यो प्रजातन्त्र होइन
३० असोज २०७७
•
९ मिनेट पाठ
यो प्रजातन्त्र होइन
दृष्टिकोण नै स्पष्ट छैन भने राष्ट्र र व्यक्ति सफल हुँदैन। रणनीति अधुरो छ भने उसको प्रयत्न बालुवामा पानी खन्याए जस्तो हुन्छ। प्रस्थानविन्दु नै गलत छ भने लक्ष्य पनि स्पष्ट हुँदैन। त्यस्तो अवस्थामा भ्रान्तपथिक बनेर मानिस आजीवन अल्मलिन्छ र भौतारिइरहन्छ। जसलाई प्रजातन्त्रप्रति विश्वासै छैन, उनीहरूले जनतालाई कर्तव्य, अधिकार, देश प्रेम, स्वतन्त्रता र स्वाभिमान सिकाउन सक्दैनन्। नेपालमा आज जुन प्रणालीलाई ‘डेमोक्रेसी’ भनिएको छ, वास्तवमा यो ठगी मात्र हो किनभने प्रजातन्त्रको सम्मान हुने राष्ट्रका लाखौँ जनताले साँझ÷बिहान कसरी पेट पाल्ने भनेर रुनु्पर्दैन। शिक्षा, स्वास्थ्य, खाद्यान्नलगायतका नैसर्गिक हकका निम्ति छटपटाउनु पनि पर्दैन। सामाजिक न्यायको सिद्धान्तअनुसार सबैलाई न्यूनतम सुविधा र स्वतन्त्रता प्रदान गर्नु नै प्रजातन्त्रको मुख्य ध्येय पनि हो।  

नेपालमा निर्दलीय प्रणाली चल्यो, २०१७ देखि २०४६ सालसम्म। गाउँ पञ्चायत र नगर पञ्चायतमा वडाध्यक्षदेखि प्रधानपञ्च र उपप्रधानपञ्च जनताबाट चुनिन्थे। निर्धारित मिति भन्दा १० दिनपहिले सम्पूर्ण हिसावकिताव कर्मचारीलाई बुझाएर पुराना पदाधिकारीले बिदा लिने चलन थियो। आफ्नो आचरण, कर्म, जनतासँगको सहकार्य, विश्वास र लोकप्रिय चरित्रका आधारमा उनीहरू चुनिन्थे। केही अपवादबाहेक ऊबेलाको संसद् (राष्ट्रिय पञ्चायत) धेरै मर्यादित थियो। मैले २०३८ सालदेखि केही वर्ष संसद्को रिपोर्टिङ गर्दा कैयन् जनप्रतिनिधिसँग परिचय गर्ने मौका मिल्यो। धेरैजसो सरल, इमानदार, विनम्र तथा जनप्रेमी थिए। झापाका पुहातु चौधरी, मुगुका तेजबहादुर भाम, रसुवाका दावाफिन्जो तामाङ, इलामका भगवतीदास श्रेष्ठ र सोमनाथ बाँस्तोला, कञ्चपुरका लबरु राना थारू, बैतडीका लोकेन्द्रबहादुर चन्द, रौतहटका द्रोणशमशेर जबरा, बाँकेका फत्तेसिंह थारू, जुम्लाका हरिश्चन्द्र महतलगायत सांसदमध्ये सीमित मात्र शिक्षित थिए। त्यस्तो अवस्थामा नेपालको एक मात्र राष्ट्रिय दैनिक पत्रिका गोरखापत्रका सामग्री पनि शून्य समय (जिरो आवर) र त्यसपछिको बहसमा चर्चाको विषय बन्थ्यो।

राजा महेन्द्रका अंगरक्षक, राष्ट्रसंघका लागि नेपाली राजदूतलगायतका पदमा बसेर लामो अनुभव समेटेका मेजर जनरल पद्मबहादुर खत्रीसँग राष्ट्रिय पञ्चायतमै परिचय भयो। उनी त्यतिबेला परराष्ट्रमन्त्री थिए। संसद्को गतिविधि रेडियो नेपालबाट प्रसार हुने हुँदा उनी पनि चाख लिएर सुन्दारहेछन्। राजा महेन्द्रका प्रमुख सल्लाहकार गुञ्जमान सिंहले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेको र त्यसपछि चीन र भारतसँगको कूटनीति अलि बढी सन्तुुलित भएको प्रसंग उनले संसद्को पटांगिनीमा उभिएर सुनाएका थिए। पञ्चायतकालका सबै राजनीतिज्ञ सडे÷गलेका थिए भनेर दुष्प्रचार गरियो तर ऊबेला अहिलेको जस्तो अराजकता र बेथिति थिएन।

नेपालमा लोकतन्त्र, प्रजातन्त्र केही छैन, दलतन्त्र मात्रै छ। सत्तामा पुग्नेहरू र जनताबीच ठूलो दूरी छ।
प्रजातन्त्रले रोग, भोक र शोकबाट जनतालाई सकेसम्म सुरक्षित राख्ने प्रयास गर्छ। तर दक्षिण एसियाका कतिपय मुलुकमा आज पनि प्रजातन्त्र सत्तारुढहरूका लागि मात्रै भएको छ। उदाहरणका लागि भारतलाई हेरौँ। सन् २०१७÷१८ को तथ्यांक हेर्दा त्यहाँ हरेक दिन औसत दश जनाले आत्महत्या गरेको पाइन्छ। सत्तरी प्रतिशत जनता कृषिमा प्रत्यक्ष र परोक्षरूपमा अश्रित भारतमा हरेक साल झण्डै चार हजार किसानले ऋण तिर्न नसकेर वा घाटा परेका कारण आत्महत्या गर्छन् भन्ने खबरले धेरैलाई पीडा हुन्छ। लाखौँ किसानको पीडा केन्द्रीय र प्रान्तीय सरकारको कारण उत्पन्न भएको तर्क गर्ने लेखकहरू धेरै छन्।  

अंग्रेजको शासन छँदा किसानलाई शोषण गरियो भन्दै सन् १८७५ देखि दुई वर्षसम्म दक्षिण भारतका लाखौँ किसानले विद्रोह गरे। महाराष्ट्र, तेलंगना, कर्नाटक, मध्यप्रदेश, छत्तीसगढ, आन्ध्रप्रदेश आदि क्षेत्रमा तीस वर्षमा ५९ हजार जति किसानले आत्महत्या गरेको क्यालिफोर्निया विश्वविद्यालयले गरेको सर्वेक्षणले देखाएको छ। महाराष्ट्रमा मात्र सन् २००९ देखि सात वर्षको अवधिमा २३ हजार किसानले आत्महत्या गरे तर प्रान्त र केन्द्र सरकारले एकअर्कालाई दोष दिएर भाग्न खोजे।  

यस्तै ‘द हिन्दु’ अंग्रेजी दैनिकमा विजयिता सिंह लेख्छिन्– ‘उत्तर प्रदेश महिलाका लागि सबैभन्दा असुरक्षित प्रान्त हो।’ किसानले सरकारको गलत नीतिका कारण आत्महत्या गर्नुपर्ने र महिलाले घरबाहिर मात्र होइन, घरभित्रै असुरक्षित हुनुपर्ने अवस्थाले भारतको लोकतन्त्र (प्रजातन्त्र) कसका लागि हो भन्ने प्रश्न उठ्छ। नेपालमा आज त्यस्तै प्रश्न उठाउन थालिएको छ। प्रजाको रक्षा गर्न नसक्ने प्रजातन्त्र कसका लागि भन्ने प्रश्न गर्दै युवा वर्गले विभिन्न जिल्लामा रोषपूर्वक प्रदर्शन गर्न थालेका छन्।

विद्वान्हरूले पारदर्शी, सुशासनयुक्त, नागरिक र राजनीतिक हकको समानता, शक्तिशाली, तटस्थ र स्वतन्त्र न्यायपालिका, धाँधलीरहित निर्वाचन, मौलिक हक र स्वतन्त्रता, विकेन्द्रीकरण आदिको सदुपयोग गरिने राष्ट्रलाई ‘डेमोक्र्याटिक’ भनेका छन्। विश्वप्रसिद्ध राजनीतिशास्त्री रबर्ट ए. डाहलले प्रजातन्त्रले जनताको हित गर्छ भनेर मात्र पुग्दैन, हित गरेको देखिनुपर्छ भनेका छन्।

नेपालमा आज जुन प्रणालीलाई ‘डेमोक्रेसी’ भनिएको छ, वास्तवमा यो ठगी मात्र हो किनभने प्रजातन्त्रको सम्मान हुने राष्ट्रका लाखौँ जनताले साँझ/बिहान कसरी पेट पाल्ने भनेर रुनु्पर्दैन।
फ्रयांक कास्र्टन भन्छन्– ‘जनतालाई प्रजातन्त्रले सशक्त बनाउँछ भनेर राजनीतिशास्त्रमा लेखिएको छ तर व्यवहारमा जनता होइन, सरकार मात्र बलियो भएको देखिन्छ। यसले प्रजातन्त्र सर्वसत्तावादी हुँदै गएको छ।’ अमेरिकाका पूर्वराष्ट्रपति थोमस जेफर्सनले ४९ प्रतिशत जनताको हकसमेत बहुमत (५१ प्रतिशत) जनताले प्रयोग गर्ने हुँदा प्रजातन्त्रको सदुपयोग नभएमा त्यो भीडतन्त्र बन्छ भनेका छन्। कास्र्टनले भनेझैँ जनता निरीह भएमा प्रजातन्त्र (डेमोक्रेसी) जनताको शासन होइन, सीमित टाठाबाठाको शासन बन्छ। नेपालमा चेतनाको स्तर बढेको दाबी गरिए पनि सीमित व्यक्तिको शासन (राजनीतिशास्त्रको भाषामा ओलीगार्की) सिद्ध हुँदै गएको देखिन्छ।

राजनीतिमा धनाढ्य वर्गको मात्र प्रभाव बढ्दै जानु प्रजातन्त्रका लागि घातक मानिन्छ। त्यो अवस्था डेमोक्रेसी होइन, (एरिस्टोक्रेसी) हो। यस्तै भ्रष्टाचार, जातीय संकीर्णता, भीडको दबाब, गैरजिम्मेवार चरित्र, राष्ट्रिय सुरक्षाबारे स्पष्ट नीतिको अभावलगायत कारणले प्रजातन्त्र अन्तिम सत्य होइन भने पुष्टि भएको छ। यसको अर्थ प्रजातन्त्रभन्दा साम्यवाद उत्कृष्ट प्रणाली हो भन्ने बुझ्नु हुँदैन। जुन राष्ट्रमा दलहरूको स्वार्थबाट माथि उठेर न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालगायत सबैलाई समन्वय, मार्गदर्शन र सक्रिय गराउने राष्ट्रनायक हुन्छन्, त्यहाँ प्रजातन्त्र सुरक्षित रहन्छ।  

प्रजातन्त्रकालमा मात्र होइन, राणाकालमा पनि कूटनीति धेरै संवेदनशील मानिन्थ्यो। राणाकालमा अहिलेको जस्तो ‘स्वतन्त्रता’ थिएन तर राष्ट्रको मर्यादा गिरेको पनि थिएन। ब्रिटेनका सम्राट जर्ज (पाँचौँ) र भारतस्थित ब्रिटिस गभर्नर जनरल माउट वेटनलगायतका शाही अतिथिले नेपाल भ्रमण गरे। सम्राट जर्ज सिकार खेल्न नेपाल आउँदा तत्कालीन सरकारले ठूलो स्वागत ग¥यो। यस्तै श्री ३ पद्मशमशेर गद्दीमा बसेपछि आयोजित समारोहमा भाग लिन माउन्टवेटन काठमाडौँं आएका थिए। सन् १९४६ को जुनमा उनले नेपाल भ्रमण गरेको खबर गोरखापत्रले छापेको थियो।

प्रजातन्त्र, कूटनीति, नागरिक कर्तव्य र हक एवं प्रगतिका बारेमा अनेकौँ बहस भइरहन्छ तर राष्ट्रलाई बलियो हुन नदिन डेमोक्रेसीकै आवरणमा षडयन्त्र पनि हुने गर्छ। सिक्किमलाई भारतमा गाभ्न ‘जनमत संग्रह’ नामको नाटक गरियो। त्यो प्रजातन्त्र नै हो। इथियोपियाबाट इरिट्रिया, सुडानबाट साउथ सुडान र इन्डोनेसियाबाट इस्ट टिमोर बनाउने काम प्रजातन्त्रकै आडमा गरियो। लेवनानको संविधान बनाउँदा जात र धर्मका आधारमा पद पाउने व्यवस्था गरियो। तसर्थ, सज्जनले चलाएको प्रजातन्त्र मात्रै शुद्ध हुन्छ। विदेशीको आदेश–निर्देशमा बनाइएको संविधान र ल्याइएको प्रजातन्त्र जनताका लागि अफापसिद्ध हुने देखिएको छ।

इतिहास शिरोमणि बाबुराम आचार्यको तर्क छ– ‘धरहराको बार्दलीबाट सेनाले बिगुल फुकेको भए एकतन्त्री शासन आउने थिएन।’ महारानी राज्यलक्ष्मीको हुकुमअनुसार सेना भेला भएर कोतको पटाङ्गिनी घेरामा पारेको भए धेरै जना मर्ने थिएनन्। राजा राजेन्द्रको निरीहपन, दरवारको शक्तिसंघर्ष, जनताको अवोध चरित्र र ‘राम आए रामकै जय, रावण आए रावणकै जय’ भन्ने तलवजीवीहरूको दास मानसिकता सबै बुझेका थिए जंगबहादुरले। मामा माथवरसिंह थापाको समेत हत्या गर्न सक्ने सुरो र शक्तिको भोको जंगबहादुर निश्चय नै निरंकुश थिए तर राष्ट्रघाती थिएनन्। राष्ट्रियता र प्रजातन्त्रको सुखद भविष्यबारे हजारौँ प्रश्न उठिरहेका बेला अहिलेको भागबन्डातन्त्रलाई नै हामी ‘डेमोक्रेसी’ भन्छौँ भने त्यो निर्मम ठट्टा हुनेछ।

गणतन्त्रले आँखा तिर्मिराएको छ धेरैको। उहिले जस्तो हात्ती, घोडा, तोप र सेना लिएर शत्रु आउँदैन। बानेश्वरस्थित कोइराला निवासमा प्रथम नागरिक प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले पञ्चमाङ्गी शब्दको व्याख्या गर्दै ‘देशभित्रै बसेर विदेशीको हितमा मात्र काम गर्ने राष्ट्रघातीलाई पञ्चमांगी (फिफ्थ कलम्निस्ट) भनिन्छ’ भनेका थिए। एनजिओ, आइएनजिओ, कानुन व्यवसायी, पत्रकार, विश्लेषक, प्राध्यापक, सरकारी तलवजीवीलगायत धेरै क्षेत्रमा विदेशीका गुप्तचर सक्रिय भए पनि सरकारले छानबिन गरेको देखिँदैन। खोज्दै जाँदा पार्टी कार्यालयहरूदेखि सिंहदरवारसम्म त्यसको जरो भेटिन सक्ने डरले कुनै पनि सरकारले नेपालमा विदेशीका अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रयास गरेको पाइँदैन।

राजा प्रताप मल्ल हनुमानढोका दरवारबाट झिस्मिसै रानीपोखरीमा नुहाउन जाँदारहेछन्। पचासौँ तीर्थको जलमिश्रित रानीपोखरीमा मानसरोवरदेखि गंगाजी, काली गण्डकी र गोसाइँ–कुण्ड आदिको जल भएकाले पवित्र मानिन्थ्यो। युवक राजा रानीपोखरी जान थालेपछि दुब्लाउँदै गए। तान्त्रिकहरूले पत्ता लगाए, उनी किचकन्नीको मायामा परेछन्। राजालाई चंगा उडाउने जस्तो लामो धागो दिँदै मूल तान्त्रिकले भने– त्यो किचकन्नी (चुँडेल) ले थाहा नपाउने गरी धागो बाँधिदिनू। बाँकी काम म गरुँला।  

राजाले त्यसै गरे। रानीपोखरीका डिलमा धागो पहिल्याउँदै जाँदा एउटा हड्डीमा बाँधिएको रहेछ। तान्त्रिक–विधिअनुसार हड्डी जलाइयो। हाल रत्नपार्क भएको भागपट्टिको डिलमा राजा प्रताप मल्ल, उनकी रानी र युवराजको मूर्तिलाई हात्तीमा राखेर हात्तीका गोडाले हड्डीको खरानी थिचेर राखिएको किंवदन्ती छ।

गणतन्त्रको चुँडेलले नभेटेका ब्रिटेन, स्पेन, जापान, स्विडेन, नर्वे, बेल्जिमय, नेदरल्यान्डस्, कतार, दुबई, साउदी अरेवियालगायत कैयन् राष्ट्र समृद्ध, स्वस्थ र सुखी छन्। नेपालमा लोकतन्त्र, प्रजातन्त्र केही छैन, दलतन्त्र मात्रै छ। सत्तामा पुग्नेहरू र जनताबीच ठूलो दूरी छ। भन्न त कम्युनिस्ट पार्टीमा अर्बपति सदस्यले कंगाल सदस्यलाई पनि साथी अर्थात ‘कमरेड’ भन्छन्। त्यो शब्द पनि ‘सेरेमोनियल’ भयो। माया, सद्भाव र सहयोगको भावना नहुने मान्छे कसरी साथी बन्छ ?

मुम्बईको जुहु इलाकामा प्रसिद्ध हिरो–हिरोइनहरू बस्छन्। सडकमा रातो बत्ती बलेका बेला भिखारीले एउटी नायिकासँग भिख मागेछ। खुद्रा नभेटेपछि उनले एक सय रुपियाँ दिइछन्। भिखारीले हाँस्दै भनेछ– ‘हामी त साथी हौँ नि।’ ‘कसरी कहाँको साथी ?’ भिखारी बोल्यो– ‘फेसबुकको।’ अर्बपति र भोका कमरेडको सम्बन्ध नेपालमा त्यस्तै छ।
अर्को समाचार
जोवनमा शासनसँग लडे, बुढेसकालमा रोगसँग लड्दैछन् प्रजातन्त्र सेनानी रुम्दाली
१९ असार २०७३
•
८ मिनेट पाठ
जोवनमा शासनसँग लडे, बुढेसकालमा रोगसँग लड्दैछन् प्रजातन्त्र सेनानी रुम्दाली
राजनीतिक दलका नेताहरुबीचमा कपाल सेतै फूलेका, राेगले थलिएका बलबहादुर रुम्दाली राई। तस्बिरः फेसबुकबाट साभार
खोटाङ– खोटाङको उत्तरी गाविस ज्यामिरे–९ का बलबहादुर रुम्दाली राईको जवानी प्रजातन्त्र प्राप्तीको लडाइँमै  बित्यो। हाल ८५ वर्ष पुगेका रुम्दालीको बैंसको तातो जोस र रातो रगत जहानीयाँ राणा शासनबिरुद्ध बन्दुक उठाउनदेखि प्रजातन्त्र स्थापनासम्मै खर्च भए। २००७ सालमा प्रजातन्त्र प्राप्तीका लागि लाल सेनाको सेनानीको जिम्मेवारी लिएर विभिन्न लडाइँमा मोर्चा सम्हालेका उनले २०१७ सालको सत्याग्रह, २०३६ सालको जनमत संग्रहदेखि २०४६ सालको प्रजातन्त्र स्थापनासम्म आफ्नो भूमिकालाई दर्बिलो रुपमा प्रस्तुत गरे।

जीवनका अधिकांश समय प्रजातन्त्रका लागि बिताएका रुम्दालीजस्ता प्रजातन्त्र सेनानीकै त्याग, तपस्या र बलिदानले देशमा प्रजातन्त्र उदायो। देशबाट जहानीयाँ शासन अन्त्य भयो। प्रजातन्त्र आयो । जनता सार्वभौमसत्ता सम्मन्न बने। आफ्नो मालिक आफै बने। गाउँ–गाउँमा उनको र उनीजस्ता योद्धाको हाईहाई भयो। तर, जीवनभर ‘मेरो देश र प्रजातन्त्र’ भनेर समर्पित भएका रुम्दाली बृद्धावस्थामा भने आफ्नै शरीरको उपचार गर्न नसकेर समस्यामा छन्। घर खोटाङ भए पनि उनी हाल प्रकाशपुर–८ सुनसरीमा छोरी सुबासी र ज्वाईँ भवानीशंकर अधिकारीको आश्रयमा बसिरहेका छन्।

दम र फोक्सोमा भएको समस्यका कारण राई २ वर्षदेखि ओछ्यानमा थलिएका छन्। बलबहादुरको फोक्सो ‘ड्यामेज’ हुन लागेकाले दैनिक औषधिका भरमा बचाइएको ज्वाईँ भवानीशंकरले बताए। समस्या आइरहने भएकाले उनलाई बेला–बेलामा अस्पताल लगेर अक्सिजन दिनुपर्ने हुन्छ। उनको उपचारमै मासिक १० हजार खर्च हुने गरेको छ। ‘वृद्ध बुबाको औषधि उपचारमा मासिक दश हजार बराबरको खर्च हुन्छ,’ भवानीशंकरले भने, ‘समस्या बल्झिने बित्तिकै अस्पताल लगेर अक्सिजन दिनुपर्छ।’ प्रजातन्त्र स्थापनाका लागि पसिना बगाएका उनलाई रोगले थला पारेको र उपचारको विषयमा अहिले कसैलाई चासो छैन। ओछ्यानबाट कम्तीमा शुभेच्छुकको सहयोगको अपेक्षा गर्छन् उनी। तर, उपचारमा कसैले ध्यान दिएको छैन। कुनै समय सबैको अगाडि हाईहाई कमाएका राईलाई अहिले ओछ्यानमा सहानुभूतीसम्म नमिल्दा हुनसम्म दुःख लाग्छ। एउटा निष्ठावान राजनितिज्ञको जीवनको उत्तराद्र्धमा देखिएको यो नियतीले अन्य नेतालाई समेत छुन सकेको छैन । उनले बिरामीका कारण अप्ठ्यारो परेकाले सहयोगको अपेक्षा गरेको प्रकाशपुर पुगेर घेटघाट गरेका एमाले खोटाङका अध्यक्ष बबी चामलीङले बताए।

‘कुराकानी गर्नेक्रममा उहाँ गम्भीर हुनुभयो,’ बलहादुरसँग शनिबार भेटघाट गरेका चामलीङले भने, ‘सहयोग र सम्मान गर्नुहोस् भन्दिन, गर्नु भए आभारी हुनेछु भन्नुभयो।’ पार्टीकै नीति र निर्देशनअनुसार इमानदारीताकासाथ काम गरे, तर समस्या परेको बेला पार्टीको नजर नपर्दा उनी दुःख व्यक्त गर्छन्।

२०४९ सालतिर कांग्रेसका जिल्ला सभापति बनेका रुम्दाली २०४८ सालको आमनिर्वाचन र २०५१ सालको मध्यवधि निर्वाचनमा क्षेत्र नम्बर १ बाट सांसदको उम्मेदवार बने पनि पराजित भएका थिए। सुकुम्बासी समस्या समाधान आयोगको जिल्ला अध्यक्ष बनेका उनी करिब १५÷२० वर्षअघिदेखि जिल्ला बाहिर बस्न थालेको कांग्रेस खोटाङका सह–सचिव प्रेमकुमार राई बताउँछन्। ३ वर्षअघिसम्म उनी पुर्खौली घर आउने जाने गरेका थिए। तर उमेर ढल्केर हिँडडुल गर्न नसक्ने अवस्था भएपछि उनी ज्यामिरे जान आउन सकेका छैनन्। कहिले काठमाडौं, कहिले सुनसरी र कहिले ज्यामिरे गर्दै आएका राई ३ वर्षदेखि छोरीज्वाईँकै घरमा बस्दैआएका छन्। उनका तीन छोरा र तीन छोरी छन्।

दुई वर्षपछि शुभेच्छुकको नजर

प्रजातन्त्रका खातिर लडेका बलबहादुर विरामी भई थलिएको दुई वर्षसम्म कसैको नजर पर्न सकेन। उनको दयनीय अवस्था देखेर गत माघमा कांग्रेसका नेता तिलक तिम्सिनाले उपचार गर्न भन्दै २४ हजार रुपैयाँ थमाइदिएका थिए। समस्यकै कारण त्यो सहयोगलाई उनले हर्षसाथ स्वीकार गरे। त्यसबाहेक उनको हातमा केही सहयोग नपरेको ज्वाईँ भवानीशंकर बताउँछन्। कांग्रेस खोटाङले उनको सहयोगमा केही समयअघि वीरकाजी राईको संयोजकत्वमा सहयोग समिति गठन गरे तर, लक्षीत काम गरेन। बलबहादुर खोटाङ्गे भएको नाताले खोटाङका सबै राजनैतिक दलले संयुक्त रुपमा उनको उपचारकालागि पहल गर्ने व्यवस्थाका लागि स्थानीय शान्ति समितिका पूर्वसंयोजक ललितकुमार राईको संयोजकत्वमा आईतबार चार सदस्यीय सहयोग समिति गठन गरिएको छ।

सुनसरी पुगेकाबेला फेसबुकको माध्यमबाट प्रकाशपुर पुगेका एमाले अध्यक्ष चामलीङले योद्धाको जीवन बचाउ र सम्मानमा छलफल चलाउन स्थानीय शान्ति समितिका संयोजक श्यामराज राई समक्ष प्रस्ताव गरेको केही दिनमै सहयोग समिति बनाइएको हो। चामलीङ लगायतको टोली बलबहादुरको अवस्था बुझ्न प्रकाशपुर पुग्दैगर्दा कांग्रेस खोटाङका सभापति नरेश श्रेष्ठको अगुवाईमा शनिबार काठ्माडौंमा बलहादुरको उपचारका लागि ९६ हजार ६ सय रुपैयाँ संकलन गरिएको छ। ‘पार्टीकैतर्फबाट केही रकम संकलन भएको छ,’ कांग्रेस सह–सचिव राईले भने, ‘रकम अरु बढाएर तत्काल बिरामीको हातमा सहयोग रकम पु¥याउने छौँ।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस