राप्तीसोनारीमा संक्रमितको सम्पर्कमा रहेका ब्यक्तिको भएन स्वाब संकलन
१७ जेष्ठ २०७७
•
३ मिनेट पाठ
राप्तीसोनारीमा संक्रमितको सम्पर्कमा रहेका ब्यक्तिको भएन स्वाब संकलन
केही दिनअघि भारतबाट फर्केका नेपालीलाई राप्तीसोनारीको क्वारेन्टिनमा ब्यवस्थापन गरिदै । फाइल तस्बिर : नागरिक
बाँकेस्थित राप्तीसोनारी गाउँपालिकाका एक जना वडाअध्यक्षलाई तीन दिनअघि कोरोना पोजेटिभ देखियो । कोरोना त्रासका कारण वडाअध्यक्षको सम्पर्कमा रहेका सिंगो जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिन र होम क्वारेन्टिनमा बसिरहेका छन् । जनप्रतिनिधि मै कोरोना संक्रमण देखिएपछि गाउँपालिका कार्यालयको कामकाज बन्द छ । महामारीको समयमा जनताको सेवामा खटिरहेका यहाँका जनप्रतिनिधि आफै त्रसित र आतंकित हुनु परेको छ ।  




वडाअध्यक्षमा कोरोना संक्रमण देखिएको तीन दिन बितिसक्दा पनि अहिलेसम्म कसैको पनि कन्ट्रयाक्ट टे«सिङ गरी स्वाब संकलन गरिएको छैन । वडाअध्यक्षमा कोरोना पोजेटिभ देखिएपछि उनको सम्पर्कमा रहेका जनप्रतिनिधि र कर्मचारी आतंकित भइरहेका छन् । कतिपयले जनप्रतिनिधि र कर्मचारीले घर छाडेका छैनन् भने कतिपय क्वारेन्टिनमै बसिरहेका छन् । गाउँपालिका अध्यक्ष लाहुराम थारु समयमै स्वाब संकलन भएर रिपोर्ट आएको भए जनप्रतिनिधि र कर्मचारीले नियमित काम गर्न पाउने बताउँछन् । स्वाब संकलनका लागि पहल गरिदिन आफूलाई दिनहुँ फोन आउने गरेको उनले सुनाए । ‘स्वाब संकलनको काम ७ दिनभित्र गरिदों रहेछ,’ अध्यक्ष थारुले भने ‘वडाअध्यक्षहरुले छिटो स्वाब संकलन गरिदिनु पर्‍यो भनेर मलाई फोन गर्नु हुन्छ ।’  

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले प्रयोगशालामा चाप धेरै भएकाले स्वाब संकलनमा ढिलाई भएको हुन सक्ने बताए । ‘प्रयोगशालामा धेरै नै चाप छ रे, त्यसकारण स्वाब संकलनको काम हुन नसकेको बुझिएको छ,’ उनले भने । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुडालीले संक्रमित वडाअध्यक्षको कन्ट्रयाक्ट टे«सिङ गरेर नाम लिष्ट तयार गरेपनि स्वाब संकलनको काम सुरु नभएको बताए । ‘वडाअध्यक्ष ज्युको कन्ट्रयाक्ट टे«सिङमार्फत ७२ जना जतिको लिष्ट बनेको छ,’ उनले भने ‘सम्भव त आज(शनिबार) बेलुकीसम्म स्वाब संकलन हुन सक्छ ।’  

स्वाब संकलन गरेर पनि प्रयोगशालामा बढेको चापका कारण ४८ घण्टाभित्र रिपोर्ट आउन कठिन भएका कारण ढिलाई भएको प्रमुख चुडालीले बताए । ‘भेरी अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालाले थेग्न नसकेको स्थिती छ, स्वाब संकलन गरेपनि धेरै दिन राख्न मिल्दैन,’ उनले भने । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले राप्तीसोनारीका संक्रमित ब्यक्तिको कन्ट्रयाक्टमा आएका ब्यक्तिको नाम लिष्ट जिल्लामा आइसकेको बताए । ‘संक्रमित ब्यक्तिसँग सम्पर्कमा आएका ब्यक्तिको स्वाब संकलन नियम अनुसार सात दिनभित्रमा गर्नुपर्छ, हामीहरु त्यहाँका गाउँपालिका अध्यक्षसहित जनप्रतिनिधी र कर्मचारीसँग कुरा गरेर आइसकेका छौं, उहाँहरु धेरै आत्तिहाल्नुपर्ने अवस्था छैन,’ उनले भने ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङ राप्तीसोनारीमा जनप्रतिनिधीलाई कोरोना संक्रमण देखिएपछि कन्ट्रयाक्ट टे«सिङ गरेर स्वाब संकलनको काम सुरु गरिने बताए । ‘कन्ट्रयाक्ट टे«सिङ गरेर नामको सूची तयार भइसकेको छ, सम्भव त आज(शनिबार) स्वाब संकलन हुन सक्छ ।’ राप्तीसोनारीको अवस्था बुझ्न प्रजिअ कुरुङवाङसहितको एक टोली शुक्रबार राप्तीसोनारीको सम्शेरगन्ज पुगेको थियो । त्यहाँ पुगेर उक्त टोलीले क्वारिन्टिन र आइसोलेसन कक्षको अनुगमन गरेको थियो । कोरोना संक्रमण पोजेटिभ देखिएका वडाअध्यक्षसहित पाँच जना ब्यक्ति राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ स्थित आइसोलेसनमा बसिरहेका छन् ।  

ती वडाअध्यक्षले जनताको सेवा गर्दा गर्दै आफूलाई कोरोना पोजेटिभ देखिएको बताएका छन् । ‘जनताको सेवा अनि आफ्नो कर्तव्य बहन गर्दा गर्दै कर्तव्य भुमिमै ढलिएछ भने पनि रतीभर पीर छैन, पिर त मेरा जनताको स्वास्थ्यको छ, भगवानसँग प्राथना गर्दछु, कसैलाई पनि केही नहोस्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
अर्को समाचार
स्वाब संकलनमा खटिने जनशक्तिले थप प्रोत्साहन रकम पाउने
०२ साउन २०७७
•
१ मिनेट पाठ
स्वाब संकलनमा खटिने जनशक्तिले थप प्रोत्साहन रकम पाउने
कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङले स्वाब संकलनका क्रममा खटिने स्वास्थ्यकर्मीका लागि थप प्रोत्साहन रकम दिने निर्णय गरेको छ । समितिको शुक्रबारको बैठकले स्वाब संकलनका लागि खटिएका स्वास्थ्यकर्मीहरुलाई एकपटक स्वाब संकलन गरेको जनही ५ सय रुपैयाँका दरले प्रोत्साहन रकम दिने निर्णय गरेको हो । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार स्वाब संकलनका क्रममा एकपटकमा बढीमा ३ जना जनशक्ति परिचालित हुन सक्नेछन् । उनीहरुले एकपटक स्वाब संकलन गरेको जनही ५ सय रुपैयाँका दरले प्रोत्साहन रकम पाउने छन् ।  




कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले आफ्नै कोष खाता सञ्चालनमा आएपछि सोहि कोषबाट खर्च गर्नेगरी स्वाब संकलनमा खटिने स्वास्थ्यकर्मीलाई थप प्रोत्साहन रकम दिन लागेको समिति संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले जानकारी दिए । पाल अहिले समिति संयोजक र सदस्य सचिवको संयुक्त दस्तखतबाट खाता सञ्चालन हुने गरी नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखामा खाता सञ्चालन भएको छ । खातामा यसअघि नै यहाँका ९ स्थानीय तहले २–२ लाख रुपैयाँ जम्मा गर्ने सहमति गरेका छन् । कतिपय स्थानीय तहले सो रकम जम्मा गरिसकेको र कतिपय जम्मा गर्ने क्रममा रहेको समिति सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।  

यो भन्दा पहिलो यहाँका सबै स्थानीय तहले आ–आफ्नै पालिकामा कोभिड–१९ रोकथाम, राहत, नियन्त्रण तथा व्यवस्थापन खाता सञ्चालनमा ल्याएका थिए । सदरमुकाम फुङ्लिङमा रहेको होल्डिङ सेन्टर तथा क्वारेन्टिनमा राखिने बिभिन्न पालिकाका नागरिकको व्यवस्थापन तथा आवास खर्च, पीसीआर परीक्षण खर्च र अन्य स्वास्थ्य उपचार खर्चका लागि पालिकाकै आर्थिक सहयोगमा जिल्ला तहमा समेत सहयोग कोष खाता सञ्चालनमा आएको हो ।
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस