दाता होइन, विकास साझेदार
१८ असार २०७२
•
१४ मिनेट पाठ
दाता होइन, विकास साझेदार
नेपालमा भूकम्पपछिको उद्धार, सहायता र पुनर्निर्माणका लागि खर्चको आयतन निकै बढाउनुपर्ने अवस्था उत्पन्न भएको छ। त्यसका लागि स्वदेशी पुँजीले मात्र नपुग्ने हु"दा विदेशी सहायता र सहयोगका चर्चा निकै हुनथालेका छन्।पुनर्निर्माणका लागि आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा अपेक्षित सहयोगको आश्वासन प्राप्त भएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा पुनर्निर्माण प्राधिकरणको गठन गर्न ऐनसमेत जारी भइसकेको छ। हामीले 'विकास प्रभावकारिताका लागि अन्तर्राष्ट्रिय सहायता' भन्ने मूल मान्यतालाई आत्मसात् गर्दै विकास सहायता नीति, २०७१ पनि ल्याइसकेका छौं। तैपनि, विकास साझेदारहरू 'दाता' र हामी याचकका रूपमा प्रस्तुत हुने गरिएको कटु सत्य लुकेको छैन। राम्रा नीति हुने तर तिनको प्रभावकारी कार्यान्वयन नहुने र कार्यान्वयनको अवस्थाको कतैबाट अनुगमन पनि नहुने हाम्रो पुरानै रोग हो। यसको उपचार हालसम्म फेला पर्नसकेको छैन।




विकास सहायताको मुख्य उद्देश्य आर्थिक तथा मानवीय विकास कार्यमा प्रभावकारिता ल्याउन वा विकासको राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुर्याथउनु हो। राष्ट्रिय आवश्यकताको पूर्तिका लागि चाहिने रकम राष्ट्रिय अर्थतन्त्रबाट जुटाउन नसकिने भए त्यस्तो अभाव पूरा गर्न विदेशी सहयोग प्रयोग गर्ने गरिन्छ। तर संसारभर नै दाताहरूको निश्चित स्वार्थपूर्तिका लागि सहायतालाई हतियार बनाएको पाइन्छ। नेपालमा जातीय विखण्डन र साम्प्रदायिक विद्वेष फैलाउने तथा अस्थिरता कायम गराउने, धर्म परिवर्तन गराउनेजस्ता अनेकौं अपवित्र कार्यमा यस्ता विदेशी सहायताको दुरुयोग भएको तीतो अनुभव हामीस"गै छ। त्यतिमात्र नभएर अधिकांश सहायता रकम देशको आवश्यकताको पहिचानै नगरी अनावश्यकरूपमा विभिन्न संघसंस्थामा कसैलाई 'परामर्शदाता'का रूपमा जागिर दिलाएर दुरुपयोग भएका प्रशस्त उदाहरण पाइन्छन्। नेपाल र नेपाली जनताको नाउ"मा आएको त्यस्तो रकमबाट डलरको हिसाबमा तलब तथा सुविधा पाउने त्यस्ता 'परामर्शदाता' ले राष्ट्र वा कुनै सरकारी निकाय वा जनताको उन्नति र प्रगतिमा केकति योगदान गरे भन्ने कुराको मापन गर्ने कुनै संयन्त्र छैन। के कस्ता संस्थाले त्यस्तो रकम के कति प्राप्त गर्ने र कहा" उपयोग गर्नेगरेका छन् भन्ने यथार्थ सूचनासमेत हाम्रा आधिकारिक निकायस"ग छैन भन्नसमेत हिच्किचाउनु पर्दैन।

दशकौं अघिदेखि प्रचलनमा आएको विदेशी सहायताले अल्पविकसित वा अविकसित राष्ट्रको उन्नयनमा खासै योगदान दिन नसकेको, भ्रष्टाचार मौलाउन कुनै न कुनै कोणबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेको र यस्ता सहयोग प्राप्त गर्ने देश र जनताले अपनत्व ग्रहण गर्न नसकेका गुनासा आइरहे। यसै परिप्रेक्ष्यमा यस्ता सहायतालाई प्राप्तकर्ता देशको विकास लक्ष्य प्राप्त गर्न र विश्वमा व्याप्त गरिबी न्यूनीकरण तथा निवारणनिमित्त कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा सन् २००५ मा 'प्यारिस घोषणापत्र', सन् २००८ मा 'आक्रा एजेण्डा फर एक्सन', सन् २०११ मा 'बुसान फोरम' जस्ता अन्तर्राष्ट्रिय प्रयास भए। तिनमा खासगरी सहायता प्राप्तकर्ता देश र त्यहा"का जनताको स्वामित्व, सहभागिता र सहयोगमा पारदर्शिता, त्यहा"का नीतिनियमस"गको तादात्म्य, दाताबीचको समन्वय र दोहोरोपनको अभाव, प्रक्रिया होइन परिणाम प्राप्तिका लागि कुशल व्यवस्थापन र सहायता व्यवस्थापनमा दाता तथा प्राप्तकर्ता दुवैको पारस्परिक जवाफदेही हुनुपर्ने जस्ता विषयमा सहमति भए। यी सम्मेलनका सहभागी सहायता दिनेलिने दुवैथरी देश तथा संघसंस्थाले अल्पविकसित वा अविकसित देशका राष्ट्रिय विकासका लक्ष्य प्राप्तिमा सहयोगी बनाउ"दै संसारमा व्याप्त गरिबीलाई परास्त गर्ने औजारका रूपमा विकास सहायताको सदुपयोग गरिनुपर्छ भन्नेमा एकमत जाहेर गरेको पाइन्छ। विदेशी सहायताले आफ्ना लक्ष्य प्राप्त गर्न नसकेेका सन्दर्भमा अन्तर्राष्ट्रिय स्तरमा हुने गरेका यस्ता बहस र प्रयासले समेत अपेक्षित नतिजा निकाल्न नसकेको सर्वविदितै छ।

यसैबीच भूकम्पबाट क्षतिग्रस्त पारेको हाम्रो देशको पुनर्निर्माणको निमित्त दातृ राष्ट्र तथा निकायको सम्मेलन आयोजना गरेर सहयोगको वचनसमेत प्राप्त भएको छ। त्यो सहयोग कुन माध्यमबाट आउने, त्यसको उपयोग स्वतन्त्रतापूर्वक वा केही सीमामा बा"धिएर गर्न मिल्ने र त्यसको उपयोगको अनुगमन र मूल्याङ्कनको संयन्त्र के कस्तो हुने हो भन्नेमा थप स्पष्टताको आवश्यकता छ। सुनिएअनुसार सहयोग निःसर्त नै प्राप्त हुनेछ। तर पनि यसअघिका उदाहरण हेर्ने हो भने दातृ राष्ट्र तथा निकायले अप्रत्यक्ष रूपमा आफ्ना सर्त नतेर्स्याउने र प्रतिबद्धताबमोजिमको सबै रकम नेपाल सरकारले प्राप्त गर्नेमा ढुक्क हुनसकिने ठाउ" देखि"दैन। ससर्त सहायता स्वीकार नगर्ने राष्ट्रिय नीति निर्माण र सो कडाइका साथ लागु नभएसम्म यस्ता विदेशी सहायताले देश र जनताको आर्थिक तथा भौतिक जीवनमा सकारात्मक प्रभाव पार्न सक्दैनन्।

हामी माग्ने र हामीलाई सहयोग गर्ने देशहरू दाताका रूपमा परिभाषित भइरहँदासम्म सहायताले हाम्रो राष्ट्रिय विकासमा खास योगदान दिन सक्दैन। सहायता पारस्परिकतामा (रेसिप्रोसिटी) आधारित विषय हो। कुनै पनि देश सधैँ गरिब वा सधैँ धनी रहिरहँदैन। हिजोसम्म दक्षिण कोरिया मुख्य सहयोग 'प्राप्तकर्ता' का रूपमा रहेको थियो भने आज विश्वमा 'दाता' का रूपमा स्थापित भइसकेको छ। प्रश्न व्यवस्थापनको मात्र हो। त्यसैले विकास सहायतालाई संसारमा 'जताततै समृद्धि' कायम गराउने औजारका रूपमा मात्र प्रयोग गरिनुपर्छ। किनभने 'कुनै एक ठाउ"को गरिबी वा पछौटेपनले संसारका सबैतिरका समृद्धिलाई प्रभावित गर्छ' भन्ने तथ्य सर्वस्वीकार्य भइसकेको छ।

सहायताको उद्देश्य प्राप्त गर्न सर्वप्रथम प्राप्तकर्ता देशले सही सूचनाको आधारमा स्वदेशी पुँजीले धान्ने र विदेशी सहायताको आवश्यकता पर्ने तथा स्वीकार गर्ने क्षेत्रको पहिचान गर्न आवश्यक हुन्छ। स्वदेशी पुँजीको प्रयोगले नै सम्पन्न गर्न सकिने सानातिना कामका लागि र आफ्नो झिनो वैयक्तिक स्वार्थ पूरा गर्ने उद्देश्यले देशको इज्जतलाई बन्धकी राखेर सहयोग स्वीकार गर्ने परम्परा अन्ततः देशकै लागि घातक हुन जान्छ। यसले पराधीनता बढाउने, दातासामु नतमस्तक बनाउने, प्रकारान्तरले भ्रष्टाचारलाई प्रश्रय दिने र राष्ट्रिय सम्मानमा आ"च पुर्यासउने काम गर्छ। दाताका व्यवहारका कारणले विदेशी सहायताले प्राप्तकर्ता देशमा समुन्नति ल्याउनुको साटो हानि पुर्यानएको भन्ने तर्क पनि बलियो गरी उठ्ने गरेको पाइन्छ। आजको विश्वव्यापीकरणको युगमा विदेशी सहायता स्वीकार नगर्ने, बहुराष्ट्रिय संघसंस्था तथा कम्पनीलाई देशभित्र छिर्न र लगानी गर्न नदिने भन्ने तर्क स्वीकार्य नभए पनि यसलाई राष्ट्रिय नीतिस"ग सामञ्जस्य हुने गरेरमात्र स्वीकार्नुपर्छ भन्ने मान्यतालाई बलियोस"ग अँगाल्नुपर्छ। यसबाहेक हाम्रा कमजोर संयन्त्र, अस्पष्ट नीति र सा"घुरा सोचलाई पनि समय सापेक्ष बदल्नैपर्छ।

विदेशी सहायतालाई राष्ट्रिय आवश्यकताअनुसार प्राप्ति र परिचालनका लागि सर्वप्रथम हामीमा रहेको हीनभावना त्यागको जरुरी छ। हामी सधैँका माग्ने होइनौ। समयक्रमस"गै व्यवस्थापन गर्न सकेमा एकाध दशकमै हामी कोरिया वा अन्य मुलुकजस्तै समृद्ध भएर 'दाता' का रुपमा चिनिन पनि सक्छौं भनेर दातासामु आत्मविश्वासका साथ प्रस्तुत हुन सक्नुपर्छ। हाम्रा कूटनीतिक नियोगहरूमार्फत् आर्थिक कूटनीतिलाई अलि प्रभावकारी ढंगले परिचालन गर्ने र कर्मचारीतन्त्रको क्षमता विकास गर्नु पनि आवश्यक छ। आफूलाई निजी क्षेत्रका 'विशेष जानकार' सम्भि्कने कतिपय व्यक्तिले कर्मचारीतन्त्रको नामै सुन्न नचाहेजस्तो पनि देखिन्छ। तर कर्मचारीतन्त्रको विकल्प सुधारिएको, सक्षम र आधुनिक मान्यतायुक्त कर्मचारीतन्त्र मात्रै हो। यो स्थायी सरकार हो, जसले राजनीतिक सरकारलाई वैयक्तिकरण गर्छ। यसको असफलतामा कुनै पनि राजनीतिक सरकार सफल हुन सक्दैन भन्ने सबैले स्मरण गर्न जरुरी छ।

सञ्चार माध्यममा दाता सम्मेलन भन्ने सुनिए पनि हामीले नेपालको पुनर्निर्माणको लागि विकास साझेदारहरूको सम्मेलन गरेका हौँ। गाह्रो अप्ठेरोमा सहयोग गर्ने देश र निकायलाई हामी दाता होइन 'विकास साझेदार' का उच्च हैसियत दिई आफू पनि त्यही स्थानमा रहन चाहन्छौँ भन्ने सन्देश पनि प्रवाह गरेका छौँ। दाताहरू विकास साझेदारका रूपमा प्रस्तुत नहुँदासम्म र प्राप्तकर्ता पनि 'भिखारी' शैलीबाट माथि उठी आत्मसम्मान प्राप्त गर्न उद्यत नहोउन्जेल विदेशी सहायताको निहितार्थ पूरा हुनसत्तै्कन। संसारमा व्याप्त गरिबी, अभाव र बेरोजगारीमाथि विजय प्राप्त गर्ने सामूहिक लक्ष्य प्राप्तिमा पनि सफलता हात लाग्दैन। त्यसैले जिम्मेवारीमा रहेका सबैबाट यस तथ्यको मनन हुन आवश्यक छ।

उपसचिव, लगानी बोर्डको कार्यालय
अर्को समाचार
बाढी पुनर्स्थापनामा सहयोग गर्न दाता सकारात्मक
१७ मंसिर २०७४
•
६ मिनेट पाठ
बाढी  पुनर्स्थापनामा सहयोग गर्न दाता सकारात्मक
काठमाडौं – बाढीबाट भएको क्षति पुनर्स्थापनामा सहयोग गर्न प्रमुख विकास साझेदार तथा दातृ निकायहरु सकारात्मक देखिएका छन् ।




राष्ट्रिय योजना आयोगद्वारा शुक्रबार आयोजित विकास साझेदार संस्था तथा दातृ निकायका प्रतिनिधिसँगको उच्चस्तरीय छलफलमा सहभागीहरुले आवश्यक सहयोग गर्न तयार रहेको बताएका हुन् । आयोगले हालै तयार पारेको ‘बाढीपछिको पुनस्र्थापना आवश्यकता आंकलन’ प्रतिवेदनबारे जानकारी दिन दातासँगको छलफल आयोजना गरेको हो।

‘कार्यक्रमको मुख्य उद्देश्य पुनस्र्थापना आवश्यकता आंकलनबारे जानकारी गराउनु थियो,’ आयोगका कार्यक्रम निर्देशक एवं सूचना अधिकारी शिवरञ्जन पौडेलले नागरिकसँग भने, ‘बाढीबाट विभिन्न क्षेत्रमा भएको क्षति र पुनस्र्थापनाका लागि आवश्यक क्षेत्रगत बजेटबारे जानकारी गराएका छौं । सहभागी सबैबाट सकारात्मक प्रतिक्रिया आएको छ ।’ शुक्रबारको छलफलमा सहयोगका लागि अनुरोध भने नगरेको उनले बताए । सरकारले अनुरोध गरे सहयोगका लागि उनीहरु तत्पर हुने देखिएको उनको भनाइ छ।

आयोगका उपाध्यक्ष स्वार्णिम वाग्लेको अध्यक्षतामा भएको छलफलमा राष्ट्रसंघीय आवासीय संयोजक तथा राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधि भलेरिया जुलिएन्ड, विश्व बैंकका नेपाल प्रमुख क्युमियाओ फानलगायत अन्य दातृ निकायका प्रतिनिधिहरुको उपस्थिति थियो । अर्थ मन्त्रालयका सचिव, उपसचिवलगायत सरोकारवाला मन्त्रालयका अधिकारीहरु छलफलमा सहभागी थिए।

बाढीपछिको पुनस्र्थाना आंकलन प्रतिवेदन तयारीमा युएनडिपी र विश्व बैंकले प्राविधिक सहयोग गरेका थिए । ‘हामीले प्रतिवेदन सरकारलाई बुझाइसकेको छौं । सरकार आफैंले बजेट व्यवस्थापन गरेर पुनर्निर्माण गर्ने वा दाताबाट सहयोग जुटाउने भन्ने निर्णय अर्थ मन्त्रालयले गर्नेछ,’ उनले भने। 

यसअघि पुनस्र्थापनाका लागि आवश्यक सहयोग जुटाउन आयोगले डिसेम्बर पहिलो साता दाता सम्मेलन गर्ने बताइएको थियो । तर, बाढी पुनस्र्थापनाको लागि आवश्यक बजेट ठूलो नभएकाले दातालाई गुहार्नुपर्ने अवस्था नरहेको आयोगकै एक अधिकारीले बताएका थिए । आयोगका सूचना अधिकारी पौडेलले दाता सम्मेलनको तयारी नभएको बताए । ‘दाताबाट सहयोग जुटाउनु परे अब अर्थ मन्त्रालयले नै गर्छ,’ उनले भने।

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत बाढी पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना गठन गरी बाढी पुनर्निर्माणको जिम्मेवारी दिइसकेको छ।

यस्तो छ प्रतिवेदन

प्रतिवेदनअनुसार बाढीबाट ६१ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । बाढीले पुर्‍याएको क्षतिको पुनस्र्थापनाका लागि करिब ७३ अर्ब २२ करोड ४८ लाख रुपैयाँ आवश्यक हुने देखिएको छ । निजी आवासतर्फ सबैभन्दा बढी करिब ४० अर्ब रुपैयाँको आवश्यकता आंकलन गरिएको छ। 

प्रतिवेदनमा बाढीबाट क्षति भएका विभिन्न नौ क्षेत्र पहिचान गरिएको छ । जसमा सामाजिक क्षेत्रतर्फ आवास, स्वास्थ्य र शिक्षा, उत्पादनमूलक क्षेत्रमा कृषि, पशुपंक्षी र सिँचाइ तथा पूर्वाधारतर्फ यातायात, खानेपानी र ऊर्जामा भएको क्षति मूल्यांकन गरिएको छ।

बाढीका कारण निजी आवासमा सबैभन्दा बढी १९ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । सिँचाइमा १७ अर्ब ५० करोड, पशुपक्षीमा १० अर्ब ७ करोड, कृषिमा ७ अर्ब २ करोड, यातायातमा दुई अर्ब नौ करोड र शिक्षामा एक अर्ब दुई करोड रुपैयाँको क्षति मूल्यांकन गरिएको छ।

गत साउन–भदौमा आएको बाढीले ३५ जिल्ला प्रभावित बनाएको थियो । बाढीबाट अति प्रभावित १८ जिल्लामा एक सय ३४ जनाको ज्यान गएको थियो । करिब १७ लाख जनसंख्या बाढी प्रभावित बनेको प्रतिवेदनमा छ । प्रभावित क्षेत्रमा ४१ हजार घर पूर्णरुपमा क्षति भएका छन् । एक लाख ५० हजार घरमा आंशिक क्षति पुगेको छ । बाढीबाट क्षति पुगेको निजी आवास पुनर्निर्माणका लागि तीन लाख ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराउनुपर्ने सुझाव प्रतिवेदनमा छ ।

प्रतिवेदनमा पुनर्निर्माणका लागि सुझावसमेत समेटिएको छ । पुनर्निर्माणका लागि तीन वर्षको अवधिमा तत्काल, मध्यकाल र दीर्घकालका लागि पुनस्र्थापना रणनीति अवलम्बन गर्न सुझाव दिइएको छ। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस