चन्दा आतंक
२३ पौष २०७१
•
६ मिनेट पाठ
चन्दा आतंक
दलहरूले आफैँले वाचा गरेको मिति माघ ८, २०७१ मा संविधान नबन्ने अवस्था देखिएपछि संविधान सभा बाहिरका दलहरू खुसी त भएकै छन् सबै आआफ्नो राजनीतिक प्रभाव बढाउने प्रक्रियामा अघि पनि बढेका छन्।भर्खरै राप्रपा– नेपालले देशव्यापी रथयात्रा सकेर आफ्नो कार्यको मूल्यांकन गर्दैछ भने नेत्रविक्रम चन्दको नेकपा (माओवादी) जनतामा जाने कसरतमा लागेको देखिन्छ। उता संविधान विरोधी मधेसवादी दलहरू पनि संविधान नबन्ने अवस्थामा राजनीति कसरी अघि बढ्छ भन्ने जोड घटाउमा व्यस्त भएका छन्। यस्ता समूहले राजनीति तरल भएको अवस्थामा गर्ने आन्दोलनबाट उत्पन्न हुने सबैभन्दा ठूलो समस्या चाहिँ चन्दा आतंक हो। अहिले नै विभिन्न राजनीतिक दलका कार्यकर्ताले व्यापारीलाई फोन गर्ने र चन्दा माग्ने क्रम तीव्र बनाएका छन्। अब माघ ८ जति नजिकिन्छ र संविधान बन्ने मिति जति पर धकेलिन्छ त्यति नै सानादेखि ठूला सबै व्यापारी र धनी व्यक्तिलाई फोन उठाउन र अफिसमा बस्नै गाह््रो हुन्छ। कतिपय व्यापारी यस्तो अवस्थामा व्यापारनै कम गरेर पनि देशबाट बाहिर जान बाध्य हुन्छन्। कतिपय व्यापारी, उद्योगी भने चन्दा दिएर आफ्नो व्यापार गर्ने स्वतन्त्रता ‘खरिद' गर्छन्।
चन्दा आतंक सुरु भएपछि देशको अर्थतन्त्रमा सबैभन्दा ठूलो असर पर्ने कारण भने नयाँ लगानी आउने बाटो बन्द हुनु नै हो। जति ठूलो लगानीको उद्घोष गर्योो त्यति नै बढी चन्दा मगन्तेको आँखामा परिने र तिनले कतिपय अवस्थामा आर्थिकमात्र नभएर भौतिक क्षतिसम्म पुर्या उने भएकाले चन्दा आतंक सुरु भएपछि नयाँ लगानीको वातावरण धमिलो भएर जान्छ। यसरी चन्दामा बढी सहयोग दिनुको अर्थ सर्वसाधारण जनताका लागि कुनै पनि सामान वा सेवाको मूल्य महंगिनु हो। व्यवसायी, उद्योगीले आफूले दिएको चन्दा बराबरको रकम कतै न कतैबाट जनतासँगै उठाइहाल्छन्। त्यसैले तिनका सामान महंगिन्छन्। चन्दा र आतंकलाई सहयोग गरेबापत कतिपय व्यापारी र व्यवसायीले सरकारलाई दिने कर छली गर्नुपर्ने अवस्था हुन्छ। व्यापारीलाई सरकारभन्दा आतंककारी समूहको डर बढी भएपछि तिनले सरकारलाई टेर्न छाड्छन् र कर तिर्नपनि कम गर्छन्। सरकारले यस्तो जबर्जस्ती चन्दा आतंकबाट सुरक्षाको प्रत्याभूति दिन नसकेपछि त्यसो हुनु व्यावहारिक दृष्टिबाट स्वाभाविक पनि देखिन्छ।
चन्दा आतंकबाट बच्न सबैभन्दा पहिले व्यापारी, व्यवसायी र उद्योगी समूह आफैँ अग्रसर हुनुपर्छ। राजनीतिक दललाई साधारणरूपमा दिने चन्दा सहयोगभन्दा बढी रकम माग्न आउनेलाई आफू चन्दा दिन अक्षम भएको स्पष्ट बताउन सक्नुपर्छ। सामान्य धाकधम्की दिनेसँंग व्यवसायी आफैँले डटेर मुकाबला नगर्दासम्म यस्तो चन्दा आतंक रोकिँदैन। साथै महासंघ, परिसंघ, नेपाल च्याम्बर अफ कमर्स, जिल्ला च्याम्बरजस्ता व्यापारिक, उद्योगीहरूका संघसंस्थाले यस्तो घटना सुरु हुनेबित्तिकै सशक्त विरोध गर्ने, सम्बन्धित दलका नेतालाई गएर भेट्ने र मिडियामा आफूहरूलाई परेको समस्याको जानकारी दिने कार्य गर्नुपर्छ। यसका लागि व्यापारिक, औद्योगिक समुदायको एकता भने बलियो हुनुपर्छ। कतिपय व्यापारी चन्दा आतंकीसँग सम्झौता गरेर आफू कम तिर्ने तर कसले बढी तिर्नसक्छ भनेर बताइदिने समेत गर्छन्। अझ कति त चन्दा आतंकका समयमा प्रतिद्वन्दी व्यापारीको कमजोरीसमेत भनिदिएर व्यापारिक प्रतिस्पर्धा सिध्याउने खेल खेल्न पनि तम्सन्छन्। तर जुन बाघले साथी व्यवसायीलाई खान्छ त्यसले आफैँलाई पनि धेरै समय बाँकी राख्दैन भन्ने सत्य बिर्सनु हुँदैन। सरकारी सुरक्षा निकायले पनि यस्तो अवस्थामा विशेष ध्यान दिनुपर्छ। हरेक व्यापारी, व्यवसायीलाई व्यक्तिगतरूपमा पनि भेट्ने, तिनको समस्या सुन्ने र जबर्जस्ती चन्दा नदिन प्रोत्साहन गर्ने कार्य पनि सरकारी सुरक्षा निकायको हो। सरकारले सुरक्षाको प्रत्याभूति दिने हो भने धेरै व्यापारी चन्दा आतंकका विरोधमा आवाज उठाउन तत्पर हुनेछन् र यस्तो गलत प्रथा बन्द गर्न अघि पनि सर्नेछन्।
अर्को समाचार
वर्दियामा 'मौसमी चन्दा' आतंक
१४ मंसिर २०६६
•
५ मिनेट पाठ
वर्दियामा 'मौसमी चन्दा' आतंक
निर्मल घिमिरे, बर्दिया, मंसिर १५-नेकपा माओवादीले नगदे बालीको सिजनमा मौसमी चन्दा नाममा सर्वसाधारण, किसान र व्यापारीसँग चन्दा माग गरेका कारण आतंकित भएका छन्।
मौसमी चन्दा उठाउन थाले पछि बर्दिया जिल्लाभरिनै त्रासको वातावरण फैलिएको छ। चन्दा लिन आउने भनी पार्टीको कार्यकर्ताले आधाकारिक लेटरप्याडमा सेक्रेटरी किशोरको हस्ताक्षरबाट सामान्यदेखि जग्गा धेरै हुनेलाई ५ देखी २सय क्विन्टलसम्म धान दिनु पर्ने भनी पत्र काटेको छ।

नयाँ जन संविधान निर्माण गर्न, नागरिक सर्वोच्चता स्थापित गर्न ,राष्ट्रिय स्वाधिनता, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन जारी आन्दोलनलाई सफल पार्नका लागि इच्छाले दिए अनुसारको मौसमी चन्दा संकलन गरेको आन्दोलनका संयोजक कबिरले बताए।

यो आन्दोलन आम नेपालीको भएकोले सबैले सहयोग गर्नुपर्ने उनी बताउँछन्। यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी वेणीमाधव ज्ञवालीले चन्दा असुल गर्न आउने जोसुकैलाई पनि कारबाही गर्ने बताउँछन।

 

माओवादी नेताको ऋण तिर्न चन्दा संकलन
रोहित राई, धरान,मंसिर १५- माओवादी समर्थित सुकुम्बासी नेताको ऋण तिर्न भन्दै कार्यकर्ताहरुले धरान ११ स्थित माउण्ट मकालु बस्तीमा चन्दा संकलन गर्न थालेका छन्।

सोही बस्तीका सुकुम्बासी नेता समीर राईको उपचार गराउँदा लागेको ऋण तिर्न भन्दै यसरी चन्दा संकलन गरिएको हो। उनी माओवादी समर्थित अखिल नेपाल सुकुम्बासी संघका सुनसरी क्षेत्र नं १ का सचिव हुन्।

माउण्ट मकालु बस्ती बसाउन र भूमाफियाबाट जोगाउन राईको महत्वपुर्ण योगदान भएकोले स्थानीयबासी आफैले आर्थिक सहयोग गरिरहेको माओवादी कार्यकर्ताहरु दाबी छ। तर, नेताको ऋण तिर्न भइरहेको चन्दा संकलनप्रति स्थानीयबासी भने असन्तुष्ट छन्।

"ऋण नेताको मात्र हुन्छ?"-एक स्थानीयले नाम नछाप्न अनुरोध गदै भने-"जनताको ऋण तिरिदिन चाहीँ कसले चन्दा उठाउने?" आफ्ना टोलमा चन्दा उठाउन आएमा कसैले पनि नदिने सहमति भएको उनले खुलाए। बस्ती जोगाउन योगदान गरेको भनिएका राईले समाजमा कहिले, के योगदान गरेका छन् भनेर स्थानीयलाई चित्तबुझ्दो बनाएमात्र सहयोग गरिने उनको भनाई थियो।

अर्कोतर्फ, अनेमसंघ क्रान्तिकारीकी वडा अध्यक्ष लक्ष्मी राईले भने करिब चार वर्षअघि बस्ती उठाउन सक्रिय भूमाफियाको प्रतिकार गर्दा राई गम्भीर घाइते भएको र उनको घरजग्गा धितो राखेर भारतमा उपचार गराउँदाको ऋण तिर्न स्थानीयले स्वेच्छाले सहयोग गरिरहेको बताइन्। "यो पार्टीले जर्बजस्ती चन्दा संकलन गरेको होइन। समीरले उठाउन लगाएको पनि होइन। यहाँका जनताहरु आफैले सहयोग गरिरहेका छन्"-उनले भनिन्।

मकालु बस्ती मूल समितिका सचिव मदनकुमार तामाङ 'किसन'का अनुसार गम्भीर घाइते भएका राईको उपचार गराउन तत्कालीन समयमा घरजग्गा ८० हजारमा धितोमा राख्नु परेको थियो। "त्यही ऋण तिर्न नसक्दा अहिले उहाँको घरजग्गा बेच्नुपर्ने अवस्था भएको छ"-उनले भने-"बस्ती जोगाउन त्यत्रो योगदान दिएका मान्छेले बसाइँ सर्न नपरोस् भनेर हामी स्थानीयले नै ऋण तिरिदिन सहयोग उठाउन थालेका हौं।"

राईले भने चन्दा संकलन भइरहेको बारेमा कुनै पनि प्रतिक्रिया दिन चाहेनन्। आफू घाइते हुँदा कुनै पत्रपत्रिकाले समाचार नलेखेको आक्रोश पोख्दै उनले तत्कालीन घटना र हाल चन्दा उठाइरहेको बारेमा केही नबोल्ने बताए। "चन्दा उठाइरहेको बारेमा कसले जानकारी दियो? पहिला त्यो भन्नुस। अरु कुरा पछि नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरौँला"-राईले भने। अखिल नेपाल सुकुम्बासी संघका क्षेत्रीय अध्यक्ष रामकुमार राईले चन्दा संकलन भइरहेको बारे जानकारी नभएको प्रतिक्रिया दिदै संघसँग सम्बन्धित नभएको बताए।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस