विश्व विजेता नेपाल
३१ साउन २०७१
•
१२ मिनेट पाठ
विश्व विजेता नेपाल
नेपाल अनि विश्व विजेता, अलि हजम हुँदैन कि? हामी त जहाँ पनि हार्नका लागि प्रतिस्पर्धा गर्ने न गर्छौँ। ओलम्पिक र अन्य अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा हामी र हामीजस्ता अरू देश नभए विश्व विजेता देशले धेरै राउन्ड जित्ने मौकै पाउँदैनन्। त्यसैले नेपालजस्तो देशबाट सकभर धेरै खेलाडीको समूह लगिन्छ, हार्नका लागि। हरेक खेलमा विजेतालाई एक दुई राउन्ड बढी खेलाउनका लागि। तर सधैँ त्यस्तो हुँदैन।कहिलेकाहीँ त हामीलाई उत्साह प्रदान गर्ने पनि केही घटना हुन्छन्। जस्तो क्रिकेटमा नेपाली टिमले प्रदर्शन गरेको सफलताले हामीलाई उत्साह प्रदान गर्छ। प्रबल गुरुङले डिजाइन गरेका लुगा मिसेल ओबामा र अन्य विश्वविख्यात कलाकारले लगाईदिँदा हामी धन्य हुन्छौँ। नेपाली मूलका प्रशान्त तामाङले इन्डियन आइडल जित्दा होस् वा बुटवलकी तेरिया मगरले भारतीय टेलिभिजनको नाच प्रतियोगितामा प्राप्त गरेको सफलता होस्, हामी सबैको छाती गर्वले फुल्छ। यस्ता सफलताका कथा हामी बारम्बार दोहोर्‍याउँछौँ।
सानो कुरामा मात्र होइन, कतिपय ठूलै विषयमा पनि नेपाल विश्व विजेता रहेको छ। तर यस्तो जानकारी भने हामीलाई विदेशीले दिनु पर्छ। जस्तो भर्खरै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनिदिए। देशलाई द्वन्द्वबाट जोगाएर लोकतन्त्र ल्याउने कार्यका लागि मोदीले नेपाललाई विश्व विजेता देखेका रहेछन्। यस विषयमा नेपालको प्रशंसा गर्न मोदीले कुनै कन्जुसी गरेनन्। नेपालको व्यवस्थापिका संसद्लाई सम्बोधनगर्दा मात्र होइन नयाँ दिल्लीको लालकिल्लाबाट आफ्ना देशवासीलाई १५ अगस्टका दिन सम्बोधन गर्दासमेत नेपालको सफलताको कथा उनले सुनाए।
मोदीजस्तै नेपाललाई विश्व विजेता देख्ने अर्का एक जना विद्वान्का विषयमा यहाँ उल्लेख गर्न चाहन्छु। ती विद्वान् हुन् हान्स रोस्लिङ। उनले नेपाल एक विश्व विजेता देश हो भनेर संसार सामु प्रमाणित गरिदिएका छन्। उनले के विषयमा नेपाललाई विश्व विजेता घोषणा गरे भन्नुभन्दा पहिले उनी को हुन् भन्ने चर्चा गरौँ। उनी स्विडेनका नागरिक हुन् र मेडिकल डाक्टर पनि। डाक्टरीभन्दा बढी तथ्यांकशास्त्रलाई सबैले बुझ्ने गरी बयान गर्नु र सबैको पहुँचमा पुर्‍याउने गरेकाले उनी विश्व विख्यात भएका हुन्। यस कार्यलाई अंग्रेजीमा 'डाटा भिजुएलाइजेसन' भन्छन् अर्थात् तथ्यांक चित्रण। उनले सुरुवात गरेको ग्यापमाइन्डर (डब्लुडब्लुडब्लु.ग्यापमाइन्डर.अर्ग) ले संसारमा स्वास्थ्य र आर्थिक अवस्थाको चित्रण गर्छ। कुन कुन सूचकमा कुन देश, कहिले कुन अवस्थामा थियो र कसरी अघि बढ्यो भन्ने विषयमा उनको वेब साइट बेजोडको छ। तर अहिले सुरु गरिएको विषय सो वेब साइटको पनि होइन। कसरी नेपाललाई उनले विश्व विजेता प्रमाणित गरे र घोषणा गरे भन्ने हो।
हास्न रोस्लिङ करिब एक साताअघि नेपाल भ्रमणमा आएका थिए। यो उनको ४२ वर्षपछिको नेपाल भ्रमण थियो। उनले यस भ्रमणका क्रममा नेपालका बारेमा आफूले जानेका कुरा जुन ढंगले प्रस्तुत गरे त्यस ढंगले धेरैले नेपालका बारेमा बिरलै सोचेका थिए होला।
उनले पहिले नेपाल र भारतको तुलना गरे। सन् १९५० (वि.सं २००७), जुनबेला स्वतन्त्र भारत र नेपालका बीचमा पहिलो सन्धि भएको थियो। राजनीतिक वृत्तमा त्यस सन्धिले नेपाललाई विकास हुन दिएन, नेपालीलाई हेप्यो जस्ता धेरै चर्चा भएका छन्। रोस्लिङले ती कुरा हेरेनन्। उनले त त्यस बखत नेपालका पाँच वर्ष मुनिका बच्चाको मृत्यु दर कति थियो र नेपालको प्रतिआमा सन्तान जन्माउने दर (प्रजनन दर) कति थियो भनेर हेरे। अनि त्यही तथ्यांक भारतसँग तुलना गरे। अनि हान्स रोस्लिङले तथ्यांक चित्रणलाई कुनै विश्व कपको म्याचझैँ बडो रोचक ढंगले वर्णन गरे।
सन् १९५० मा नेपालमा जन्मेका एक हजार बाल बालिकामध्ये ३५० बालबालिका पाँच वर्ष पुग्नुअगावै मृत्युको मुखमा पुग्दारहेछन्। यसरी जन्मेको बच्चा बाँच्ने संभावना निकै कम भएकाले होला बाबुआमाले छोराछोरी जन्माउने दर पनि निकै बढी थियो। सात सालमा प्रतिआमा सरदर ६ भन्दा बढी सन्तान जन्मने गर्थे। भारतको पनि प्रतिआमा प्रजनन करिब उस्तै (५.९) थियो तर उसको बाल मृत्युदर निकै कम अर्थात् प्रति हजार २५० थियो। विसं २००७ मा सुरु भएकोे नेपाल र भारतको बाल मृत्युदर र प्रजनन घटाउने प्रतियोगिताको नतिजा विसं २०७० सालमा आएर नेपालको पक्षमा देखिएको छ। प्रतिहजार ३५० बच्चा मर्ने गरेको नेपालमा अहिले हजारमा करिब ४२ जना मात्र मर्ने गरेका छन्। भारतको भने बाल मृत्युदर नेपालको भन्दा धेरै बढी अर्थात ५६ जना प्रतिहजार छ। त्यही अवधिमा नेपालको प्रजनन घटेर २.४ पुगेको छ भने भारतको अझै २.५ छ। तर भारतलाई जितेर नेपाल विश्व विजेता त बन्दैन। कसरी बन्यो त नेपाल विश्व विजेता?
बाल मृत्युदर र जन्मदर घटाउने कार्यमा नेपालले विश्वकै लागि अनुकरणीय कार्य गरेको रहेछ। यसका लागि फेरि हान्स रोस्लिङ तथ्यांक चित्रणको सहारा लिन्छन्। एकतर्फ बाल मृत्युदर र अर्कोतर्फ सामान खरिद गर्नसक्ने क्षमता (पर्चेजिङ पावर प्यारिटी) राखेर उनले तुलना गरेका छन्। यसरी तुलना गर्दा २००७ सालमा करिब ५०० डलर आय भएको नेपाल (त्यसबेलाको हैन, आजको मूल्यमा)  प्रति हजार ३४६ बाल बालिकाको मृत्यु भएको अवस्थाबाट अहिले ४२ जना पुग्दा नेपालको प्रतिव्यक्ति आय करिब एक हजार डलर पुगेको छ। अहिले एक हजार डलरभन्दा कम आय भएको कुनै पनि देशको बाल मृत्युदर नेपालको भन्दा कम छैन। अर्थात् अहिलेको हाम्रो आर्थिक अवस्थाको आधारमा मूल्यांकन गर्ने हो भने नेपाल बाल मृत्युदर घटाउनमा विश्व विजेता बनेको छ। यतिमात्र होइन प्रजननदरमा पनि नेपाल विश्व विजेता बनेको छ। हाम्रो आयको आधारमा सबैभन्दा कम जन्म दर भएको देश नेपालनै हो। यसरी बाल मृत्युदर र जन्म दर दुवै घटाउने विश्वव्यापी अभियानको विजेता नेपाल बनेको छ। यो कसरी संभव भयो?
नेपालको स्वास्थ्य क्षेत्रमा काम गर्ने अनेक संस्था छन्, विश्व स्वास्थ्य संघ छ, अरु पनि छन्। तिनको भूमिका छैन भन्न खोजेको होइन, अवश्य छ नेपाललाई यहाँसम्म पुर्‍याउनेमा। तर हान्स रोस्लिङ भन्छन् सबैभन्दा ठूलो भूमिका नेपालका ती स्वयंसेवकले खेलेका छन्, जो घर घरमा गएर बाल बालिकालाई भ्याक्सिन दिने काममा सक्रिय भए। जसले महिलालाई बच्चा जन्माउनका लागि अस्पताल जान सिकाए, जसले सुँडेनीको तालिम लिएर घरघरमै पनि सुरक्षित ढंगले बच्चा जन्माउन सघाए। त्यतिमात्र होइन, बाल मृत्युदर घटेपछि प्रजनन दर नघटेको भए जनसंख्या वृद्धिले नेपालको समृद्धिलाई खाइदिन्थ्यो। ती यिनै स्वयंसेवक थिए (अधिकांश महिला) जसले घर घरमा गएर परिवार नियोजनका साधनको प्रयोग विधि बताए। थोरै बच्चा हुँदाको फाइदा, बच्चाको लालन, पालनमा सहयोग आदिको शिक्षा दिए।
जसरी नेपालले क्रिकेटमा जित्दा हामी मुख्यतः क्याप्टेन र मुख्य खेलाडीलाई जस दिन्छौं त्यसरीनै बाल मृत्युदर र जन्म दर घटाउने विश्वव्यापी प्रतियोगिताको विजयका लागि हामीले गाउँघरका स्वयं सेवकलाई जस दिनुपर्छ। जसरी क्रिकेटमा कोच, मेनेजर, क्रिकेट संघ, सरकार सबैको भूमिका हुन्छ त्यस्तै भूमिका खेलेका हुन्छन् दाता संस्था, गैरसरकारी संस्था, सरकार आदिले।
तर विश्व विजेता बन्दैमा खुसी हुने कुरा छैन। किनभने हामीले प्राप्त गरेको सफलता गरिब राष्ट्रबीचको प्रतियोगिताको सफलता हो। अझै पनि विकसित राष्ट्रका तुलनामा हामी धेरै पछाडि छौँ। नेपालमा नवजात शिशु मृत्युदर धेरै समयदेखि घट्न सकेको छैन। हामीले २८ सातामुनिका बच्चाको मृत्युदर घटाउन सक्यौं भने आयको आधारमा नभए पनि अन्य धेरै आधारमा नेपाल विश्व विजेता बन्न सक्ने देखिन्छ।
तर यो सफलताले दिएको सन्देश के हो भने नेपालीहरू अत्यन्त गरिबी, पीडा र पछौटेपनमा रहे पनि देश निर्माण गर्न भने लालायित छन् र गर्न पनि सक्छन्। कमी छ त सक्षम, इमानदार र सबल नेतृत्वको। हान्स रोसलिङले बाटो देखाएर गएका छन्, अघि बढौँ।
अर्को समाचार
नेपाल म्यानमारसँग खेल्दै, विजेता बन्दै दोस्रो चरण पुग्ने लक्ष्य
१७ असोज २०७५
•
४ मिनेट पाठ
नेपाल म्यानमारसँग खेल्दै, विजेता बन्दै दोस्रो चरण पुग्ने लक्ष्य
(फाइल फाेटाे)
काठमाडौं – क्षेत्रीय छनोटको विजेता बन्दै दोस्रो चरण प्रवेश गर्ने लक्ष्यका साथ मलेसिया भ्रमणमा निस्किएको नेपालले बुधबार म्यानमारविरुद्ध खेल्दै आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ यात्रा थालनी गर्दै छ।

मलेसिया भ्रमणमा निस्कनुअघि कप्तान पारस खड्काले सहज समूहमा रहे पनि आफूहरू कुनै पनि टोलीलाई कमजोर प्रतिद्वन्द्वीका रूपमा नलिने बताएका थिए । छनोटचरणको शीर्ष ३ मा बस्दा पनि दोस्रो चरणका लागि छनोट हुने भए पनि आफूहरू समूहविजेताकै हैसियतमा अघिल्लो चरण प्रवेश गर्ने पारसले बताए।

‘हामीले अन्तर्राष्ट्रिय ट्वान्टी–२० प्रतियोगिता नखेलेको लामो  समय भइसक्यो । तर  नेपालमा पछिल्लो समय बढ्दै गएको ट्वान्टी–२० प्रतियोगिताले खेलाडीहरूलाई केही सहज हुनेछ,’ पारसले भने, ‘एकदिवसीय राष्ट्रको मान्यता पाएपछि समर्थकले हामीसँग अपेक्षा  धेरै गरेका छन् । त्यसैले हामी यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजेताकै हैसियतमा दोस्रो चरणमा प्रवेश गर्न चाहन्छाैं।’

प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को छनोटमा नेपाल, आयोजक  मलेसिया, थाइल्यान्ड, भुटान, चीन, म्यानमार र सिंगापुर छन् । नेपालले भने दोस्रो खेल अक्टोवर ६ मा मलेसियासँग खेल्नेछ । त्यस्तै नेपालले अक्टोबर ७ मा थाइल्यान्ड, अक्टोबर ९ मा भुटान, अक्टोबर १० मा चीन र अक्टोबर १२ मा सिंगापुरसँग खेल्नेछ।

‘एकदिवसीय राष्ट्रको मान्यता पाएपछि समर्थकले हामीसँग अपेक्षा  धेरै गरेका छन् । त्यसैले हामी यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजेताकै हैसियतमा दोस्रो चरणमा प्रवेश गर्न चाहन्छाैं।’

समूहका शीर्ष तीन स्थानमा रहने टोलीले क्षेत्रीय छनोटको अन्तिम चरणमा स्थान पक्का गर्नेछन् । युएई र कतारले यसअघि नै अन्तिम चरणको क्षेत्रीय छनोटमा स्थान पक्का गरिसकेका छन् । अन्तिम चरणको छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

‘यस प्रतियोगितामा सहज प्रतिद्वन्द्वीहरू भएका कारण हामीलाई त्यति कठिन नहुन  सक्छ । तर यो अर्को चरणका लागि राम्रो अभ्यास बन्न सक्छ । त्यसैले हामी राम्रोभन्दा राम्रो क्रिकेट खेल्न दृढ छाैं  ।’ टोलीमा भरपर्दा ब्याट्सम्यान शरद भेषावकर र ओपनर प्रदीप ऐरीको पुनरागमन टोलीका लागि फलदायी हुने प्रशिक्षक जगत टमाटाले बताए । प्रदीपले २०१५ पछि पहिलो पटक राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् भने नेदरल्यान्ड्स भ्रमणमा औंलामा चोट लागेपछि शरद् पनि मैदानबाहिर थिए ।

‘हामी निरन्तर क्रिकेट खेलिरहेका छाैं,’ टमाटाले भने, ‘त्यसैले यस प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्दै अघिल्लो चरण प्रवेश गर्नेमा हामी विश्वस्त छाैं । टोली उत्कृष्ट छ र टोलीको मनोबल पनि उच्च छ।’

प्रदीपले पछिल्लो समय घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्,’ टमाटाले थपे, ‘ऊ टवान्टी–२० खेलका लागि उपयुक्त खेलाडी हो ।’ यस पटकको ट्वान्टी–२० विश्वकप क्रिकेट अस्ट्रेलियाले २०२० अक्टोबर  १८ देखि १५ नोभेम्बरसम्म सञ्चालन गर्नेछ । प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस