान्तहरु पश्चिम बंगाल र बिहारबाट ल्याइन्छ। किन्न आग्रह गरिएको विद्युत नेपालभारत सम्झौताबाट ल्याइने गरेको विद्युत भन्दा छुट्टै हो। सन्धी सम्झौता अनुसार सरदर ५० देखि ५५ मेगावाट भारतबाट आयात भइरहेको छ। आग्रह गरिएको मध्ये टनकपुरबाट ल्याइने २० मेगावाटको लागि भने भारतले जनव १ बाट नेपाललाई बिजुली दिइने प्रतिबद्धता जनाइसकेको छ।

गत वर्ष बढी लोडसेडिङ हुनुमा कोसीको बाढीले दुहवी कटैया प्रसारण लाइनका टावर भत्काउने र भारतबाट विद्युत आयात रोकिनु मुख्य कारण थियो। गत वर्षको सुख्खा यामको समाप्तिसँगै उक्त टावरको निर्माण भएपछि यो वर्ष दिनको १८ घण्टा लोडसेडिङ समय नहुने पक्का छ।

अफ्ठयारो समयमा विद्युत आपूर्तिका लागि ल्याउन लागिएको थर्मल प्लान्टको उपयोग मिश्रित रुपले गरिनुपर्ने महतले बताए। उनले भने(तर थर्मल प्लान्ट मैं निर्भरताको बाटो भने ठिक होइन। जर्मनीबाट थर्मल प्लान्ट अनुदानबाट प्राप्त हुने र त्यसको मर्मतका लागि विश्व वैंकको सहुलियतपूण ऋण लिइने उनको भनाइ थियो।
विजुली कम खपत गर्ने सिएफएल चिमको प्रयोगले लोडसेडिङमा झण्डै १२/१३ मिनेट कम हुने उनले बताए।

नेपाल विद्युत प्राधिकरणका भार प्रेषण केन्द्रका निर्देशक शेसंह भाटले अहिले बेलुका(पिक टाइम) ८ सय मेगावाट र विहान ६ सय मेगावाटको विद्युत माग रेहेका छ। अहिले विद्युत प्रणालीमा ५ सय ८० मेगावाटको हाराहामा विद्युत रहेको छ। विद्युत माग र आपूर्तिको स्थितिलाइ मिलाउन प्राधिकरणले मंसिर महिनाको लागि साताको १६ घण्टा लोडसेडिङ गरिने तालिका सार्वजनिक गरिसकेको छ। यसअघि लोडसेडिङ साताको १२ घण्टा लोडसेडिङ भइरहेको थियो। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस