विराटनगर, चैत ३१ (नागरिक)- मोरङ जिल्ला एमेच्योर एथलेटिक्स संघको आयोजना तथा रमपम चाउचाउको मुख्य प्रायोजनमा शनिबार विराटनगरमा दोस्रो विराट रमपम खुला हाफ म्याराथन हुने भएको छ ।
संघले मंगलबार पत्रकार सम्मेलन गर्दै पुरुष म्याराथन २१ किलोमिटर, महिला खुला दौड १० किलोमिटर, छात्रछात्रा दौड ३ किलोमिटर र भिआईपीको विशेष दौड १ किलोमिटर गरी चार इभेन्ट्सलाई समावेश गरिएको जनाएको छ ।
संघका अध्यक्ष किशोरलाल अमात्यका अनुसार हाफ म्याराथन विजेतालाई २०, उपविजेतालाई १५ र तृतीयलाई १० हजार रुपैयाँ दिइनेछ । महिला दौडमा प्रथमलाई ७, द्वितीयलाई ५ र तृतीयलाई ३ हजार प्रदान गरिनेछ ।
प्रतियोगितामा प्रहरी, सशस्त्र प्रहरी, आर्मी, माओवादी पिएलएका खेलाडी, विभिन्न जिल्ला, क्लब तथा पाँच विकास क्षेत्रका खेलाडी सहभागी हुने आयोजक बताउँछ ।