किन गर्नु वाचा !
०३ असार २०७५
•
११ मिनेट पाठ
किन गर्नु वाचा !
रधानमन्त्री केपी शर्मा ओली केही दिनपछि चीन भ्रमणमा जानेछन् । भ्रमणबारे सरकारको आफ्नै तैयारी हुने गर्छ । तर यस पटक त्यो तयारी कस्तो हुनुपर्छ र के के मुद्दा उठाइनु पर्छ भनेर सार्वजनिकरूपमा ठूलो चासो लिइएकोछ । नेपालका धेरै नागरिक समाजहरूले यस विषयमा अनेक छलफल चलाइसकेका छन् र चलाइरहेका छन् । उनीहरूले प्रधानमन्त्री ओलीलाई चीनसित कुनकुन विषयमा कुराकानी गर्ने र कुन किसिमले कुराकानी गर्ने भनेर अनेक सुझाव दिइरहेका छन् । ती सुझावलाई प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले कुन प्रकारले लिनेछन् भनेर भन्नसकिन्न । तर त्यसबाट नेपालको अन्तर्राष्ट्रिय जगत्मा जनसरोकार कस्तो रहेछ भनेर जानकारी हुन्छ । त्यसमा पनि नेपालका छिमेकीहरूसित कस्तो सम्बन्ध कायम गर्नुपर्ने रहेछ भनेर जनभावना बुझिन्छ।

एक प्रकारले हालको घडीमा नेपाली जनचाहना स्पष्ट भएको छ । विगत निर्वाचनमा छिमेकीहरूसितको सम्बन्धबारे प्रशस्त चर्चा चलेको हो । यस सिलसिलामा माओवादी र एमालेको वाम गठबन्धनले घोषणापत्र निकालेको हो । यसै घोषणापत्रमा सबै कुराहरू स्पष्ट भनिएका छन् । त्यसकारण प्रधानमन्त्रीलाई त्यसै घोषणापत्रमा जे जे प्रतिबद्धता जनाइएका छन् तिनीहरूलाई पूरा गरिदिनुस् भने मात्र पुग्छ । आफूले गरेका प्रतिज्ञाहरू व्यवहारमा ल्याएर देखाइदिनुस् भने मात्र पुग्छ । उनीलाई नयाँ सुझाव दिनुपर्ने आवश्यक नै पर्दैन । किनभने जनतासित उनीहरूलाई निर्वाचनमा जिताउन जे अनुरोध गरेका थिए, सो नेपाली जनताले पूरा गरिदिएका छन् । अब जनताको अगाडि जे जे गर्छु भनेका थिए त्यो गरेर देखाउनुस् भने मात्र पुग्छ।

उक्त घोषणापत्रमा भनिएको थियो, ‘एकै पटक सबै क्षेत्रमा तीव्र आर्थिक विकास गरी सामाजिक न्यायसहितको समृद्ध नेपालको निर्माण गर्न, रोजगारी र उच्च जीवनस्तर हासिल गर्न, जनताको आशा एवं आकांक्षा पूरा गर्न र समाजवादको आधार तयार पार्न कम्युनिस्ट तथा वामपन्थी शक्तिहरू बाहेक अरूबाट सम्भव छैन । छोटो समयमा सरकारको नेतृत्व गर्ने अवसर पाउँदा समेत हामीले आफूलाई सही साबित गरेका छौँ । त्यसैले समृद्ध नेपाल निर्माणका लागि वामपन्थीहरूको बहुमत आवश्यक छ । कम्युनिस्ट एवं वामपन्थी शक्तिहरू नै देश भक्तिपूर्ण आन्दोलनको मूल नेतृत्वदायी शक्ति भएकाले राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र हितको रक्षाकालागि वामपन्थीहरूको बहुमतको सरकार आवश्यक छ । नेकपा एमालेको सूर्य चिह्नमा र माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया—हथौँडा चिह्नमा, जहाँ जुन चुनाव चिह्न लिएर हाम्रा उम्मेदवारहरू खडा हुनुहुनेछ, त्यहाँ त्यसमा मतदान गरी हाम्रा उम्मेदवारहरूलाई विजयी बनाउन सम्पूर्ण जनसमुदायमा विनम्र अनुरोध गर्दछौँ ।’ यस अनुरोधलाई नेपाली जनताले स्वीकार गरे र वाम गठबन्धनलाई बहुमत दिएर विजयी बनाए । त्यसैमा टेकेर आज ओली प्रधानमन्त्री बनेका छन् । त्यसकारण उनको कर्तव्य हो कि घोषणापत्रमा लेखिएका प्रत्येक हरफको परिपालन गरोस्।

‘नाकाबन्दी जस्तो संकटको घडीमा राष्ट्रको नेतृत्व गर्दै राष्ट्रिय स्वाभिमानको रक्षा गरेर हामीले आफूलाई व्यवहारमा प्रमाणित गरेका छौँ ।’ प्रधानमन्त्री ओलीको यो कथन सही हो र यही नीति–व्यवहारले नै उनलाई नेपाली जनताले रुचाएका हुन् । नाकाबन्दीकै कठिन समयमा नेपाली जनताको भावनाअनुसार उभिएका र उनीहरूको राष्ट्रिय भावनालाई उजागर गरिदिएकाले ओली लोकप्रिय पनि बनेका हुन् । त्यही जन समर्थनबाट उनलाई निर्वाचनमा जनादेश प्राप्त भएको हो । नाकाबन्दीले नेपालीहरूलाई एकताबद्ध बनाएको हो र यसप्रति जागरूक पनि बनाएको हो । नेपालीहरूले अबदेखि कुनै नाकाबन्दी व्यहोर्नु नपरोस् भनेर उत्तरतिरको नाका खोल्नुपर्ने महसुस गरेका हुन् । हुन त पहिले पनि नेपाली जनताले यो अनुभव र भावना महसुस गरेका हुन् । तर त्यसबखत उत्तरतिरको नाका खोल्न आवश्यक विकास, प्रविधि, आर्थिक स्रोत आदि उपलब्ध थिएनन् । तैपनि कोदारी राजमार्गले एउटा बाटो देखाइदिएको थियो । तर त्यसले देशमा संकट आइपरेको बेला समाधान गर्न सकेन । आज समय बदलिएको छ । उत्तरी छिमेकी विकसित भइसकेको छ । प्रविधि उपलब्ध छ । अब खाँचो खालि राजनैतिक इच्छा शक्ति र कूटनीतिको छ । ओलीको चीन भ्रमणमा यही कुरा देखियोस् भन्ने हाम्रो आकांक्षा छ।

यस सम्बन्धमा वामगठबन्धनको घोषणापत्रमा विभिन्न प्रतिबद्धता जनाइएका छन् । ओलीको चीन भ्रमणको सिलसिलामा तिनीहरूको सिंहालोकन गर्नुु जरुरी छ किनभने ती कदम नेपाली जनताको भविष्य, स्वतन्त्रतासित गाँसिएका छन् । यस सम्बन्धमा ओलीको प्रतिबद्धता भएको घोषणापत्रमा भनिएको छ, ‘आगामी पाँच वर्षमा पूर्व–पश्चिम राजमार्गको समानान्तर तीव्र्र गतिका विद्युतीय रेल सञ्चालन गरिनेछ । यसै अवधिमा रसुवागढी—काठमाडौँ—पोखरा, लुम्बिनी विद्युतीय रेलमार्ग निर्माण गरिनेछ । आगामी पाँच वर्षमा राजधानी उपत्यकाका चक्रपथहरूमा आवश्यक गतिको रेल सञ्चालन गरिनेछ । काठमाडाँै र वीरगञ्जलाई जोड्ने रेलमार्ग निर्माण कार्य अघि बढाइनेछ । काठमाडौँलगायत अन्य मुख्य सहरहरूमा सम्भाव्यता हेरी मेट्रो र मोनोरेल, ट्राम र अत्याधुनिक सार्वजनिक यातायात सञ्चालन गरिनेछ । स्थानीय चक्रपथको सम्भाव्यता अध्ययन गरी निर्माण आरम्भ गरिनेछ । राजधानी काठमाडौँलाई छिमेकी मुलुकका रेलमार्ग सञ्जालसँग तथा राजधानीलाई सबै प्रादेशिक केन्द्रहरूसँग द्रुतमार्गहरूद्वारा जोडिनेछ । प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी प्रदेश केन्द्रहरूलाई जिल्ला सदरमुकाम तथा स्थानीय तहका केन्द्रसँग आधुनिक यातायात सञ्जालद्वारा जोडिनेछ।’

यसका साथै उनको घोषणापत्रले यो पनि दाबा गरेको छ कि सरकार बनेको पहिलो वर्षमै पूर्व—पश्चिम राजमार्गको समानान्तर र रसुवागढी—काठमाडौँ—वीरगञ्जसम्म ७ सय ६५ केभी विद्युत् प्रसारण लाइन निर्माण सुरु गरिनेछ । आगामी तीन वर्षमा मुलुकको सबै भागमा विद्युतीकरण गरिनेछ । यी योजनाहरूपूरा गर्न पनि चीनसित सहयोग लिनुपर्ने देखिन्छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणमा यी विषय उठनेछन् भन्ने आशा गर्न सकिन्छ । यी वाचाहरू कसरी पूरा गर्ने भन्ने कुरा प्रधानमन्त्रीको टाउको दुखाइ हो । हुन त उनले यसको बाटो कस्तो हुनेछ भनेर उक्त घोषणापत्रमा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘छिमेकी तथा बाह्य मुलुकहरूसँग गरिएका सबै असमान र अपमानजनक सम्झौताहरूलाई राष्ट्रिय हितअनुरूप प्रतिस्थापित गरिनेछ । समानता, पारस्परिक लाभ र सम्मानलगायतका पञ्चशीलका सिद्धान्त, संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनका स्थापित मान्यताका आधारमा सबै देशसँग सुमधुर सम्बन्ध कायम गरिनेछ । यिनै सिद्धान्त र मान्यताका आधारमा छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध घनिष्ठ र सुदृढ बनाइनेछ ।’ यसको सुरुवात भारतसितको सम्बन्धमा भइसकेको दाबी गरिएको छ । त्यसैगरी चीन भ्रमणमा पनि यही प्रयत्न हुने विश्वास गर्न सकिन्छ । परराष्ट्र सम्बन्ध बलियो पार्नु र कूटनीति सफल पार्नु प्रधानमन्त्रीको जिम्मा हो । जनताले त उनले गरेका वाचा पूरा गरे कि गरेनन् भन्ने चासो राख्ने हो।
अर्को समाचार
जनतासँग गरेका वाचा पाँच वर्षभित्र पूरा गर्छौं :उपप्रधानमन्त्री खड्का
३० असार २०८०
•
१ मिनेट पाठ
जनतासँग गरेका वाचा पाँच वर्षभित्र पूरा गर्छौं :उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका वाचा पूरा गर्ने बताएका छन। उपप्रधानमन्त्री खड्काले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भए पनि निर्वाचनका बेला जनतासँग गरिएका वाचा पूरा गरेरै छोड्ने बताए।

गृह जिल्ला सुर्खेत पुगेका उपप्रधानमन्त्री खड्काले आज सुर्खेतको पूर्वी क्षेत्र गुर्भाकोट–७ स्थित गोकुलपुरमा इलाका प्रशासन कार्यालयको उद्घाटन गर्दै देशको प्रतिकूल आर्थिक अवस्थामा पनि विकास–निर्माणका कामहरु अघि बढिरहेको बताए। उनले जनताको अपेक्षाअनुसार वर्तमान सरकारले काम गरिरहेको जिकिर गर्दै देशको प्रतिकूल आर्थिक अवस्थामा पनि समग्र कर्णालीका महत्वपूर्ण विकास योजना अघि बढाइएको बताए।

उपप्रधानमन्त्री खड्काले कर्णाली करिडोर र भेरी करिडोर लगायतका कर्णालीको समृद्धिसँग जोडिएका ठूला सडक योजना निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारीसमेत दिए। उनले २० वर्षभित्र भेरी किनारमा आधुनिक र नमूना सहर निर्माण गरेर भेरीगङ्गा उपत्यका नमूनाको आधुनिक सहर निर्माणको काम अघि बढेको उल्लेख गर्दै त्यो सहर नयाँ पुस्तालाई नासोका रुपमा हस्तान्तरण गरिने बताए।

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनासँगै डोल्पादेखि सुर्खेतसम्मको भेरी किनारमा सिँचाइ, विद्युतीकरण, सडक लगायतका काम गर्ने गरेर भेरी करिडोर सिँचाइ विकास योजना लगायतका ठूला विकास योजना कार्यान्वयन भइरहेको उनको भनाइ थियो। पूर्वी सुर्खेतका लेकबेंसी, भेरीगङ्गा र गुर्भाकोट नगरपालिका तथा सिम्ता गाउँपालिकाका नागरिकहरुलाई एकीकृत सेवा पु¥याउने उद्देश्यले मेहलकुनामा इलाका प्रशासनसँगै मालपोत,नापी लगायतका जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय स्थापना गरिएको उपप्रधानमन्त्री खड्काले बताए। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस