एमाओवादीको बाटो
१० पौष २०७०
•
१३ मिनेट पाठ
एमाओवादीको बाटो
प्रत्यक्ष निर्वाचनमा हार्नेको सूचीमा एनेकपा (माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश' पनि थिए। अप्रत्याशित हारले एमाओवादी हतास हुँदा त्यस पार्टीका तर्फबाट सबैभन्दा संयमित र होसपूर्ण अभिव्यक्ति दिने उनै थिए। चुनावको पुनरावलोकन नभए संविधान सभामा सहभागी नहुने अभिव्यक्ति प्रचण्ड, बाबुरामहरूले दिइरहेका थिए।तर, रूपचन्द्र बिष्टको उत्तरदान कायम राख्न चाहने प्रकाशले जनादेशको कदर गर्नुपर्ने फरक मत राखेका थिए। आठ दलबीच मंगलबार भएको चारबुँदे सहमतिको विश्वसनीयता र सार्थकतामा अनेक प्रश्न उठ्न सक्छन्। तर, त्यसको एउटा प्रत्यक्ष परिणाम के हुनेछ भने दोस्रो संविधान सभा निर्वाचनबाट असन्तुष्ट दलहरूलाई संविधान सभामा भाग लिने बाटो खुलेको छ। एमाओवादीका हकमा भन्ने हो भने यो उपाध्यक्ष प्रकाशको विचारको नैतिक जित हो। नत्र त्यस दलमा हेटौँडा महाधिवेशनले उठाएको शान्ति र संविधान सभाको औचित्यमाथि नै प्रश्न उठाउन थालिएको थियो। त्यसमाथि पुनर्विचार गर्नुपर्ने गम्भीर प्रस्ताव उठिसकेको थियो। त्यसले शान्ति प्रक्रिया नै बरालिने शंका पैदा हुन थालेको थियो।




दोस्रो संविधान सभा चुनावमा एमाओवादीले त्यत्तिकै हार बेहोर्नुपरेको थिएन। गरिबको राज्य ल्याउने सपनासहित जनयुद्ध गरेका तल्लो तहका कार्यकर्ता त्यतिखेर निराश भए जब व्यावहारिक हुने नाममा ऊ अर्को कांग्रेस वा एमाले हुने जोखिम देखियो। क्रान्तिबाट आएको दलले सरकारको नेतृत्व गर्दा पनि जनताले फरक महसुस गर्नेखालका खासै काम भएनन्। संगठन बढाउने नाममा यो पार्टीभन्दा बढी चौतारो भयो। जनयुद्धका घाइते, सहिद परिवार उपेक्षित भए। सुबसेन ओली, कुमार फुदुङ प्रवृत्तिले टाउको उठायो। सहिद परिवार अस्वीकृत भए। हो, माओवादी जनयुद्धकै कारण संविधान सभा चुनाव, धर्म निरपेक्षता, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिताजस्ता परिवर्तन सम्भव भएका थिए। तर यी राजनीतिक परिवर्तनलाई संस्थागत गर्न उसको सार्थक, पृथक र विश्वासिलो भूमिका देखिएन।

भारतीय विचार मासिक समयान्तरले एमाओवादीको पराजय सम्बन्धमा प्रेम पुनेठाको एउटा विश्लेषण छापेको छ। पुनेठा लेख्छन्– 'एमाओवादीको यो पराजय उसको व्यवहार र चरित्रमा आएको परिवर्तनसँग जोडिन्छ।' भूमिगत रहँदा माओवादी नेताको जुन विचार थियो, खुला राजनीतिमा आउँदा त्यसको ठीक उल्टो भयो। उसको व्यवहार तिनै पार्टीको जस्तो भयो जसको उसले विरोध गरिरहेको थियो। यसका नेता स्वयं एक अभिजात वर्गमा परिणत भइसकेका थिए। पुनेठाको विश्लेषणअनुसार राजतन्त्र चलिरहँदा माओवादीले 'उत्पीडितको उपराष्ट्रियता' को सवाल उठायो। जनयुद्धमा सहभागीहरू यसबाट प्रभावित भइरहे। मारिएका १६ हजारमध्ये सात हजार जनजाति र एक हजार दलित थिए। पुनेठाले भनेजस्तै आफूले उठाएको यो सही एजेन्डालाई उसले सही तरिकाले सुल्झाउन सकेन।

झट्ट देख्दा यो जातीय राज्यको प्रस्तावजस्तो देखियो। सोझासिधा जनताले यसलाई त्यसैरूपमा बुझे। अन्य पार्टीले यसलाई त्यहीरूपमा व्याख्या गरे। तर पहिचानयुक्त राज्य र एकजातीय राज्य नितान्त फरक कुरा थिए। यो त एकजातीय राज्यको प्रावधानविरुद्ध समतामूलक, आत्मसम्मानपूर्ण राज्यको माग थियो। त्यो बुझाउन ऊ पूर्णरूपले असफल भयो। त्यसले गर्दा धेरैले प्रश्न गरे, कम्युनिस्टहरू वर्गको राजनीति गर्छन्, माओवादी जातीय किन जातीय राजनीति गरिरहेछ? त्यसमा आफ्नो कुरा प्रस्ट राख्न माओवादी सधैँ चुकिरह्यो। विघटित संविधान सभाको राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँट समितिको प्रतिवेदनमा पहिचानयुक्त राज्यमा दुई कार्यकालसम्म त्यसै जातिका व्यक्ति मुख्य मन्त्री बन्ने प्रावधान थियो। यसैलाई तेर्स्याएर कतिले राज्य पुनर्संरचना आयोगको ११ प्रदेशयुक्त प्रतिवेदनको दोहोलो काढेका थिए। पक्कै पनि त्यसलाई हटाउने वा सीमान्तकृत, पिछडिएका वर्गका हकमा मात्र लागु गर्नेबारे बहस गर्न सकिन्थ्यो। यसलाई हटाएर जनतामा आफ्नो कुरा लान सकेको भए पहिचानको मुद्दाको गलत व्याख्या हुन पाउने थिएन। त्यस राज्यमा बस्ने अन्य जातिका व्यक्तिले आफूलाई दोस्रो दर्जाको नागरिक बनाउन खोजिएको महसुुस गर्नुपर्ने थिएन। यस्तो कुरामा भने माओवादी लचिलो हुन सकेन। यसले गर्दा संघीयताकै उछितो खन्ने प्रवृत्ति देखियो।

अकर्मण्यताको आरोपले पनि माओवादी नेतालाई पिर्‍यो। जनसेनाका कमान्डरमाथि शिविर बनाउन जंगल नासेर काठ बेचेको, शिविरमा रहेका लडाकुको संख्या बढी उल्लेख गरेर अनियमितता गरेको आदि आरोप लागे। त्यसलाई प्रष्ट पार्न माओवादीहरू सफल भएनन्। पुनेठाको विश्लेषणअनुसार नेपाली सेनामा माओवादी लडाकु विलय गराउन भएको सम्झौता अत्यन्त कमजोर थियो। पुनर्वासको प्याकेज कुनै पनि हिसाबले पुनर्वासयोग्य थिएन। प्याकेजअनुसार दिइएको थोरै रकमले पुनर्वास सम्भवै थिएन। त्यो पनि पार्टीले आधा हिस्सा माग गर्‍यो। उनीहरू फेरि त्यही स्थितिमा पुगे जहाँबाट जनयुद्धमा प्रवेश गरेका थिए।

खासमा माओवादीको हार नयाँ शक्तिप्रति जनताले राखेका असीम आशा पूरा नभएको आक्रोशको तीतो र तदर्थ प्रतिक्रियामात्र थियो। एमाओवादी संसदीय चुनावमा अत्यन्त अपरिपक्व देखियो। उसलाई आफैँमा कति विश्वास थियो भने जनताको विश्वास जित्नु नै उसले जरुरी ठानेन। पहिलो संविधान सभामा चिताएभन्दा निकै ठूलो पार्टीका रूपमा उदाएपछि यसका नेता तथा कार्यकर्तामा अनौठो अहंकार पैदा भयो। जनता सदैव आफ्नै पक्षमा रहन्छन् भन्ने उसलाई भ्रम भइरह्यो। फलस्वरूप उनीहरू भोगविलास, अन्य पार्टीको निन्दा र भागशान्तिमा व्यस्त भए। जनतालाई आफ्नो एजेन्डामा विश्वस्त राख्ने र अन्य पार्टीका व्यक्तिको पनि विश्वास जित्नमा उनीहरूको ध्यानै पुगेन।

हो, पार्टीमा अन्य दलका कार्यकता भित्र्याउने काम तामझामसाथ बारम्बार भयो। ती सही मान्छे थिए/थिएनन्, उसले कहिल्यै परख गरेन। सबैभन्दा ठूलो कुरा, बाबुराम भट्टराई प्रधान मन्त्री हुँदा संविधान सभाबाटै विवादको समाधान खोज्ने र त्यसबाट टुंगो नलागे जनमत संग्रहमा जाने इच्छाशक्ति भएको भए संविधान जारी हुन सक्थ्यो। विश्लेषक श्याम श्रेष्ठका अनुसार २०६९ जेठ २ गते भएको सहमति तोड्नु महँगो राजनीतिक भूल थियो। प्रदेशको सीमाबारे सीमाविज्ञहरूले दिएको सुझावअनुसार गर्ने र नाम प्रादेशिक सभाले राख्ने सहमति कायम रहेको भए संविधान जारी गर्न सम्भव थियो। दुई तिहाइ मत ल्याई भनेजस्तो संविधान जारी गर्ने उसको मनसाय दोस्रो संविधान सभामा असफल भयो। त्यसमाथि संविधान सभा भत्ता पचाउने थलोका रूपमा मात्र बदनाम भइरहेका बेला सबैभन्दा ठूलो पार्टीका नाताले बढी दोष एमाओवादीमाथि आउनु स्वाभाविक थियो। त्यसलाई उसले मनन गर्न सकेन।

संविधान सभामा नजाने भन्ने उसको कुरा कांग्रेस–एमालेलाई संविधान निर्माणको एजेन्डामा सहमत गराउने एउटा रणनीति थियो। त्यसको सफलता उसका परिपक्व क्रियाशीलतामाथि भर पर्छ। दलहरू अहिलेलाई सहमतिमा पुगेका छन्। एमाओवादीका तर्फबाट यसमा कसको भूमिका महत्वपूर्ण थियो? सायद प्रचण्डकै। तर, यो एमाओवादी उपाध्यक्ष प्रकाशको मध्य मार्गमा हिँडेको संकेत हो जसलाई त्यही पार्टीका कतिपय व्यक्ति सुनगाभाका रूपमा हेर्छन्। अर्थात् अर्कैको काखमा सरुवा भएर आफू फुल्ने सुनगाभा। तर, एमाओवादीलाई गलत बाटोबाट सही बाटोमा ल्याउन सक्ने, शान्ति प्रक्रियामा अड्याइराख्ने एकमात्र मार्ग प्रकाशको मध्य मार्ग नै थियो। पार्टीभित्र उनले उठाएको जनमतलाई कदर गर्नुपर्ने विचारले सहमतिमार्फत् अनुमोदन प्राप्त गरेको छ। अझ उनले संविधान निर्माणमा वैद्य पक्षलाई समेत समेट्नुपर्ने आवाज उठाएका छन्। दोस्रो संविधान सभालाई सार्थक बनाउने र त्यसबाट संविधान सर्वस्वीकार्य बनाउने हो भने यही उपाय निर्विकल्प हो। जनादेशको कदर गरी सविधान सभामा भाग लिने र पहिचान अर्थात् उत्पीडितको राष्ट्रियता, समावेसी राज्य, गणतन्त्र, धर्म निरपेक्षता अनि समतामूलक राज्यको प्रावधानलाई सुरक्षित राख्न सकेमात्र उसले पुनर्जीवन प्राप्त गर्न सक्छ। हो, पहिचानयुक्त राज्यमा सोही जातिका व्यक्ति दुई कार्यकालसम्म मुख्य मन्त्री बन्ने प्रावधान हटाइदिए हुन्छ। बल्ल अन्य जातिले आफूलाई दोस्रो दर्जाको नागरिक ठान्ने छैनन्।
अर्को समाचार
दाहालले भने: संविधान एमाओवादीको हो
नागरिक
१० वैशाख २०७३
•
५ मिनेट पाठ
दाहालले भने: संविधान एमाओवादीको हो
दाङ- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहालले 'नेपालको संविधान २०७२'लाई एमाओवादीको संविधान भनेका छन्। उनले एमाओवादीको संविधान भन्दै गाउँगाउँमा प्रचार गर्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए।थारु राष्ट्रिय मुक्ती मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनलाई शुक्रवार तुलसीपुरमा सम्वोधन गर्दै दहालले भने 'संविधान माओवादीको संविधान हो, हाम्ले बनाएको हाम्रो संविधान भनेर गाउँगाउँमा छाती फुलाएर प्रचार गर्नुस्।' उनले आफ्नै ऐजेण्डाका आधारमा संविधान बनेकाले यो संविधानलाई एमाओवादीको संविधान भन्न हिच्कीचाउन नहुने समेत बताए। 'संविधानमा समावेश भएका संघीयता,धर्मरिपेक्षता,गणतन्त्र लगाएका मुलभुत बिषय कसका ऐजेण्डा हुन् ?'उनले भने 'सबै हाम्रै ऐजेण्डाका आधारमा संविधान बनेको छ,त्यसैले यो संविधान हाम्रो हो।'




तर माओवादीले आँफैले बनाएको संविधानलाई आफ्नो भन्न नसकेका कारण काँग्रेस,एमालेले संविधान निर्माणको हिस्सेदारका रुपमा आँफूलाई उभ्याईरहेको बताए। उनले कांग्रेस र एमालेले संविधानको जस लिन खोजेर जनतामा भ्रम फैलाईरहेको समेत बताए । 'बाली हामीहरुले लगायौँ,त्यो बाली हाम्रो हो भनेर हामीहरुले किन भन्न नसक्ने ?'उनले भने 'हाम्रो यहि कमजोरीका कारण आज कांग्रेस एमालेले हाम्ले लगाएको बालीमा मनपरि गरिरहेका छन्,उनीहरुलाई त हामीले हाम्रो बाली हाम्रो हातले दिनेहो ।'

शुक्रवारै एमाओवादी निकटस्थ बुद्धिजिवीहरुलाई पनि संविधान एमाओवादीले ल्याएको भनेर प्रचार थालिदिन अनुरोध गरेका थिए। बुद्धिजिवीहरुको भेलामा उनले भनेका थिए 'संविधान माओवादीले बनाएको हो,माओवादीले संविधान बनाएको भनेर बुद्धीजीवीहरुले लेखमार्फत प्रष्ट पारिदिनुस्,तपाईहरुको लेखमा जति तागत अरुको बोलीमा हुँदैन।'

उनले सांगठनीक हिसावले एमाओवादी अन्य पार्टी भन्दा धेरै कमजोर बनेको भन्दै यसलाई सशक्त बनाउनका लागि गाउँगाउँमा संविधानको प्रचार अपरिहार्य भएको बताए । विभिन्न टुक्रामा आँफुहरु विभाजीत भएका कारण कमजोर बनेको सत्य स्वीकार्दै दहालले आउँदो दुईबर्ष भित्र एमाओवादीले सबै भन्दा ठूलो पार्टी बनाउने रणनीति अनुरुप संविधान प्रचार अभियानमा लाग्न उनले कार्यकर्ताहरुलाई आग्रह गरे । 'हामी बिरामी भयौँ भने हाम्रो उपचार गर्ने वैद्य,डाक्टर कोही पनि छैनन्,'उनले थारुहरुको भेलामा भने 'पार्टीलाई नम्बर १ बनाउनका लागि गाउँगाउँमा गएर संविधानको जस लिने काम गर्नुस् ।'

उनले तत्काल विभाजित केहि माओवादीहरुसंग एकता हुने दावी गरे। 'चार पाँच वटा माओवादीहरु छिट्टै हामी कहाँ आउँदैछन्,'उनले भने 'ढिलो चाँडो बैद्य,डाक्टरहरु पनि आउँछन् तपाईहरु ढुक्क हुनुस्।'

एकअर्को प्रसंगमा दहालले संविधान प्रति असन्तुष्ट थारु समुदायको माग सम्वोधन हुने गरि तत्काल संविधान शंशोधन हुने बताए। नवलपरासी देखि कन्चनपुर सम्मको भुभागलाई एक प्रदेशमा समावेश गरिन पर्ने भन्दै असन्तुष्ट थारुहरुको भेलामा उनले तत्काल तेस्रो पटक संविधान शंशोधन गरेर थारुहरुका माग पुरा गर्ने दावी गरे। 'तेस्रो पटक संविधान शंशोधन तत्काल हुन्छ,र सबै थारु र मधेशीहरुका माग सम्वोधन हुनेछन्,'दहालले भने 'थारु समुदायलाई आफुहरुको पहिचान मेटिने चिन्ता कत्तिपनि नहोओस् ।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस