अब होला चुनाव?
०४ चैत्र २०६९
•
११ मिनेट पाठ
अब होला चुनाव?
एकीकृत माओवादीले प्रस्ताव ल्यायो, कांग्रेस र एमालेले मानिदिए अनि प्रधान न्यायाधीशको नेतृत्वमा अन्तरिम चुनावी सरकार बन्यो। यो सरकारको प्रमुख कार्यभार असार ७ गतेभित्र निर्वाचन गराउने भनिएको छ। यो सरकार गठनका लागि अध्यादेशबाट बाधा अड्काउ फुकाउनुपर्योे। संविधानमा नयाँ सरकार बन्ने प्रावधान हुदाँहुदै त्यसलाई दलहरुले असम्भव बाटो भने र 'सिजरिङ' गरी सरकार जन्माइयो। सरकार निर्माणको प्राविधिक वा कानुनी बाटो पनि निर्विवादित हुन सकेन। यो सरकारको सोच जन्माउने र समर्थन जन्माउनेहरुले लोकतन्त्रको आधारभूत मान्यतासँग सम्झौता गरे भन्ने आलोचना हुँदै आएको छ। यसले सरकार निर्माणको सैद्धाान्तिक धरातलसमेत विवादित भएको देखायो। यसरी निर्माण भएको सरकारले चुनाव गराउन सक्ला भन्ने सवाल जताजतै उब्जिएको छ।
प्रमुख तीन दल र मधेसी मोर्चा अलोकप्रिय र अप्रिय सहमतिमा पुगेका हुन्। भिरमा खस्दाखेरी सिस्नाको बुटो पक्डिएर जोगिने आशा गरेको जस्तो अवस्था हो यो। उनीहरुको सहमतिअनुसार प्रधान न्यायाधीशले कार्यकारिणी अधिकारसहित अन्तरिम चुनावी सरकारको अध्यक्षता गरेका छन्। यो निर्णय निर्विवादित थिएन भन्ने कुरा त शपथकै दिन देशका विभिन्न स्थानमा भएका प्रदर्शनले देखाइदिएको छ। त्यस्तै लोकतन्त्रका पक्षधरहरुले यो निर्णय गरी दलहरुले दलीय पद्धति र लोकतन्त्रको मर्ममाथि प्रहार गरेको भन्दै असन्तुष्टि जाहेर गरेका छन्। लामो समयसम्म चलेको छलफलका क्रममा यस्तो निष्कर्षमा नपुग्न प्रमुख दलहरुलाई लोकतन्त्र पक्षधर र विभिन्न राजनीतिक दलहरुले खबरदारी गर्दै आएका थिए। तर दलहरूको छलफलमा यो खबरदारीको पूर्णरूपले बेवास्ता गरिएको थियो। अन्त्यसम्म पनि बेवास्ता गर्दै दलहरु निर्णयमा पुगेका छन्।




प्रधान न्यायाधीशलाई कार्यकारी अधिकार दिनुहुन्न भन्ने मत जब्बररूपमा आएको थियो। कार्यकारी नेतृत्वको खोजी गर्दा दल बाहिर जानुहुँदैन भन्ने मत पनि त्यसरी नै आएको थियो। तर सुनुवाई कुनै कुराको भएन। दलहरुले यो विकल्पलाई 'आवश्यकताको सिद्धान्त' भन्दै वकालत गर्दै आए। पछि प्रधान न्यायाधीशलाई राजीनामा गर्न लगाएर यो विकल्पलाई मूर्त रूप दिँदा हुन्छ भन्ने मत पनि बलियो बन्दै गएको थियो। तर, दलहरुले कानमा कपास कोचेर 'अर्को प्रधानमन्त्री चयन भएपछि अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष पूर्ववत् पदमा फर्कनेछन्' भन्ने सुविधासहितको निर्णयमा पुगेका छन्। यो निर्णयले कार्यकारी र न्यायपालिका एउटै व्यक्तिको हातमा पुगेको छ। यहाँ शक्ति पृथकीकरणको सिद्धान्तमाथि प्रहार हुन पुगेको छ, शक्ति सन्तुलन अंगभंग हुन पुगेको छ र दलहरु नेतृत्व गर्न र दीर्घकालीन हितको निर्णय गर्न असक्षम छन् भन्ने सन्देश पनि गएको छ। यी यावत् कारणले यो निर्णय न त लोकप्रिय हुन सक्यो, न त लोकतन्त्र पक्षधरका लागि प्रिय नै हुन सक्यो।

यो सरकारबाट चुनाव गराउने भनिएको छ। राजनीतिक दलहरुको उच्चस्तरीय राजनीतिक समितिले चुनावका लागि वातावरण बनाउने भनिएको छ। यो निर्णय कार्यान्वयनसँगै विभिन्न दलबाट विरोधस्वरूप बन्दका कार्यक्रम पनि सार्वजानिक भइरहेका छन्। यो परिस्थितिलाई सम्हाल्ने चुनौती कसको काँधमा जाने हो? सहमतिअनुसार सरकारले चुनावका काममात्र गर्नेछ। दलहरुले वातावरण मिलाइदिने छन्। यो बन्द हड्तालको सम्बोधन कसले कुन प्रक्रियाबाट गर्ने? प्रहरीले बल प्रयोग गर्नुपर्दाको अवस्थाको जिम्मा मन्त्री परिषद्ले लिने कि राजनीतिक समितिले लिने? महँगी बढेको बढ्यै छ। भ्रष्टाचारको बिरुवालाई झांगिलो गराएर बाबुराम भट्टराई नेतृत्वको सरकार विस्थापित भएको छ। भ्रष्टाचारमा अभ्यस्तहरुलाई कानुनी दायरामा कसले र कुन प्रक्रियाबाट ल्याउने? अझ भन्नुपर्दा अपजस बेहोर्नुपर्ने, आलोचना सहनुपर्ने कामको सम्पादन कसले गर्ने? यतिबेला यस्ता तमाम प्रश्न उब्जिएका छन्, जसले गैरराजनीतिक सरकारबाट मुलुकले समाधानका लागि उल्लेख्य योगदान पुर्याउउला भन्ने कुरामा सन्देह गर्न सकिन्छ।

दलहरुले अझै पनि अमिल्दा थुप्रै काम बाँकी राखेका छन्। ती काममा सहमति नबन्दासम्म चुनाव हुन सक्दैन। दलबीच सहमति कायम गरिरहने दायित्व उनीहरूसँग छ। शान्ति प्रक्रियाका बाँकी काम सम्पादन गर्नुपर्नेछ। माओवादीले कब्जा जग्गा फिर्ता गर्नुपर्नेछ। सत्य निरुपण आयोग बनाउनुपर्नेछ। लडाकुुको दर्जा मिलानको काम बाँकी छ। संवैधानिक निकायमा रिक्त पद पूरा गर्न दलबीच सहमति बन्नुपर्ने छ। राजदूतहरुको नियुक्तिका लागि पनि उनीहरुको सहमति आवश्यक छ। यी यावत् कुराहरुमा सहमति नबन्दासम्म चुनाव हुने देखिँदैन। सहमति नभएको अवस्थामा 'काबुभन्दा बाहिरको परिस्थिति' भन्दै चुनाव सार्ने अधिकार पनि दलहरुले आफूहरुसँग राखेका छन्। दलहरुले नै यति लामो समयसम्म सहमति गर्न नसकेका विषयहरु हुन् यी। यी सवालले चुनावको सुनिश्चितताका प्रतिबद्धतालाई कमजोर तुल्याइदिएको छ।

एमाओवादीको प्रस्ताव र अन्य प्रमुख दलहरुको समर्थन रहेका कारण खिलराज रेग्मी असफल भए पनि त्यसको दोष दलहरुलाई नै जानेछ। किनभने उनीहरुले धेरै जिम्मा आफूले लिएका छन् र सफल गराउने सर्त राखेर रेग्मीलाई फकाएका हुन्। अझ त्यसमा पनि कांग्रेस र एमालेका नेताहरु त बढी नै दोषी हुनेछन् किनभने लोकतन्त्रको आधार मानिने शक्ति पृथकीकरणको सिद्धान्तलाई अस्थायीरूपमा सिरानमा थन्काएर उनीहरु माओवादी प्रस्तावको बचाउ गरिरहेका छन्। प्रतिवाद कांग्रेस र एमालेलाई गर्न लगाएर आफ्नो रणनीतिक एजेण्डा पारित गर्न एमाओवादी सफल भएको छ। अरुलाई एजेण्डाबिहीन मात्र होइन, आफ्नो अलोकतान्त्रिक एजेण्डाको 'रक्षक'का रूपमा एमाओवादीले उपयोग गरेको छ। चुनाव हुन नसकेमा कांग्रेस-एमालेका नेताहरुले उनीहरुलाई सोध्नेछन्, किन माओवादीको रक्षक बन्यौ भनेर।
लोकतन्त्रको एउटा आधारभूत सिद्धान्तमाथि ठाडै प्रहार हुँदा पनि अब चुनावमार्फत् बन्ने जनप्रतिनिधिहरुको संस्थाले देशको लोकतन्त्रलाई 'ट्र्याक' मा ल्याउने विश्वासका साथ पर्खनुको विकल्प छैन। परिस्थिति अझ जटिल बन्दै गए अब नागरिक तहबाट जबर्जस्त खबरदारी पनि जरुरी पर्नेछ। दलहरुले गरेको सहमतिपछि अब चुनाव हुन्छ त भन्ने सवालको चित्तबुझ्दो जवाफ अझै पाइएको छैन।
देश संक्रमणकालमा छ, चुनावका लागि आवश्यक सबै कानुन बनिसकेका छैनन्। सडकमा विरोधका स्वर छन्। संविधान सभाको निर्वाचनपूर्व नै संविधानमा राख्ने विषयवस्तुको सुनिश्चितता माग गर्दै आन्दोलन गर्नका लागि तयार जमातको मधुरो रूप देखिन थालिसकेको छ। दलबीच अझै पनि थुप्रै विषयमा सहमति हुन आवश्यक छ। यो बेला जस र अपजस दुवै लिएर रेग्मी नेतृत्वको कार्यकारी निकायले आफूलाई कसरी प्रस्तुत गर्छ भन्ने कुरा नै यतिबेलाको प्रमुख विषय हो। त्यसकारण सैद्धान्तिकरूपमा गलत धरातलमा उभिएको यो संरचना कसरी प्रस्तुत हुन्छ र देशलाई लोकतान्त्रिक मार्गमा ल्याउने कुरामा कति गम्भीर र सफल हुन्छ भन्ने आधारमा नै यो संरचनाको मूल्यांकन हुनेछ। अहिलेलाई अमिलो मनका साथ भए पनि पखार्ंै र हेरांै भन्नुपर्ने अवस्था छ।

सहमति हुन बाँकी कुराहरुमा दलहरु झगडा गर्दै जाने र सहमति कायम भयो भने चुनाव गरौंला भनेर चुनावी सरकार चूपचाप बस्ने अवस्था आउने खतरा पनि छ। अब दलहरुले आफूलाई असफलको बिल्ला लाग्नबाट जोगाउनका लागि अन्तिम मौका बाँकी छ। फेरि चुनाव सरिरह्यो भने दलहरुको वर्तमान नेतृत्व असफल सिद्ध हुनेछ।
अर्को समाचार
थरुहट, मधेस र लिम्बुवानमा पनि असोज २ गते चुनाव : राजेन्द्र महतो
०२ असार २०७४
•
३ मिनेट पाठ
थरुहट, मधेस र लिम्बुवानमा पनि असोज २ गते चुनाव : राजेन्द्र महतो
राजेन्द्र महतो, अध्यक्ष मण्डलका सदस्य
सरकारले २ नम्बर प्रदेशको चुनाव असोज २ गर्ने निर्णय गरेको छ। यो निर्णयबारे तपार्इंको धारणा के छ?




२ नम्बर प्रदेशमा मात्र चुनाव सारेर हुँदैन। लिम्बुवान, थरुहट र मधेसका सबै ठाउँमा चुनाव मिति सार्नुपर्छ र असोज २ गते चुनाव गर्नुपर्छ। २ नम्बर प्रदेशमा मात्र चुनाव सार्ने निर्णय हामीलाई मान्य छैन।

हामी २ नम्बर प्रदेशका लागि मात्र नभई मधेस, थरुहट तथा लिम्बुवानको  अधिकारका लागि लडेका हौं । त्यसैले मधेस, थरुहट तथा लिम्बुवान क्षेत्रमा पनि चुनाव सर्नुपर्छ।

चारवटै प्रदेशमा असोज २ मा चुनाव गर्नुपर्छ भन्नुभएको हो?

हामी अरू जान्दैनौं। थरुहट, मधेस तथा लिम्बुवान क्षेत्रमा असोज २ मा चुनाव हुनुपर्छ ।

संविधान संशोधन भएन भने असोज २ मा हुने चुनावमा तपार्इंहरू सहभागी हुनुहुन्छ?

संविधान संशोधन हुनुपर्ने, स्थानीय तहको संख्या वृद्धि हुनुपर्ने, तराईमधेसमा भएको आन्दोलनका क्रममा कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने, मृतकलाई सहिद घोषणा हुनुपर्ने लगायतका माग हामीले उठाएका छौं। यी माग पूरा नभएसम्म हामी चुनावमा जाँदैनौं। यसैगरी झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चपुरको समस्या समाधान हुनुपर्छ।

असोज २ को चुनावमा पनि जाने–नजाने प्रस्ट छैन, होइन?

हाम्रो माग पूरा नभएसम्म हामी चुनावमा जाँदैनौं।

तपार्इंहरूले यसअघि घोषणा गरिएको आन्दोलनका कार्यक्रम फिर्ता लिनुहुन्छ कि हुँदैन?

हामी आन्दोलनका कार्यक्रम फिर्ता लिन्नौं। झनै सशक्त आन्दोलनका कार्यक्रम ल्याउँछौं।

 तपार्इंहरूसँग सल्लाह गरेरै सरकारले चुनाव मिति सार्ने निर्णय गरेको थियो, होइन?

चुनाव मिति सार्नेबारे हामीसँग सल्लाह भएको थिएन। त्यसैले यसमा हाम्रो सहमति छैन। कतै सार्ने कतै नसार्ने निर्णय हामीलाई मान्य छैन।

असार १४ गतेको चुनावमा तपाईंहरूले भाग लिनुहुन्छ कि हुँदैन?

असार १४ गतको चुनावमा किन भाग लिने? भाग नलिने प्रस्ट भनिसकेका छौं।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस