राजनीतिक दलहरु प्रधानमन्त्रीको नाम राष्ट्रपतिलाई सिफारिस गर्ने कसरतमा जुटेका छन्। सदाझैं यस पटक पनि सहमतीय प्रधानमन्त्रीको खोजी गर्दा कसले कस्तो कार्यक्रम प्रस्तुत गर्यो ? सरकार सञ्चालनमा उसको क्षमता के छ? उसले कसरी सबैलाई समेट्न सक्छ? मुलुकलाई कुन गन्तव्यतर्फ डोर्यानउन सक्छ? जस्ता महत्त्वपूर्ण विषयमा हाम्रा राजनीतिक पार्टी मौन छन्। छलफलको विषय केवल व्यक्तिको नाममा केन्द्रित छ। अनि नामको मूल्यांकनको आधार अवश्य पनि कसले कसबाट कति फाइदा पाउने हो भन्ने अंकगणितमा सीमित छ। जसले गर्दा जोसुकै प्रधानमन्त्री भए पनि उसलाई पदमा आसीन गराउने व्यक्ति वा समूहको हितमा केन्द्रित हुने गर्छ। राष्ट्रिय हित र प्राथमिकताहरु ओझेलमा पर्छन्।
कार्यक्रम प्रस्तुतिका आधारमा सहमतिमा प्रधानमन्त्री मनोनीत हुने भए सर्वप्रथम त हामीलाई कस्तो प्रधानमन्त्री चाहिएको हो भन्ने विषयले प्रमुखता पाउने थियो। अहिले पार्टीहरु सरकार चलाउने पालो पर्खेर बसेकाले त्यो विषय गौण बनेको छ। तर पनि प्रधानमन्त्री हुने व्यक्तिले खेल्नुपर्ने भूमिका भने महŒवपूर्ण छ। प्रथमत शान्ति सुरक्षा सुदृढ गरेर वैशाखमा होस् वा जेठमा चुनाव गराउनु छ। चार पाँच महिनाको अवधिमा चुनाव हुन अहिले नै पनि कठिन देखिन्छ। पछिल्लो समयमा त प्राकृतिक कारणले गर्दा पनि चुनावमा विलम्ब हुने त निश्चित नै छ। चुनाव संविधान सभा वा व्यवस्थापिका संसद कुन संस्थाका लागि गर्ने? कति सिटदेखि कति अवधिसम्मका लागि गर्ने भन्ने प्रश्न अहिले चर्चामा छन्। निर्णय प्रकृयाको त प्रारम्भसम्म पनि भएको छैन। अनि चुनावका निमित्त थुप्रै कानुनी तथा व्यवस्थापन पक्षका पूर्वाधार बनेका छैनन्। तिनको तजविज मिलाउनकै लागि मात्र पनि प्रधानमन्त्री बन्ने व्यक्ति दृढ र दक्ष मध्यस्थकर्ता हुनु अनिवार्य देखिन्छ। त्यसबाहेक प्रधानमन्त्रीले मुलुकको ढुकुटीको दुरुपयोग गर्नबाट रोक्ने क्षमता अनिवार्य भएको छ। प्रधानमन्त्री निरीह भयो भने उसले शान्तिपूर्ण वातावरणमा निष्पक्ष चुनाव सम्पन्न गराउन नसक्नेमात्र होइन, राष्ट्रलाई कुन भड्खालोमा पार्ने हो, त्यसको अनुमान गर्नु पनि कठिन हुन्छ।
हालसम्म चर्चामा तीन व्यक्ति प्रधानमन्त्रीको पदका दावेदार देखिएका छन्। एनेकपा (माओवादी) का डा. बाबुराम भट्राई, नेकपा-माओवादीका रामबहादुर थापा र नेपाली कांग्रेसका सभापति सुशील कोइराला। त्यसो त एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले डा. बाबुराम, नारायणकाजी श्रेष्ठ, विजयकुमार गच्छदार तथा महन्थ ठाकुरको नाम पनि अघि नसार्नुभएको होइन। तर ती नाममध्ये डा.बाबुरामकै नामले चर्चा पाएको छ। यद्यपि बाबुरामको नाममा सहमति हुने भन्ने चर्चा पनि शंकास्पद बनिसकेको छ । रामबहादुर थापाचाहिँ उनकै पार्टीको मात्र उम्मेदवार बन्न सफल भएका छन्। अहिलेसम्म कुनै पार्टीले कसैको नाममा पनि सहमतिको संकेत दिएका छैनन्। यही वास्तविकतालाई ध्यानमा राखेर होला स्वयं रामबहादुरले पनि आफ्नो पक्षमा सहमति जुटाउन कुनै प्रयास गरेको देखिएको छैन।
पालो कुरेर बसेका पार्टी सभापति सुशील कोइरालालाई उनका प्रतिद्वन्द्वी शेरबहादुर देउवाको समर्थन प्राप्त भएको छ। उनका नजिकका व्यक्तिहरु जसले पहिलेदेखि नै सुशील नै उमेदवार हुनुपर्छ भन्ने गर्थे, तीबाहेक विजयकुमार गच्छदारसमेत उनलाई सर्मथन गर्न तयार भएका छन्। आफू प्रधानमन्त्रीको उम्मेदवार नहुने घोषणा पटकपटक गरिसकेका सुशील कोइरालाले जुनसुकै पार्टीको ढोका ढक्ढक्याउन लागिपरे पनि उनको उदय मलीन देखिन्छ। तैपनि केही राजनीतिक पर्यवेक्षकहरु प्रधानमन्त्रीमा सुशील कोइरालाको सम्भाव्यता केही बढी भएको अड्कल काट्न थालेका छन्।
कोइराला परिवारमा नामका पछाडि मातृका र गिरिजालाई बाबु भनिए पनि सुशीलको नामको पछाडिचाहिँ 'दा' जोडिने गरेको छ। जसले गर्दा पार्टीका नेता कार्यकर्ता प्रायःजसोले उहाँलाई सुशीलदा भन्छन्। त्यतिमात्र होइन, सुशीलकी चेकस्लोभाकियन फोटोग्राफर मित्र एनिलिजाले त सुशीलदा जोगी हुनुपर्नेमा नेता भएको प्रतिक्रियासमेत दिएकी थिइन्। निश्चय पनि, जीवनशैलीको हिसावले पार्टी अध्यक्ष भएपछि बसेको भाडाको घरबाहेक अहिलेसम्म अविवाहित रहेका सुशीलले राजनीतिलाई विलाश बनाएका छैनन्। तिनले देखाएको लोभ-लालचका उदाहरण पनि विरलै पाइन्छन्। नत्र त उनी गिरिजाबाबुको सबैभन्दा नजिकका सहयोगी हुँदाहँुदै पनि उनको आर्थिक स्थिति कमजोर रहने थिएन होला। अन्यथा त किशुनजीको पराजय, अझ भनौं घातको पछाडि यिनै थिए भन्ने हल्ला नचलेको होइन। जसको न कहिले खण्डन भयो न त प्रमाणित नै। जहा"सम्म पदको कुरा छ, एक पटक गिरिजाप्रसादको प्रथम प्रधानमन्त्रीत्व कालमा सुशीलदा परराष्ट्र मन्त्री बन्ने हल्ला चलेको थियो, जुन त्यसै बिलायो। निश्चय पनि सुशील कोइरालामात्र त्यस्ता व्यक्ति हुन्, जो गिरिजाप्रसाद कोइराला शक्तिशाली हुँदादेखि उनको अन्त्य हुन्जेलसम्म सबैभन्दा नजिक रहे। कहिले पनि पद नपाएका त्यागी र वयोवृद्ध भएका कारण कांग्रेसजनले तिनलाई पार्टी सभापतिमा विजयी तुल्याएका थिए।
पार्टी सभापतिको पद सम्हालिसकेपछि सुशील कोइरालाले आफना कमी-कमजोरीको मूल्यांकन गर्नुभएको होला कि नेपाली कांग्रेसलाई संगठित तुल्याउने र आवश्यक वैचारिक ऊर्जा दिने कार्यक्रम न उहाँले तर्जुमा गराउन सक्नुभयो न त आफैंले प्रस्तुत गर्न सक्नुभयो। कांग्रेस पार्टीको इतिहासमा सबैभन्दा कम प्रभावकारी पार्टी अध्यक्षको पहिचान बनाउनमात्र उहा" सफल हुनुभएको छ। उहाँले अपनाएको पार्टी व्यवस्थापन विधि कमजोर छ। यसैले गर्दा सुशील व्यक्तित्व भएका सभापति कोइराला नेताको रूपमा प्रस्तुत हुन सक्नुभएको छैन। उहाँका वरिपरि बसेकाहरुले आफ्नो नामको पछाडि पदको पुच्छर झुण्ड्याएर उहाँको प्रयोग गरेका छन्। अन्यथा सुशील कोइरालाले रामचन्द्रलाई जति अघि सारे पनि अथवा कृष्ण सिटौलालाई काखी च्यापे पनि आफनो राजनीतिक स्तर अध्यक्ष प्रचण्डको दा"जोमा खस्किएको छ। यसै कारण सभापति कोइरालाले बारम्बार गिरिजाप्रसादपछिको प्रमुख महŒवपूर्ण व्यक्तिका रूपमा प्रचण्डलाई प्रस्तुत गर्ने गरेका छन्।
सुशील कोइराला प्रधानमन्त्री बने भने को-कोलाई फाइदा हुन्छ? त्यसको अड्कल काट्न कठिन छैन। उनी प्रधानमन्त्री भए भने सबैभन्दा बेफाइदा पनि कस-कसलाई हुन्छ भन्ने अन्दाज गर्नु गाह्रो छैन। निश्चय पनि सुशील कोइराला प्रधानमन्त्री भएमा उनलाई पार्र्टी सभापति बनाउने कांग्रेसीहरुलाई भन्दा बढी फाइदा प्रचण्डलाई हुने प्रष्ट छ। प्रचण्ड र तिनको पार्टीलाई विपक्षको एउटा कमजोर नेता प्रधानमन्त्री भइदिँदा उसको प्रयोग आफनो हितमा गर्न सहज हुन्छ। त्यही कारण समय-समयमा प्रचण्डले सुशीललाई प्रधानमन्त्रीको पद अफर गर्ने गरेका होला।