राष्ट्रपति र प्रमुख दलबीचको संवादबाट कुनै ठोस निष्कर्ष आउँदैन भन्ने विश्वास थियो र आएन पनि। एकीकृत नेकपा माओवादीको आस्थाभित्र लोकतन्त्रमार्फत् जन्मेको राष्ट्रपतिले यसै पनि उनीहरुमाथि कुनै किसिमको प्रभाव राख्न सक्दैनन्।
औपचारिकतामा जेसुकै भनिए तापनि राष्ट्र निर्माणको अर्थमा संविधानको पालक एवं संसदीय व्यवस्थाको वकालत गर्ने जोसुकैले राष्ट्रपतिको अबको कदमलाई मुलुकको संकटको निराकरणको शान्तिपूर्ण उपाय हुन सक्छ भन्ने देखे पनि अरु अनेक प्रकृतिका राजनीति गर्ने साना ठूला दललाई राष्ट्रपतिको महत्ताको ज्ञान छैन। एक त संक्रमणकाल अर्को अज्ञानी राजनीतिकर्मीहरु द्रव्य र प्रलोभनमा बनाइएको गठबन्धन र टुटे/फुटेका पार्टीलाई कसिंगर लुकाउनुपर्ने चटारो, नग्नरुपमा भएको भ्रष्टाचारबाट उम्कने एउटा दुष्प्रयास जस्ता धेरै कारणले उनीहरु सत्तामा टिकिरहनुपरेकै छ। तर, यो सिंगो मुलुकको मूल्यमा हुन सक्छ भन्ने कुराको हेक्का लिन अब उनीहरुले छाडेका छन्।
दलीय स्वार्थको त कुरै छाडौं, दलीय आकांक्षा, सामुदायिक आकांक्षा, धार्मिक, भाषिक, लैंगिक यी यस्ता कुनै पनि विषय किन नहुन्, अब उनीहरुको रुचिभित्र परेन। त्यसैले अब प्रमुख कार्यकारी यसबेला अध्यादेशहरुको सहाराबाट मुलुकलाई सर्वसत्तावादी दिशामा लैजान खोज्दैछन्। यी शीर्षस्थ भनिएका नेताहरु अब संविधानसभा ब्युँताउने नाममा राष्ट्रपतिसमक्ष भएका सम्पूर्ण प्राकृतिक, नैतिक, स्वाभाविक र मानव अधिकारसँग सम्बन्धित सम्पूर्ण स्वतन्त्रता खोस्नका लागि अनेक किसिमका नाटक प्रपञ्च गर्छन् भन्ने कुरामा कुनै द्विविधा भएन। यसलाई व्यक्तिगत स्वतन्त्रता या स्वतन्त्र राष्ट्रको दिशाउन्मुख कदम मान्न सकिँदैन। यसै सिलसिलामा प्रधानमन्त्री बाबुराम भट्टराईले संवैधानिक निकायहरुलगायत् सर्वोच्च अदालतका खाली स्थान र अन्य विषयमा समेत राष्ट्रपतिले या संसदले मात्र गर्न सक्ने अधिकारलाई पनि बाधा अड्काउ फुकाउको संवैधानिक व्यवस्थालाई उपयोग गर्दै कार्यकारी अधिकारीलाई त्यो सहुलियत प्राप्त होस् भन्ने मागसहितको अध्यादेश प्रस्तुत गरेका छन्। यो कानुनी भाषा होइन। राजनीतिकरुपमा यसलाई अर्थ्याउनुपर्दा 'राष्ट्रपति अब तपाईंको काम छैन, आफैंले हस्ताक्षर गरेर तपार्इंमा निहित सम्पूर्ण अधिकार अब मलाई दिनुहोस्' भनिएको हो। संसद् निर्वाचनको ठेगान छैन, अर्को निर्वाचन नहुन्जेलसम्म मभन्दा अर्को प्रधानमन्त्री हुन सक्दैन भन्ने हुँकार भट्टराईले गरिआएकै छन्। उनका अध्यक्षदेखि लिएर लोटा, चम्चासम्मको यही जप छ।
अनिर्णयमा टुंगिनका लागि यता केही दिनदेखि फेरि अर्को राजनीतिक संवाद सुरु भयो, प्रमुख राजनीतिक दलहरु एनेकपा माओवादी, कांग्रेस र एमालेबीच। मधेस केन्द्रित दलहरुले भने एनेकपा माओवादीसित मोर्चा गठन गरिसकेपछि आफ्ना सम्पूर्ण माग, आकांक्षा पुष्पकमल दाहालसमक्ष सुम्पिएको प्रतीत हुन्छ। तिनीहरुको त्यत्रो सहभागिता पनि यी वार्तामा देखिँदैन। मोर्चाका अध्यक्षको चर्चा अन्य विषयमा बेस्सरी उठेर आउने गर्छ, जसरी यसपाली आइजीपी बढुवाको प्रसंगमा मोलमोलाईका कुरालाई लिएर उनको मान्छे, प्रधानमन्त्रीको मान्छे र अरुअरुका मान्छे भनेर झण्डै दुई महिनासम्म सञ्चार जगत्मा उनी छाइराखे। विशुद्ध राजनीति शायद अब उनका लागि धेरै ठूलो महत्वको विषय पनि रहेन। र, राजनीतिक लेनदेन पनि अब गएर उनका लागि व्यापारी लेनदेनजस्तो हुन पुग्यो।
राजनीतिक दलका संवादहरु वर्षौंदेखि एकै वृत्तमा घुमेको देखिन्छ। गति छैन भन्नुहुँदैन, गति छ। तर यसमा कुनै प्रगति भएको भने भएको छैन। वार्ता पुरानै स्थितिमा फर्किने र त्यहीँ अड्कने गरेका छन्, अगाडि बढेका छैनन्। कहिले 'जेठ २ गतेकै स्थितिमा फर्कौं, सबै कुरो टुंगो लाग्छ' भन्छन् भने कहिले '५ बुँदे सहमतिमा फर्कौं, र त्यहीबाट सुरु गरौं' भन्छन्। कहिलेकाहीँ त नयाँ शिराबाट सुरु गरौंसम्म भन्न थालेका छन्। तर कुनै कुरोलाई स्पष्ट आकार दिने जमर्को भने कसैले पनि गर्न सकेका छैनन्।
पटकपटक बोली फेर्दै आएर आफैंले विघटन गरेको संविधानसभालाई ब्युँताउने कसरतमा फेरि माओवादी नेतृत्व लागेको छ। त्यसमा पनि अध्यक्ष पुष्पकमल दाहाल उनको पाटी फुटिसकेपछि र त्यसभित्रबाट अर्को पार्टीको जन्म भइसकेपछि अझ बढी जोडतोडका साथ लागिपरेका छन्। त्यसो त बाबुराम भट्टराईको गठबन्धन सरकार बनिसकेपछि गठबन्धनका प्रमुख साझेदार घटकमध्येका चार वा त्यसभन्दा पनि बढी दल फुटिसकेका छन्। स्वयं एनेकपा माओवादी विभाजित छ। मधेसी जनअधिकार फोरम लोकतान्त्रिक दुई भागमा विभक्त छ। हाल जेलमा परेका जयप्रकाशप्रसाद गुप्ताको फोरम गणतान्त्रिक दुई टुक्रा भएको छ। सद्भावनाबाट निकालिएका अनिल झा मन्त्री पदमा आसिन छन् भने त्यही सद्भावनाको अर्को घटक पनि संयुक्त सरकारमै छ। माले दुई भागमा टुक्रिएको छ। चुरेभावर तीन टुक्रामा बाँडिइसकेको छ। फुटेकामात्र होइन, कतिपय दलले आन्दोलनका बेलामा गरेका प्रतिज्ञा, अगाडि सारेका एजेन्डा, घोषित कार्यक्रम आदि/इत्यादिलाई समेत पूर्णतः तिलाञ्जली दिइसकेका छन्। सरकारमा बसेका भने जुनसुकै किसिमले पनि सरकार र सत्ताबाट लिन सकिने लाभलाई निरन्तरता दिनका लागि एकपछि अर्को अधिनायकवादी शैली अपनाउँदै अगाडि बढेका छन्। त्यसबाहेक अहिलेको संकटको निकासको दिशा निकाल्नेतिर कुनै सोच बनाएको देखिँदैन।
प्रतिपक्षसँग यथार्थमा भन्नुपर्दा अब दुई विकल्पमात्रै छन्। यो कुनै संस्थाप्रति उत्तरदायी नभएको सरकारको तुरुन्त बर्खास्ती र संविधान निर्माणको प्रक्रियामा प्रवेश। त्योभन्दा अरु केही पनि देखिँदैन। यो संघर्ष एउटै फ्रन्टबाट पनि हुन सक्छ, जसका लागि सानै मूल्य चुकाए पनि पुग्छ। या दुई फ्रन्ट खोल्न सकिन्छ, जसका लागि मुलुकले अलि ठूलो मूल्य चुकाउनुपर्छ। एउटा फ्रन्ट भन्नाले सहमतीय राजनीतिबाट राष्ट्रपतिको सकारात्मक हस्तक्षेप र अर्को भनेको आन्दोलन सँगसँगै संविधानसभाको निर्वाचन।
हिजो संविधान बन्न नसकेका मुद्दामा यदि सहमति हुन्छ भने माथि उल्लेख गरिसकेका पृष्ठभूमिलाई हामीले एकपटक फेरि फर्केर हेर्यौं भने हिजोकै नेताले बसेर, छलफल गरेर त्यसमा सहमति गर्न सकियो भने विगतकै सविधानसभाले संविधान निर्माण गर्न सक्छ भन्ने सोच राख्नु नितान्त गलत कुरा हुन जान्छ। नेता जनताका मसिहा हुन् भन्ने कुरोबाट पहिले मुक्त हुनुपर्छ। मसिहा त के अब नेता जनताका प्रतिनिधिपात्र समेत पनि होइनन्। जति पनि दलहरुमा फुटको चर्चा हामीले गर्यौं , यो फुटको कारण नै नेताले जनताका सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक बनोटलाई नबुझिकन संघीय ढाँचामा आफूखुसी जान खोजेको परिणामको उपज हो। कथित विज्ञहरुको राय पनि त्यस्तै रह्यो र नितान्त बेग्लै अर्थसामाजिक, सांस्कृृतिक परिवेशबाट अनुभव लिएर आएका या पटक्कै अनुभव नभएका विदेशी विज्ञ भनाउँदाहरुले चलाएको अभियानको सतहमा देखिने या नदेखिएका गतिविधिले लक्ष्य गरेका कुरा पनि हाम्रो यथार्थसित मेल नखाएकै हो र यो सम्भव हुन सकेन। भोलि पनि हुन सक्दैन। स्थायित्वको कुरो नजोडौं, संविधान हो संशोधनको सम्भावना सधैं रहन्छ। त्यो भन्दैमा आज जानाजानी गल्ती गर्नैपर्छ भन्ने पनि छैन।
विवादित विषयमा जनमत संग्रहमा जाऊँ भन्ने धारणा पनि एक पटक आएको हो। जनमत संग्रह भन्ने शब्दको प्रयोग नगरे तापनि व्यक्तिको निर्वाचनसँगै हामी एक दुई थप मतपत्रको व्यवस्था गर्न सक्छौं विवादित विषयका लागि। यसलाई जनमत संग्रह त नभनौं, संविधानका विभाजित विषयमा जनताको मत के छ? जान्नका लागि। जस्तै कस्तो संघीयता? जातीय या जातसित पटक्कै सरोकार नराख्ने प्रकृतिको या गैरजातीय या प्रान्तीय? त्यसैगरी शासकीय स्वरुपमा प्रधानमन्त्रीय या राष्ट्रपतीय? अरु पनि विवादित मुद्दा छन् भने त्यसमा पनि यसैगरी मत संकलन गर्न सकिन्छ। यस्ता कुनै विधि नअपनाउँदासम्म स्वघोषित जनप्रतिनिधि या नेताहरु हामी सबै जातजाति, भाषाभाषी, उत्पीडित, शोषितका साथै सबै वर्ग, तह, स्वार्थ समूहलाई प्रतिनिधित्व गर्छु भन्ने मसिहाहरुले मुलुकमा १ सयभन्दा बढी दल खोलिसकेका छन्। सबै आ-आफ्ना किसिमका शक्ति प्रदर्शन गर्ने तागत राख्छन्। चार जना एक्लाएक्लै सभासद्ले संसद् अवरुद्ध गरेको दृश्य पनि विगत व्यवस्थापिकाले भोगेकै हो। एउटा प्रतिपक्षले झण्डै ५१ दिन संसद् अवरुद्ध गरिएको दृश्य पनि देखिएकै हो। सहमतिसहितको बजेट भाषण गर्न जाँदा बजेट राखिएको झोला खोसेर तोडफोड भएको दृश्य पनि त्यही सदनभित्र देखिएको हो।
एउटा दलबाट एउटा व्यक्ति सभासद् हुँदा पनि दलको थानगन्ती गर्ने र संसद्विनाको र राष्ट्रपतिले कामचलाउ भनिसकेको सरकार पनि आफूलाई पूर्ण कदको सम्पूर्ण कार्यकारी अधिकारले सुसज्जित प्रधानमन्त्रीको हैसियत भएजस्तै गरी व्यवहार गरेको पनि देखिएकै हो। यो अवस्थामा आफूले आफैंलाई स्वघोषित हुनुजस्तो लज्जाहीनता अर्को केही पनि हुन सक्दैन। फेरि एकपटक राजनीतिक दल र व्यक्तिहरु चुनावको कसीमा उत्रनुपर्छ नै। र, यो काम लोकतान्त्रिक समाजमा विलम्बित गर्न हुँदैन। सत्तामा बस्नेहरुले हुने/नहुने कर्म जे पनि गरेकै छन्, गर्न खोजेका छन्, कति गर्न भ्याएका छन्, कति गर्न भ्याएका छैनन्। हरेक पल, हरेक क्षण केही नेपाली अन्यायबाट गुज्रनुपरेकै छ। दण्डहीनता भोग्नुपरेकै छ। संवैधानिक निकाय खाली हुँदैछन्। यो भन्दा डरलाग्दो र अँध्यारा दिन आउँदै छन्।