काठमाडौं– रोटरी क्लब अफ वागमती र काठमाडौं राउन्ड टेबल–१ को संयुक्त आयोजनामा शनिबार रोड शो पुरुष–महिला हाफ म्याराथन हुँदैछ। शनिबार दशरथ रंगशालाबाट म्याराथन सुरु हुनेछ। खुला म्याराथनको दुवै विजेताले समान ३० हजार, उपविजेताले २५ हजार, तेस्रोले २० हजार, चौथोले १५ हजार र पाँचौं हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउने छन्।'स्वस्थ र साक्षर नेपाल' भन्ने नारासाथ हुने हाफ म्याराथनमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका खेलाडीबाहेक अन्यले भाग लिन पाउने रेस डाइरेक्टर वैकुण्ठ मानन्धरले बताए।
सोही अवसरमा छात्रछात्राको ५ किमि दौड पनि हुनेछ। छात्र–छात्राले विजेता समान १५ हजार, उपविजेताले १० हजार र तेस्रोले ५ हजार पुरस्कार पाउने छन्। हाफ म्याराथनमा करिब ४ सय र विद्यार्थीतर्फ ८ सयले भाग लिने आयोजकको अनुमान छ।