सांसदले बोलेका भनाइलाई सरकारले महत्व दिएको देखिँदैन : जोशी
२० माघ २०८०
•
८ मिनेट पाठ
सांसदले बोलेका भनाइलाई सरकारले महत्व दिएको देखिँदैन : जोशी
पछिल्लो समय संसद््को विधायिकी भूमिका कमजोर हुँदै गएको भनेर नागरिकस्तरबाट चर्को आलोचना भइरहेको छ। वास्तवमा यो सत्य पनि हो। संसद््मा हामी एक वर्ष पूरा भएर दोस्रो वर्ष लागिसक्यौँ। दोस्रो वर्षको पहिलो चरणसम्म पुग्दा पनि हामीले अपेक्षित काम गर्न सकेका छैनौँ।




अघिल्लो सदनमा एउटा मात्रै विधेयक पारित भयो। आर्थिक विधेयक र विनियोजन विधेयकबाहेक हेर्ने हो भने अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विधेयक मात्रै संसद्बाट स्वीकृत भयो। उक्त विधेयकको कार्यान्वयनको अवस्थाबारे पनि प्रश्न छ।

हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भन्ने गरिन्छ। यसपालि हिउँदे अधिवेशन ढिला हुन पुग्यो। पुस महिनाबाटै हिउँदे अधिवेशन सुरु भइदिएको भए राम्रो हुन्थ्यो। पुसपछिका तीन महिना संसद् राम्रोसँग चलिदिएको भए धेरै विधेयकमाथि काम गर्न सकिन्थ्यो।

माघ २२ देखि अधिवेशन सुरु गरेर अब हामी कति प्रभावकारी रुपमा काम गर्न सक्छौँ भन्ने प्रश्न छ। संसदमा ल्याउनुपर्ने विधेयक चाँडो ल्याउनु भनेर प्रधानमन्त्रीले सबै मन्त्रालयलाई निर्देशन दिनुभएको छ। साठी वटाभन्दा बढी विधेयक संसदमा प्रस्तुत गर्ने तयारीमा सरकार रहेको भन्ने सुनिन्छ। अब कानुन बनाउने कामले अपेक्षित गति लिन सकोस्। हाम्रा प्राथमिकता कानुन निर्माणमा केन्द्रित हुन सकुन्।

संसदीय समितिमा आएका विधेयकमाथि पनि तदारुकताका साथ काम गर्न सकिएको छैन। म आफैँ शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति छु। यो समितिमा चारवटा विधेयक छलफलका लागि आएका छन्। विद्यालय शिक्षा विधेयक, नेपाल विश्वविद्यालय विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक र सुरक्षण मुद्रण विधेयक शिक्षा समितिमा आएका छन्।

एक महिनादेखि विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्दा अहिलेसम्म समितिबाट विधेयकमाथि दिनुपर्ने सुझाव तयार हुन सकेका छैनन्। रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकै ठाउँमा ल्याउने भनेर ल्याइएको सार्वजनिक सेवा प्रसारण विधेयकमाथिको छलफल पनि टुंगो लागिसकेको छैन। तैपनि हामी निरन्तर छलफलमा छौँ।

सांसद विधेयक बनाउने, नीति, नियम, कानुन बनाउने कुरामा जति जिम्मेवार भएर लाग्नुपर्ने हो, त्यति लाग्न सकेका छैनन्। कानुन बनाउन जति समय दिनुपर्ने हो, त्यसभन्दा अन्यत्र बढी समय दिइरहेका छन् भन्ने कुरामा व्यक्तिगत रुपमा म सहमत छु।

संसद्का कामलाई कसरी प्रभावकारी बनाउने र गति दिने भनेर हामी निकासमा पुग्न सकेका छैनौँ। एउटा समितिको सभापति भएको नाताले सबै सांसद तथा दलका सचेतकलाई संसदमा र समितिमा रहेका कानुनलाई अन्तिम रुप दिन सांसदलाई बैठकमा उपस्थित भइदिन ह्वीप जारी गरिदिनुप¥यो भनेर आग्रह पनि गरेको छु। त्यो मेहनत गर्दागर्दै पनि विभिन्न कारणले हामीले समितिको बैठक नियमित रुपमा बसाल्न सकेका छैनौँ। यद्यपि, प्रयास जारी नै राखेका छौँ।

संसद् भनेको जनताका समस्या उजागर गर्ने र समाधानका लागि सम्बन्धित निकाय घच्घचाउने थलो हो। जनताबाट निर्वाचित जनप्रतिनिधिले उनीहरुका समस्या, उनीहरुका गुनासा सुन्नु जिम्मेवारी हुन आउँछ। संसदमा बोलेका कुराको ठूलो महत्व हुन्छ। कार्यान्वयनका लागि सरकार जिम्मेवार हुनुपर्दछ र जनताले पनि त्यसलाई विश्वास गर्दछन्। तर, अहिलेसम्मको हाम्रो अभ्यास हेर्दा सांसदले बोलेका कुरालाई सरकारले त्यति महत्व दिएको देखिँदैन। कार्यान्वयनमा ध्यान दिएको देखिँदैन।

सांसदहरु आफैंले संसदमा बोलेका कुरा सरकारले सम्बोधन गर्न नसकेको भनेर गुनासो गरिरहेका हुन्छन्। गुनासो सुनुवाइ नभएको भनेर संसदमै गुसानो गर्नुपर्ने अवस्था छ। संसदमा उठेका कुरा सुन्ने र त्यसको समाधान खोज्ने विषयमा सरकार र सम्बन्धित पदाधिकारी जिम्मेवार हुन सकून्। आगामी सदनमा हामी यो कुरालाई थप प्रभावकारी रुपमा उठाउँछौँ। अघिल्लो सदनमा पनि हामीले नागरिकका समस्या संसदमा उठायौँ। तर सरकारबाट सम्बोधन भएन। अब थप सशक्त रुपमा उठाउँछौँ।

म दुर्गममध्येको एक जिल्ला बझाङको प्रतिनिधित्व गर्छु। बझाङमा सामान्य कर तिर्नका लागि कर कार्यालय छैन। त्यसका लागि डडेलधुरा पुग्नुपर्छ। जनताले सरकारलाई कर तिर्नका लागि सहज होस् भनेर जिल्लामै कर कार्यालय राख्नुप¥यो भनेर संसदमा पटक–पटक कुरा उठाएको छु, तर अहिलेसम्म सुनुवाइ भएको छैन। बझाङ जिल्लाबाट सामान्य रकमको कर तिर्नका लागि पनि डडेलधुरा आउनुपर्ने अवस्थाले नागरिकलाई पनि सास्ती भएको छ।

संघीय र प्रदेश सरकारअन्तर्गतका जिल्लामा सेवा दिनुपर्ने कार्यालय अहिले त्यहाँ छैनन्। बझाङको अवस्था हेर्दा संघ सरकारअन्तर्गतका खानेपानी आयोजनाको काम हेर्ने कार्यालय कैलालीमा छ। सडक आयोजना हेर्ने कार्यालय बैतडीमा, ऊर्जा, सिँचाइ, तटबन्धलगायतका आयोजना हेर्ने कार्यालय दार्चुलामा र सहरी विकासका योजना हेर्ने कार्यालय डोटीमा छ।

संघीय सरकारअन्तर्गतका योजना तथा कार्यक्रम सञ्चालन गर्नका लागि अहिले जिल्लामा कार्यालय छैनन्। प्रदेशअन्तर्गतका योजना र कार्यक्रममा पनि यही समस्या छ। यस्ता गम्भीर विषयमा सरकारले ध्यान दिओस्। हामीले संघीयता कार्यान्वयन प्रभावकारी बनाउने र सिंहदरबारको अधिकार गाउँ–गाउँमा पु¥याउने भनिरहेका छौँ। तर अहिले सेवा पाउन झन् टाढा पुग्नुपर्ने भएको छ।

पहिले संघअन्तर्गतका सडक, खानेपानी, सिँचाइका कार्यालय जिल्लामै थिए। केही पुराना कार्यालय जिल्लामा छन्, तर त्यहाँबाट सेवा दिन सकिरहेका छैनन्। यी विषय संसदमा पटक–पटक उठाउँदा पनि सरकारले सुनुवाइ गरेको छैन। सांसदले उठाएका जनताका समस्या सम्बोधन गर्ने कुरामा सरकार जिम्मेवार हुन सकोस् भनेर हामी आगामी संसद् अधिवेशनमा पनि कुरा उठाउँछौँ।

जनताका समस्या÷गुनासो संसदमा उठाउने सवालमा हाम्रा पनि कमीकमजोरी छन्। किनभने हामी पनि अन्य काममा बढी अल्झिनुपर्ने बाध्यता छ। विकास निर्माणका कामका लागि विभिन्न मन्त्रालय धाउने, विभागमा दैडनुपर्ने अवस्था छ। एउटा विधि पद्धति नहुँदा यस्तो समस्या सिर्जना भएको हो। यी र यस्तै अनेक कारणले सांसद सदनमा पनि कम समय दिइरहेका छन्।

निर्वाचनका बेला मत माग्दा जनतासँग गरेका प्रतिबद्धता र त्यसको नतिजा प्राप्तिको अहिलेसम्मको अवस्था हेर्दा हामी असफल भएको मान्न सकिन्छ। हामी निर्वाचित भएको एक वर्षभन्दा बढी समय भयो। यो एक वर्ष अवधिमा मैले के काम गरे भनेर जनतालाई के जवाफ दिने ?

म आफैँले विभिन्न मन्त्रालयमा गएर विकास निर्माणका कामलाई गति दिन आग्रह गरेको छु। तर, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइलगायतका क्षेत्रमा मैले के काम गरें भन्ने प्रश्नको जवाफ दिन सक्ने अवस्था अहिले छैन। हामी आफ्नै वार्षिक समीक्षा गर्दा कति प्रगति देखिएला भनेर पनि मैले भन्ने गरेको छु।

सामान्य काम त भइरहेकै होलान्। तर हामीले जसरी, जुन गतिमा काम गर्ने भनेर सोचेका थियौँ, त्यो पूरा हुन सकेको छैन। हामीले चुनावका बेला गरेको प्रतिबद्धताअनुसारको ३० प्रतिशतजति पनि उपलब्धि हासिल गर्न सकेका छैनौँ। यो एक वर्ष अवधिमा हामीले के गर्‍यौं भनेर हामी आफैँ समीक्षा गर्न जरुरी छ।

सरकारले सत्तापक्ष दलसँग समेत सरसल्लाह गर्दैन। सत्तापक्ष दलसँग सबै विषयमा गम्भीर छलफल गर्न र सुझाव लिन आवश्यक छ। सरकारले सत्तापक्ष दलहरुसँग पर्याप्त छलफल गर्ने र प्रतिपक्षलाई पनि विश्वासमा लिएर सदनका काम अगाडि बढाइनुपर्ने हो। कानुन निर्माण, वार्षिक नीति तथा कार्यक्रम, योजना तथा बजेटलगायतका कुरामा सत्तापक्षको साथ र प्रतिपक्षको विश्वास लिएर सरकार अघि बढ्नुपर्छ।

अहिलेसम्मको काम गर्ने शैली र व्यवहार हेर्ने हो भने सरकारले सत्तापक्षकै दल र सांसदसँग पनि पर्याप्त छलफल परामर्श गर्ने र उनीहरुका कुरा सुन्ने गरेको देखिँदैन। ऐन, नियम, कानुन बनाउने, नीति योजना कार्यक्रम ल्याउने विषयमा सत्तापक्षसँग व्यापक छलफल गरियोस्।

देशको अर्थतन्त्र विस्तारै लयमा फर्किएको भनिएको छ, तर आम नागरिकमा त्यसको अनुभूति अझै भइसकेको छैन। निर्माण व्यवसायी आफूले काम गरेको भुक्तानीसमेत पाउन नसकेर आन्दोलन गर्नुपर्ने अवस्थामा छन्। अरु क्षेत्र पनि समस्यामा छन्। अर्थतन्त्रसँग सरोकार राख्ने, विज्ञ र सरोकार राख्ने सबै क्षेत्रसँग सरकारले निरन्तर छलफल गरेर अब कसरी अघि बढ्ने भनेर सुझाव लिन जरुरी छ।

चालु आर्थिक वर्षको बजेटमा विनियोजन कुशलता देखिएन। सत्ता पक्षकै सांसदले पनि बजेटमा विभेद भयो भनेर संसदमा कुरा उठाएका थिए। सन्तुलित ढंगको विकास हुने गरी सन्तुलित बजेट आउन सकेन। राज्यबाटै अहिलेसम्म हेपिएका, ठगिएका, पछाडि पारिएका क्षेत्रले प्राथमिकताका साथ बजेट पाउनुपर्ने हो। तर यसपटक पनि बजेटमा विभेदको महसुस भयो।

कुनै निश्चित जिल्लामा मात्रै बजेट धेरै पार्ने प्रवृत्ति छ। त्यो व्यवहार अब नदोहोरिओस्। शक्ति र पहुँचका आधारमा बजेट विनियोजन हुने अवस्थाको अन्त्य गरेर आवश्यकताका आधारमा सन्तुलित बजेट ल्याउन सक्नुपर्छ। विकास निर्माणमा पछि परेका क्षेत्रलाई बजेटको प्राथमिकतामा राखियोस् भनेर सरकारसँग माग गर्न चाहन्छु।

हाम्रो काम गर्ने शैलीप्रति सत्तापक्ष प्रतिपक्ष सबैले आत्मसमीक्षा गर्नुपर्ने बेला भइसकेको छ। हाम्रो साधारण खर्च बर्सेनि बढ्दो छ। पुँजीगत खर्चको हिस्सा कम हुँदै जाने र त्यसमा पनि वास्तविक खर्च झन कम हुने अवस्था विगतका वर्षमा देखिएको छ।

लक्ष्यअनुसार राजस्व उठ्न सकेको छैन। पुँजीगत शीर्षकमा विनियोजन हुने आधा जति पनि विकास खर्च हुन सकेको छैन। हाम्रो विकास खर्चभन्दा बढी वित्तीय व्यवस्थापन शीर्षकबाट सार्वजनिक ऋणको साँवा र ब्याज तिर्नमा खर्च भइरहेको छ।

आन्तरिक र बाह्य दुवै ऋण जोड्दा करिब २४ खर्ब पुग्न लागिसकेको छ। त्यस्तो सार्वजनिक ऋणको साँवा ब्याज तिर्नका लागि हामीले विकास बजेटभन्दा बढी खर्च गर्नुपर्ने स्थिति आइसकेको छ। विसं २०५१-५२ तिर साधारण खर्च करिब २२-२३ प्रतिशत बराबर मात्रै थियो भने अहिले प्रतिशत करिब ६३ प्रतिशत पुगिसकेको छ।

त्यो बेला ७० प्रतिशत रहेको पुँजीगत बजेटको हिस्सा अहिले १७ प्रतिशतमा खुम्चिएको छ। पुँजीगत शीर्षकमा छुट्याइएको सबै रकम खर्च पनि हुन सकेको छैन। बेरोजगारीका कारण ठूलो युवाशक्ति बिदेसिनु परिरहेको छ। हाम्रो यो अवस्थाले मुलुकको अर्थतन्त्रलाई भोलिका दिनमा थप अप्ठेरो पार्नसक्छ। सबै राजनीतिक दल र जनप्रतिनिधिले यो अवस्थाको आत्मसमीक्षा गर्दै समाधानका लागि गम्भीर हुन सकुन्। –रासस
अर्को समाचार
सांसदका भनाइलाई सरकारले महत्त्व दिएको देखिंदैन : जोशी
२० माघ २०८०
•
८ मिनेट पाठ
सांसदका भनाइलाई सरकारले महत्त्व दिएको देखिंदैन : जोशी
पछिल्लो समय संसद्को विधायिकी भूमिका कमजोर हुँदै गएको भनेर नागरिकस्तरबाट चर्को आलोचना भइरहेको छ। वास्तवमा यो सत्य पनि हो। संसदमा हामी एक वर्ष पूरा भएर दोस्रो वर्ष लागिसक्यौँ। दोस्रो वर्षको पहिलो चरणसम्म पुग्दा पनि हामीले अपेक्षित काम गर्न सकेका छैनौँ।




अघिल्लो सदनमा एउटा मात्रै विधेयक पारित भयो। आर्थिक विधेयक र विनियोजन विधेयकबाहेक हेर्ने हो भने अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विधेयक मात्रै संसद्बाट स्वीकृत भयो। उक्त विधेयकको कार्यान्वयनको अवस्थाबारे पनि प्रश्न छ।

हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भन्ने गरिन्छ। यसपालि हिउँदे अधिवेशन ढिला हुन पुग्यो। पुस महिनाबाटै हिउँदे अधिवेशन सुरु भइदिएको भए राम्रो हुन्थ्यो। पुसपछिका तीन महिना संसद् राम्रोसँग चलिदिएको भए धेरै विधेयकमाथि काम गर्न सकिन्थ्यो।

माघ २२ देखि अधिवेशन सुरु गरेर अब हामी कति प्रभावकारी रुपमा काम गर्न सक्छौँ भन्ने प्रश्न छ। संसदमा ल्याउनुपर्ने विधेयक चाँडो ल्याउनु भनेर प्रधानमन्त्रीले सबै मन्त्रालयलाई निर्देशन दिएका छन्।
साठी वटाभन्दा बढी विधेयक संसदमा प्रस्तुत गर्ने तयारीमा सरकार रहेको भन्ने सुनिन्छ। अब कानुन बनाउने कामले अपेक्षित गति लिन सकोस्। हाम्रा प्राथमिकता कानुन निर्माणमा केन्द्रित हुन सकुन्।

संसदीय समितिमा आएका विधेयकमाथि पनि तदारुकताका साथ काम गर्न सकिएको छैन। म आफैँ शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति छु। यो समितिमा चारवटा विधेयक छलफलका लागि आएका छन्। विद्यालय शिक्षा विधेयक, नेपाल विश्वविद्यालय विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक र सुरक्षण मुद्रण विधेयक शिक्षा समितिमा आएका छन्।

एक महिनादेखि विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्दा अहिलेसम्म समितिबाट विधेयकमाथि दिनुपर्ने सुझाव तयार हुन सकेका छैनन्। रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकै ठाउँमा ल्याउने भनेर ल्याइएको सार्वजनिक सेवा प्रसारण विधेयकमाथिको छलफल पनि टुंगो लागिसकेको छैन। तैपनि हामी निरन्तर छलफलमा छौँ।

सांसद विधेयक बनाउने, नीति, नियम, कानुन बनाउने कुरामा जति जिम्मेवार भएर लाग्नुपर्ने हो, त्यति लाग्न सकेका छैनन्। कानुन बनाउन जति समय दिनुपर्ने हो, त्यसभन्दा अन्यत्र बढी समय दिइरहेका छन् भन्ने कुरामा व्यक्तिगत रुपमा म सहमत छु।
संसद्का कामलाई कसरी प्रभावकारी बनाउने र गति दिने भनेर हामी निकासमा पुग्न सकेका छैनौँ। एउटा समितिको सभापति भएको नाताले सबै सांसद तथा दलका सचेतकलाई संसदमा र समितिमा रहेका कानुनलाई अन्तिम रुप दिन सांसदलाई बैठकमा उपस्थित भइदिन ह्वीप जारी गरिदिनुपर्‍यो भनेर आग्रह पनि गरेको छु। त्यो मेहनत गर्दागर्दै पनि विभिन्न कारणले हामीले समितिको बैठक नियमित रुपमा बसाल्न सकेका छैनौँ। यद्यपि, प्रयास जारी नै राखेका छौँ।

संसद् भनेको जनताका समस्या उजागर गर्ने र समाधानका लागि सम्बन्धित निकाय घच्घचाउने थलो हो। जनताबाट निर्वाचित जनप्रतिनिधिले उनीहरुका समस्या, उनीहरुका गुनासा सुन्नु जिम्मेवारी हुन आउँछ। संसदमा बोलेका कुराको ठूलो महत्व हुन्छ। कार्यान्वयनका लागि सरकार जिम्मेवार हुनुपर्दछ र जनताले पनि त्यसलाई विश्वास गर्दछन्। तर, अहिलेसम्मको हाम्रो अभ्यास हेर्दा सांसदले बोलेका कुरालाई सरकारले त्यति महत्व दिएको देखिँदैन। कार्यान्वयनमा ध्यान दिएको देखिँदैन।

सांसदहरू आफैंले संसदमा बोलेका कुरा सरकारले सम्बोधन गर्न नसकेको भनेर गुनासो गरिरहेका हुन्छन्। गुनासो सुनुवाइ नभएको भनेर संसदमै गुसानो गर्नुपर्ने अवस्था छ। संसदमा उठेका कुरा सुन्ने र त्यसको समाधान खोज्ने विषयमा सरकार र सम्बन्धित पदाधिकारी जिम्मेवार हुन सकून्। आगामी सदनमा हामी यो कुरालाई थप प्रभावकारी रूपमा उठाउँछौँ। अघिल्लो सदनमा पनि हामीले नागरिकका समस्या संसदमा उठायौँ। तर सरकारबाट सम्बोधन भएन। अब थप सशक्त रूपमा उठाउँछौँ।

म दुर्गममध्येको एक जिल्ला बझाङको प्रतिनिधित्व गर्छु। बझाङमा सामान्य कर तिर्न कर कार्यालय छैन। त्यसका लागि डडेलधुरा पुग्नुपर्छ। जनताले सरकारलाई कर तिर्नका लागि सहज होस् भनेर जिल्लामै कर कार्यालय राख्नुपर्‍यो भनेर संसदमा पटकपटक कुरा उठाएको छु, तर अहिलेसम्म सुनुवाइ भएको छैन।

बझाङ जिल्लाबाट सामान्य रकमको कर तिर्नका लागि पनि डडेलधुरा आउनुपर्ने अवस्थाले नागरिकलाई पनि सास्ती भएको छ।

संघीय र प्रदेश सरकारअन्तर्गतका जिल्लामा सेवा दिनुपर्ने कार्यालय अहिले त्यहाँ छैनन्। बझाङको अवस्था हेर्दा संघ सरकारअन्तर्गतका खानेपानी आयोजनाको काम हेर्ने कार्यालय कैलालीमा छ। सडक आयोजना हेर्ने कार्यालय बैतडीमा, ऊर्जा, सिँचाइ, तटबन्धलगायतका आयोजना हेर्ने कार्यालय दार्चुलामा र सहरी विकासका योजना हेर्ने कार्यालय डोटीमा छ।

संघीय सरकारअन्तर्गतका योजना तथा कार्यक्रम सञ्चालन गर्नका लागि अहिले जिल्लामा कार्यालय छैनन्। प्रदेशअन्तर्गतका योजना र कार्यक्रममा पनि यही समस्या छ। यस्ता गम्भीर विषयमा सरकारले ध्यान दिओस्।
हामीले संघीयता कार्यान्वयन प्रभावकारी बनाउने र सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याउने भनिरहेका छौँ। तर अहिले सेवा पाउन झन् टाढा पुग्नुपर्ने भएको छ।

पहिले संघअन्तर्गतका सडक, खानेपानी, सिँचाइका कार्यालय जिल्लामै थिए। केही पुराना कार्यालय जिल्लामा छन्, तर त्यहाँबाट सेवा दिन सकिरहेका छैनन्। यी विषय संसदमा पटकपटक उठाउँदा पनि सरकारले सुनुवाइ गरेको छैन। सांसदले उठाएका जनताका समस्या सम्बोधन गर्ने कुरामा सरकार जिम्मेवार हुन सकोस् भनेर हामी आगामी संसद् अधिवेशनमा पनि कुरा उठाउँछौँ।

जनताका समस्या÷गुनासो संसदमा उठाउने सवालमा हाम्रा पनि कमीकमजोरी छन्। किनभने हामी पनि अन्य काममा बढी अल्झिनुपर्ने बाध्यता छ। विकास निर्माणका कामका लागि विभिन्न मन्त्रालय धाउने, विभागमा दाैडनुपर्ने अवस्था छ। एउटा विधि पद्धति नहुँदा यस्तो समस्या सिर्जना भएको हो। यी र यस्तै अनेक कारणले सांसद सदनमा पनि कम समय दिइरहेका छन्।

निर्वाचनका बेला मत माग्दा जनतासँग गरेका प्रतिबद्धता र त्यसको नतिजा प्राप्तिको अहिलेसम्मको अवस्था हेर्दा हामी असफल भएको मान्न सकिन्छ। हामी निर्वाचित भएको एक वर्षभन्दा बढी समय भयो। यो एक वर्ष अवधिमा मैले के काम गरे भनेर जनतालाई के जवाफ दिने?

म आफैँले विभिन्न मन्त्रालयमा गएर विकास निर्माणका कामलाई गति दिन आग्रह गरेको छु। तर, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ लगायतका क्षेत्रमा मैले के काम गरें भन्ने प्रश्नको जवाफ दिन सक्ने अवस्था अहिले छैन। हामी आफ्नै वार्षिक समीक्षा गर्दा कति प्रगति देखिएला भनेर पनि मैले भन्ने गरेको छु।
सामान्य काम त भइरहेकै होलान्। तर हामीले जसरी, जुन गतिमा काम गर्ने भनेर सोचेका थियौँ, त्यो पूरा हुन सकेको छैन। हामीले चुनावका बेला गरेको प्रतिबद्धताअनुसारको ३० प्रतिशतजति पनि उपलब्धि हासिल गर्न सकेका छैनौँ। यो एक वर्ष अवधिमा हामीले के गर्‍यौं भनेर हामी आफैँ समीक्षा गर्न जरुरी छ।

सरकारले सत्तापक्ष दलसँग समेत सरसल्लाह गर्दैन। सत्तापक्ष दलसँग सबै विषयमा गम्भीर छलफल गर्न र सुझाव लिन आवश्यक छ। सरकारले सत्तापक्ष दलहरूसँग पर्याप्त छलफल गर्ने र प्रतिपक्षलाई पनि विश्वासमा लिएर सदनका काम अगाडि बढाइनुपर्ने हो। कानुन निर्माण, वार्षिक नीति तथा कार्यक्रम, योजना तथा बजेट लगायतका कुरामा सत्तापक्षको साथ र प्रतिपक्षको विश्वास लिएर सरकार अघि बढ्नुपर्छ।

अहिलेसम्मको काम गर्ने शैली र व्यवहार हेर्ने हो भने सरकारले सत्तापक्षकै दल र सांसदसँग पनि पर्याप्त छलफल परामर्श गर्ने र उनीहरुका कुरा सुन्ने गरेको देखिँदैन। ऐन, नियम, कानुन बनाउने, नीति योजना कार्यक्रम ल्याउने विषयमा सत्तापक्षसँग व्यापक छलफल गरियोस्।

देशको अर्थतन्त्र विस्तारै लयमा फर्किएको भनिएको छ, तर आम नागरिकमा त्यसको अनुभूति अझै भइसकेको छैन। निर्माण व्यवसायी आफूले काम गरेको भुक्तानी समेत पाउन नसकेर आन्दोलन गर्नुपर्ने अवस्थामा छन्।
अरू क्षेत्र पनि समस्यामा छन्। अर्थतन्त्रसँग सरोकार राख्ने, विज्ञ र सरोकार राख्ने सबै क्षेत्रसँग सरकारले निरन्तर छलफल गरेर अब कसरी अघि बढ्ने भनेर सुझाव लिन जरुरी छ।

चालु आर्थिक वर्षको बजेटमा विनियोजन कुशलता देखिएन। सत्ता पक्षकै सांसदले पनि बजेटमा विभेद भयो भनेर संसदमा कुरा उठाएका थिए। सन्तुलित ढंगको विकास हुने गरी सन्तुलित बजेट आउन सकेन। राज्यबाटै अहिलेसम्म हेपिएका, ठगिएका, पछाडि पारिएका क्षेत्रले प्राथमिकताका साथ बजेट पाउनुपर्ने हो। तर यसपटक पनि बजेटमा विभेदको महसुस भयो।

कुनै निश्चित जिल्लामा मात्रै बजेट धेरै पार्ने प्रवृत्ति छ। त्यो व्यवहार अब नदोहोरिओस्। शक्ति र पहुँचका आधारमा बजेट विनियोजन हुने अवस्थाको अन्त्य गरेर आवश्यकताका आधारमा सन्तुलित बजेट ल्याउन सक्नुपर्छ। विकास निर्माणमा पछि परेका क्षेत्रलाई बजेटको प्राथमिकतामा राखियोस् भनेर सरकारसँग माग गर्न चाहन्छु।

हाम्रो काम गर्ने शैलीप्रति सत्तापक्ष प्रतिपक्ष सबैले आत्मसमीक्षा गर्नुपर्ने बेला भइसकेको छ। हाम्रो साधारण खर्च बर्सेनि बढ्दो छ। पुँजीगत खर्चको हिस्सा कम हुँदै जाने र त्यसमा पनि वास्तविक खर्च झन कम हुने अवस्था विगतका वर्षमा देखिएको छ।

लक्ष्यअनुसार राजस्व उठ्न सकेको छैन। पुँजीगत शीर्षकमा विनियोजन हुने आधा जति पनि विकास खर्च हुन सकेको छैन। हाम्रो विकास खर्चभन्दा बढी वित्तीय व्यवस्थापन शीर्षकबाट सार्वजनिक ऋणको साँवा र ब्याज तिर्नमा खर्च भइरहेको छ।
आन्तरिक र बाह्य दुवै ऋण जोड्दा करिब २४ खर्ब पुग्न लागिसकेको छ। त्यस्तो सार्वजनिक ऋणको साँवा ब्याज तिर्नका लागि हामीले विकास बजेटभन्दा बढी खर्च गर्नुपर्ने स्थिति आइसकेको छ। विसं २०५१-५२ तिर साधारण खर्च करिब २२-२३ प्रतिशत बराबर मात्रै थियो भने अहिले प्रतिशत करिब ६३ प्रतिशत पुगिसकेको छ।

त्यो बेला ७० प्रतिशत रहेको पुँजीगत बजेटको हिस्सा अहिले १७ प्रतिशतमा खुम्चिएको छ। पुँजीगत शीर्षकमा छुट्याइएको सबै रकम खर्च पनि हुन सकेको छैन। बेरोजगारीका कारण ठूलो युवाशक्ति बिदेसिनु परिरहेको छ। हाम्रो यो अवस्थाले मुलुकको अर्थतन्त्रलाई भोलिका दिनमा थप अप्ठेरो पार्नसक्छ। सबै राजनीतिक दल र जनप्रतिनिधिले यो अवस्थाको आत्मसमीक्षा गर्दै समाधानका लागि गम्भीर हुन सकुन्। 
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
आइतबार तेस्रो दिनको खेलको समाप्तिमा २४३ रनको अग्रता बनाएसँगै न्युजिल्यान्डले दोस्रो टेस्टमा पकड बनाएको हो। 
Whatsapp
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
मन्त्री यादवले विना धितो कर्जा, उद्यमशीलता र केयर इकोनोमी पोलिसी जस्ता विषयहरूमा समेत काम अघि बढेको बताए।
Whatsapp
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
अपराध
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
Whatsapp
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।
Whatsapp
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन्।
Whatsapp
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेश...
Whatsapp
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन...
Whatsapp
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
‘स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी’ले चार लेनको उक्त सडक बनाउने जिम्मा पाएको थियो।
Whatsapp
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष...
Whatsapp
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे...
Whatsapp
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा आठ जना पक्राउ परेका छन्।
Whatsapp
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा पक्राउ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस