राजनीतिक भेटघाट!
१८ वैशाख २०७५
•
१९ मिनेट पाठ
राजनीतिक भेटघाट!
हालसालै कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उनकै निवास पुगेको घटनाले सामाजिक सञ्जाल रङ्गियो। यस भेटलाई जोशीले स्वीकार गर्दै बिदाको दिन एकजना मित्र भेट्न जाने कार्यलाई अन्यथा मान्न मिल्दैन भने ।साथै केपी ओलीलाई जन्मदिनको शुभकामना दिन प्रधानमन्त्री निवासमै गएर भेटेको पनि उनले सार्वजनिक गरे। न्यायाधीशसम्बद्ध आचारसंहिता जोशीले नपढेको र नबुझेको होइन होला। आचारसंहिता बुझेकै भए यसरी किन राजनीतिक घेटघाट गरिरहेका हुन्छन् भन्ने प्रश्न र शङ्का अन्यथा मान्न सकिन्न। यस भनाइलाई अर्को शब्दमा भन्नुपर्दा हामीकहाँ त्यस्ता आचारसंहिता पालना गरिँदैन भन्नु जायज हुन्छ।

न्यायपालिकालाई सिद्धान्ततः स्वतन्त्र राख्ने बहानामा संवैधानिक व्यवस्थाअनुसार कार्यकारिणीको सहयोग लिनु अनिवार्य ठानेका छौँ । संवैधानिक शासन व्यवस्थामा विधायिकालाई दिमाग, न्यायपालिकालाई मुटु र कार्यपालिकालाई स्नायु प्रणालीको परिचय दिन सकिन्छ। स्नायु प्रणाली शरीरको सबै भागमा छरिएर बसेको हुन्छ र यसको स्वस्थ उपस्थिति अनिवार्य मानिन्छ । सम्भवतः यही मान्यतालाई मध्यनजर गरेर नेपालको संविधान, २०७२ को धारा १५३ मा न्यायपरिषद् र १५४ मा न्याय सेवा आयोगमाकानुन मन्त्रीलाई पदेन सदस्यता दिएर संवैधानिक व्यवस्था गरिएको छ तर ती दुवै संवैधानिक निकायमा कार्यकारिणीको प्रतिनिधिको हैसियतमा उपस्थित कानुन मन्त्रीको भूमिका प्रायः स्वस्थ रहने गरेको छैन जसको कुप्रभावले गर्दा स्वतन्त्र न्यायपालिका अस्वस्थ हुन पुगेको छ।

नेपाल अधिराज्यको संविधान, २०४७ मा पहिलोपटक व्यवस्था गरिएको न्यायपरिषद्को भूमिका निस्पक्ष र स्वतन्त्र हुनेछ भनेर राखिएको अपेक्षा व्यवहारतः सार्थक हुन सकेन । न्याय तथा कानुनी क्षेत्रले नचिनेका र नपत्याएका व्यक्ति राजनीतिक बाहुबलको आडमा न्यायाधीशमा नियुक्त गरेर यसरी राजनीतिक बिल्लाधारी व्यक्तिको अस्वस्थ प्रविष्टीकरण सम्भव भएको हो। न्यायाधीशजस्तो पवित्र पदमा राजनीतिक परिचय बोकेका व्यक्ति नियुक्त गरिँदा न्यायपरिषद् आपैmँमा अपवित्र हुनु र राजनीतिक प्रतिनिधिपात्रको शक्ति परीक्षण सफल सिद्ध हुँदा स्वतन्त्र न्यायपालिका क्रमशः थला पर्न थालेको हो ।लोकसेवा आयोगको प्रतिस्पर्धामा भाग लिनु नपर्ने र पेशा नभएको वा नचलेको चिन्ताबाट पनि मुक्त भएर न्यायाधीश हुन पाउने भएपछि मन्त्रीको चाकडी स्वाभाविक हुनु आश्चर्य होइन। न्यायपरिषद्को पहिलो बैठकदेखि रोपिएको यस्तो राजनीतिक कालकुट विषवृक्ष आज संस्थागत हैसियतमा झ्याम्मिएको छ। यद्यपि न्यायपरिषद्का सदस्य पनि राजनीतिक बिल्लाधारी नै हुन्छन् तर दुई सदस्यलाई बाहिर पारेर मन्त्रीको उपस्थितिलाई प्रशस्त मानेर न्यायाधीश नियुक्त भएका छन्। त्यसरी नै वरिष्ठतम् न्यायाधीशलाई अन्यथा गरेर रातको १२ बजे पनि न्यायाधीश नियुक्त गरिएका छन् तर आजसम्मको अनुभवमा मन्त्रीलाई बाहिर पारेर न्यायाधीश नियुक्त गर्ने आँट र हैसियत कुनै पनि प्रधानन्यायाधीश वा न्यायपरिषद्मा देखिएन । यसबाट न्यायपरिषद्मा व्यवहारतः मन्त्रीले मियोको भूमिका निर्वाह गर्ने गरेको तथ्य प्रमाणित भएको छ।

राजनीतिक बाहुबललाई अन्यथा गर्न नसकिएसम्म राजनीतिक भेटघाट र चाकडी न्यायपालिकामा स्वाभाविक हुनेछ।

तसर्थ, राजनीतिक बाहुबललाई अन्यथा गर्न नसकिएसम्म राजनीतिक भेटघाट र चाकडी न्यायपालिकामा स्वाभाविक हुनेछ । यति भएर पनि न्यायपरिषद्को विकल्प खोज्ने कोसिस गरिएको छैन। पूर्वन्यायाधीश र यसै क्षेत्रका स्वतन्त्र बुद्धिजीवी राखेर एउटा उच्चस्तरीय न्यायाधीश सिफारिस समिति बनाउनेजस्ता विकल्प खोज्ने प्रयास कतैबाट भएन। मन्त्रीमा अन्तर्निहित राजनीतिक शक्तिलाई इन्कार वा प्रतिकार गर्नसक्ने स्वतन्त्र बुद्धिजीवी नहुनु र त्यसै प्रवृत्तिका व्यक्ति न्यायाधीशमा नियुक्त भएर क्रमशः बढुवाशैलीमा प्रधानन्यायाधीश बन्ने भएपछि निजको राजनीतिक आशीर्वादप्रति कृतज्ञता व्यक्त गर्नु स्वाभाविक हो ।न्यायपरिषद्को वर्तमान संरचना रहेसम्म राजनीतिक भेटघाट र चाकडी प्रथा अन्त्य हुन सक्दैन।

न्यायाधीशबाहेक न्याय सेवाका कर्मचारी परिसरभित्र पनि मन्त्रीको हैसियत त्यसरी नै सशक्त रहँदै आएको पाइन्छ । मन्त्रीको अनुपस्थितिमा सरुवा र बढुवा गरिएको व्यक्तिको सूची परिवर्तन भएको अनुभव हामीसित छन्। २०४७ सालपूर्व त न्यायाधीशको नियुक्ति, सरुवा, बढुवा र कारबाही पनि न्याय सेवा आयोगले गर्ने संवैधानिक व्यवस्था थियो । त्यसबेला पनि मन्त्रीलाई अन्यथा गरेर नियुक्ति गरिने सम्भावना थिएन । मन्त्रीको जिल्लामा उनले रोजेको न्यायाधीशलाई सरुवा गरेर पठाउनु न्याय सेवा आयोगको नियति मानिन्थ्यो । मन्त्रीले आफ्नो जिल्लामा रोजेको न्यायाधीश खोज्नुको अर्थ र परिणामको धेरै व्याख्या गर्नु नपर्ला । न्याय सेवाभित्र बढुवाका लागि परीक्षा गर्ने गरिन्थ्यो। त्यस्तोमा अति नै गोप्य राखिनुपर्ने प्रश्नहरू भोलि यिनै प्रश्न आउन सक्छ कि सक्दैन भन्ने शङ्का गरेर मन्त्रीले सारेर लगेको दृश्य टुलुटुलु हेर्नुपरेको थियो । कर्मचारीले गरेको विरोधलाई समर्थन गरेर मन्त्रीलाई त्यस्तो कार्य गर्नुहुँदैन भनेर रोक्ने आँट कुनै पनि पदाधिकारीमा देखिएन । ती प्रश्न निज मन्त्रीबाट सदुपयोग हुनसक्नेछ भनेर कल्पनासम्म गर्न सकिँदैन । यसरी मन्त्रीको व्यवहारमा मौन सहमति जनाउने लाछी व्यवहारले त्यसबेला पनि राजनीतिक पकडको हैसियत प्रमाणित हुने गथ्र्याे।

मन्त्रीमा अन्तर्निहित राजनीतिक शक्तिलाई इन्कार वा प्रतिकार गर्नसक्ने स्वतन्त्र बुद्धिजीवी नहुनु र त्यसै प्रवृत्तिका व्यक्ति न्यायाधीशमा नियुक्त भएर क्रमशः बढुवाशैलीमा प्रधानन्यायाधीश बन्ने भएपछि निजको राजनीतिक आशीर्वादप्रति कृतज्ञता व्यक्त गर्नु स्वाभाविक हो।

नेपालको इतिहासमा राजदरबार, शाही नेपाली सेना र त्यसपछि न्यायपालिकालाई सबभन्दा अनुशासित र मर्यादित संस्था मानिन्थ्यो । सर्वोच्च अदालतका न्यायाधीशहरूको सामाजिक व्यवहारको दूरी निःसन्देह अलिक भिन्न र मर्यादित हुने गथ्र्याे। बहालवाला प्रधानन्यायाधीश वा न्यायाधीशलाई कुनै पनि मन्त्रीले सजिलै भेट्न सक्ने सम्भावना कमै रहन्थ्योतर हालको कालखण्डमा विचारको बजारीकरणमा रमाउने, उद्घाटन र विमोचनआदिमा ब्यस्त रहने, निरीक्षण भ्रमण गरेर मुद्दाको सुनुवाइ बन्द गर्ने, सरकारी तथा गैरसरकारी सङ्घ÷संस्थाको कार्यक्रममा सभापति, प्रमुख अतिथि वा अतिथि भएर उपस्थित हुने र त्यस्तोमा अरुलाई लेख्न लगाइएको भाषण पढेर भएपनि आफ्नो तथाकथित बौद्धिक दम्भ प्रदर्शन गर्न आतुर मनोविज्ञानका प्रधानन्यायाधीश वा न्यायाधीशहरू आवश्यकताभन्दा बढी सार्वजनिक हुने गर्छन् । त्यसरी सार्वजनिक हुँदा निश्चय पनि सत्सङ्गतमा रम्न चाहने पण्डित–पुरोहित वा दार्शनिकआदि भेटिन्नन् । त्यस्तोमा भेटिने मन्त्री, नेता, कार्यकारिणीका प्रतिनिधि, राजनीतिक कार्यकर्ता र गैरसरकारी संस्थाका पदाधिकारी वा कर्मचारी नै हुन्छन्। उनीहरूसित न्यायाधीशहरूको वैयक्तिक सम्बन्ध कस्तो रहन्छ, त्यसले कुनै अर्थ राख्दैन तर न्यायाधीशसित त्यसरी निकटस्थ सम्बन्ध राख्न चाहने स्वार्थी समुदायसितको उठ्बस् कदाचित अन्यथा हुन सक्दैन भन्न कठिन हुन्छ । मानिसको मन न हो, सम्बन्धको अनावश्यक कदर गर्न चाहने कमजोर व्यक्तिबाट न्याय मर्नसक्ने सम्भावना धेरै रहन्छ।

औपचारिक कामविशेषले प्रधानन्यायाधीशलाई भेट्न आउने बहालवाला मन्त्री प्रतीक्षालयमा कुरेको दृश्य धेरैले धेरैपटक देखेका छन् तर पछिल्लो कालखण्डमा गैरसरकारी संस्थाका पदाधिकारीलाई भेट्न प्रधानन्यायाधीश स्वयम्ले आफ्नो कार्यकक्षको ढोका खोलेर हात मिलाउँदै स्वागत गरेको पीडादायी दृश्य पनि देख्न बाध्य भएका छौँ । त्यस्ता संस्थाका विदेशी र स्वदेशी महानुभावहरूलाई सर्वोच्च अदालतमा पहुँच सहज हुने गरेको पाइन्छ। विकसित मुलुकका न्यायाधीश तथा अदालतमा गैरसरकारी संस्थाका पदाधिकारीहरूको पहुँच असम्भव मानिन्छ तर तिनै देशमा घुमेर धेरै ज्ञान प्राप्त गर्न सफल भएका छौँ भनेर दम्भ गर्ने हाम्रा न्यायाधीशहरू तिनै विदेशी मुलुकबाट सञ्चालित गैरसरकारी संस्थाका पदाधिकारीसमक्ष हीन भएर प्रस्तुत हुन्छन् । स्मरण रहोस्, सर्वोच्च अदालत परिसरमा निलो नम्बर प्लेटका गाडीमा सवार गैरसकारी संस्थाका स्वदेशी तथा विदेशी महानुभावको चमकधमक देखेर स्वतन्त्र न्यायपालिकाको वकालत गर्न चाहने कर्मचारी तथा विद्वान् कानुन व्यवसायीले ग्लानि महसुस गर्ने गर्छन्।

यस्ता गैरसरकारी संस्थाले आयोजना गर्ने कार्यक्रममा प्रधानन्यायाधीश वा न्यायाधीश प्रमुख अतिथि आदि हैसियतमा उपस्थित हुँदा निजहरूको दायाँ/बायाँ मन्त्री र राजनीतिक दलका नेताहरू सभापति वा अतिथिको हैसियतमा उपस्थित भएका हुन्छन् । त्यसबखत निजहरूबीचको सामीप्यतामा कतिपटकको कुम जोडाइ वार्ता र कानेखुसीमा भजनकीर्तन वा गायत्री मन्त्र भज्ने वा पाठ गर्ने काम निश्चय पनि गरिँदैन। साथै त्यसरी निरन्तर गरिने भेटघाटमा न्यायाधीशको मोबाइल र फोन नम्बर सार्वजनिक हुन्छन्। त्यसरी साटिने फोन वा मोबाइल नम्बरमा गरिने वार्तामा सञ्चो–बिसञ्चोको गफमात्र हुँदैन । यस्तोमा स्वार्थको खेती गरिँदैन भन्न कठिन हुन्छ। त्यस्तो कार्यक्रममा प्रमुख अतिथि, सभापति वा अतिथिको हैसियतमा उपस्थित न्यायाधीश वा अन्य महानुभावलाई प्रदान गरिने दान रकम राम्रै हुन्छ अनि गैरसरकारी संस्थाको आशीर्वादमा विदेश भ्रमण गर्न पाइने अनुकूलतालाई ‘क्यास’ गर्न लालायित कुनै पनि व्यक्तिको कमजोर मानसिकताको सहजै अनुमान गर्न सकिन्छ। अमूक मन्त्रालयको नीति वा कार्ययोजनाअनुसार परिचालित यस्ता संस्थामा मन्त्री वा सचिव आदिको हैकम इन्कार गर्न सकिँदैन । अनि स्वार्थअभिप्रेरित न्यायाधीशले विदेश भ्रमणका लागि तिनै मन्त्री वा सचिव एवम् गैरसरकारी संस्थाको चाकडी नगर्लान् भन्न सकिँदैन। राजनीतिले पैmलाउने हातको लम्बाइको कल्पना गर्न सकिँदैन । यसको पूर्वानुमान गर्न नसकेकै कारण राजनीतिक स्वार्थले बढाएको लामो हातको पञ्जामा यसरी स्वतन्त्र न्यायपालिका क्रमशः कमजोर बन्दै गएको पाइन्छ।

यसर्थकायममुकायम प्रधानन्यायाधीशले राजनीतिक भेटघाट गरेको आजको सन्दर्भ कुनै नौलो विषय होइन । पद र शक्तिमा रहन चाहने मनोविज्ञानमा चाकडीप्रथालाई स्वाभाविक मानिन्छ । यस्तोमा संस्थाको नूर नराम्ररी गिर्न सक्ने सोच राखिँदैन। आफ्नो स्वतन्त्र बौद्धिक हैसियत निर्माण र निष्पक्ष कार्यक्षमता विकास गर्नेतर्फ समयमै ध्यान पु-याउन नसकिएमा राजनीतिक जमिन्दारीले स्वतन्त्र न्यायपालिकाको छवि रसातलमा पु-याउने छ। स्मरण रहोस्, आफूमा स्वतन्त्र बौद्धिक हैसियत निर्माण र निष्पक्ष कार्यक्षमता विकास गर्न असफल भएको सन्देश यसरी नै सार्वजनिक हुन थालेमा वरिष्ठताको क्रमभङ्गता गर्न राजनीतिक शक्ति सफल हुँदैन भन्न सकिँदैन । पदभन्दा स्वतन्त्र न्यायपालिका बलियो हुनुपर्छ भन्ने मान्यता राखेर आपूmभित्र स्वतन्त्र र निष्पक्ष हैसियत वृद्धि गर्न सकिएमा मात्र राजनीतिक शक्तिको प्रतिकार गर्न सम्भव हुनेछ । थाहा छैन, यस्तो सोच भएका व्यक्ति कहिले प्रधानन्यायाधीश हुने हुन्?

स्वार्थी राजनीतिक पहुँचलाई खुकुलो पार्दै जाने संवैधानिक व्यवस्था र खासगरी प्रधानन्यायाधीशको कमजोर मनोविज्ञानको सिकार समग्रमा स्वतन्त्र न्यायपालिका हुन पुगेको छ। यसबाट ‘न्याय’ शब्द आफैँमा बिटुलिएको छ । न्यायाधीशप्रति जनविश्वास घट्दो छ। न्यायपालिकाको साख गिर्दो छ। तथापि अदालतबाट न्याय पाइन्छ भनेर अद्यापि विश्वास गर्ने सर्वसाधारणको मान्यता र संस्कार बचाएर राख्न जतिसक्दो चाँडो न्यायपालिकासम्बद्ध संवैधानिक संरचनामा आमूल परिवर्तन गरी राजनीतिक पहुँचको हस्तक्षेपबाट स्वतन्त्र न्यायपालिकालाई मुक्त गर्न हतार भइसकेको छ। स्मरण रहोस्, स्वतन्त्र न्यायपालिका नरहेमा विधिको शासन र मानव अधिकार प्रत्याभूतिको परिकल्पना असम्भव हुनेछ।
अर्को समाचार
राजनीतिक भेटघाट बन्द गर्न सशस्त्रका आईजीपीको कडा निर्देशन
२० कार्तिक २०८२
•
३ मिनेट पाठ
राजनीतिक भेटघाट बन्द गर्न सशस्त्रका आईजीपीको कडा निर्देशन
सशस्त्र प्रहरीमा राजनीतिक भेटघाट बन्द गर्न कडा परिपत्र जारी गरिएको छ । मातहतका निकायलाई निर्देशन दिँदै सशस्त्रका महानिरीक्षक आईजीपी राजु अर्यालले अनावश्यक राजनीतिक भेटघाट नगर्न निर्देश जारी गरेका छन् ।  

सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटलाई कडाई गर्दै भेटघाट गर्नु परेमा अनिवार्य स्वीकृति लिन पर्ने भएको छ । बिहीबार सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कार्यालयहरुमा परिपत्र जारी गर्दै सशस्त्र प्रहरी कर्मचारीहरुले सांगठनिक तथा व्यक्ति कामकाजको सिलसिलामा उच्च पदस्त व्यक्तित्वहरु, राजनीतिक दलका नेतृत्व तथा पदाधिकारी लगायत अन्य विशिष्ट व्यक्तिसँग विभिन्न मन्त्रालय तथा अन्य स्थानहरुमा भेटघाट गर्न कडाई गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।  

सशस्त्र प्रहरी कर्मचारीहरुले कुटनीतिक नियोग तथा विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचरण सम्बन्धी स्थायी आदेश स्वीकृत गरी लागु गरिएको हुँदा सोको पालना गर्न भनिएको छ ।

जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुले विभिन्न उच्च पदस्त व्यक्तित्वहरु, सामाजिक अभियन्ता लगायतका विभिन्न संचारमाध्यमहरुलाई संगठनका निर्दिष्ट लक्ष्य तथा योजनाहरुमा प्रतिकूल हुने गरी आफ्नो व्यक्तिगत लाभ र अवसरहरु तथा संगठनका गोप्य सूचनाहरु अनाधिकृत रुपमा प्रकाशन गरेको पाईएमा कडा कारवाही सहप्रवक्ता थापाले बताए ।  

राज्यप्रदत्त जिम्मेवारीहरु मध्ये विशेष गरी आतंककारी गतिविधि नियन्त्रण, सशस्त्र संघर्ष नियन्त्रण, पृथकतावादी गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन, दंगा नियन्त्रण तथा सीमा सुरक्षा जस्तो महत्वपूर्ण जिम्मेवारीलाई ध्यानमा राखी कार्य गर्नुपर्ने भएको हुँदा अनाधिकृत रुपमा गरिने भेटघाटले सांगठानिक मर्यादामा खलल मात्र नभई राष्ट्रिय सुरक्षा एवं अखण्डतामा समेत असर पर्ने भएकोले यस्ता गतिविधिहरुलाई पूर्ण रुपमा निरुत्साहित गरी अघि बढ्ने संगठनको लक्ष्य रहेको छ ।

सांगठानिक हित र आवश्यकताको कारण सूचना आदान प्रदान गर्नु परेमा स्थायी आदेशमा उल्लेखित अनुसूचि अनुरुप फाराम भरी सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयबाट पूर्व स्वीकृत लिई भेटघाट गर्न सकिने उल्लेख गर्दै मिडियाँकर्मीसँग छलफल, भेटघाट एवं अन्य तरिकाबाट मर्यादापूर्वक सूचना प्रकाशन गर्न प्रवक्ताको कार्यालयबाट गर्न सकिने व्यहोरा समेत जानकारी गराएको छ ।  

राष्ट्र सेवाको लागि माईनस २० डिग्री सेल्सियस न्यूनतम तापक्रमदेखि ४० डिग्री सेल्सियस उच्चतम तापक्रमसम्म निःस्वार्थ भएर २४सै घण्टा दत्तचित्त भई सेवा गर्ने राष्ट्रसेवक कर्मचारीहरुको समेत मनोवल उच्च हुने गरी संगठनले कार्य गरिरहेको हुँदा कसैको दवाव र भनसुनले राम्रो अवसर दिन नसकिने बताईएको छ ।  

फौजी संगठनमा अनुशासीत, मर्यादित र आदेशको पालना हुनैपर्छ, संगठनमा कार्यरत जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको मान, प्रतिष्ठा, इज्जत त्यति नै हुने हुँदा कुनै एक कर्मचारीले गरेको गल्तीले व्यक्तिको मात्र नभई संगठनको समेत बदनाम हुने बताईएको छ ।

आर्थिक तथा भौतिक रुपमा चाहिने जति सेवा सुविधा तुलनात्मक रुपमा नभएता पनि राज्य दिएको सम्मान र प्रतिष्ठालाई शिरमा राखी आ–आफ्नो पदको मर्यादा र अनुशासनको पालना गरी संगठनले लिएको शुन्य सहनशिलताको नीतिलाई अक्षरस पालन गर्दै सीमा सुरक्षा, शान्ति सुरक्षा, राजश्व चुहावट नियन्त्रण, विपद्मा परेकाहरुको उद्धार तथा सहयोग लगायतका कार्यहरुमा उच्च मनोवल र पेशागत बफादारिताकासाथ लाग्न निर्देशन समेत गरिएको थापाले बताए । 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस