असारे विकासलाई निरुत्साहित गरौँ: मुख्यमन्त्री कँडेल
१७ वैशाख २०८१
•
२ मिनेट पाठ

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असारे विकास पूर्णरुपले निरुत्साहित गर्नुपर्ने बताएका छन्।

कर्णाली प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कँडेलले असार १ गतेभन्दा उता विनियोजित स्वीकृत योजना सम्झौता, कोटेसन र त्यही वर्ष कार्यान्वयन गर्ने गरी ‘टेन्डर’ गर्ने कुरा पूर्णरुपले बन्द गर्नुपर्नेमा जाेड दिए।

‘चालु आवका स्वीकृत योजना जेठसम्म सम्झौता गर्नुपर्नेछ। असारे विकासका नाममा हुने कामबाट सरोकारवालाले प्रश्न गर्ने स्थिति आउन दिनुहुँदैन।’ उनले भने।

प्रदेश सरकारकाद्वारा विनियोजित बजेट थोरै तोकेका कारण कामको गति सुस्त नगरी काम द्रुत गतिमा अगाडि बढाउनुपर्ने जनाउँदै उनले सञ्चालित क्रमगत र बहु वर्षीय योजनाको दायित्व आफू नेतृत्वको सरकार पूरा गर्ने जिकिर गरे।

उनले विगतको सरकारको अनुभूति र अनुभवका आधारमा आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट विश्वास सदनलाई दिलाए।

सङ्घीय सरकारको बजेट निर्माण गर्ने अन्तिम प्रक्रियामा भएकाले सरकार गठन भएपछि कर्णाली प्रदेशका जनप्रतिनिधि तथा सरोकारवाला सबैको प्रतिनिधित्व गर्ने चार योजनाका बारेमा आवश्यक जनमत र अनुभूति गर्ने गरी न्यूनतम प्रयत्न गरिएको उनले जनाए।

मुख्यमन्त्री कँडेलले अर्को अधिवेशन समाप्त नहुँदै जिल्लाको गतिविधिको प्रत्यक्ष अवलोकन गरी त्यहाँको अवस्था जानकारी गराएमा सरकारलाई नीति तथा कार्यक्रम निर्माण गर्न सहयोग पुग्ने बताए।

मुख्यमन्त्री कँडेलले भने, ‘बनाउने हो, लुकाउनुपर्ने कुनै कुरा छैन। पारदर्शी योजना बनाएर जनविश्वास दिलाउने हो। सबैलाई संलग्न बनाएर सरकारको नीति कार्यक्रम र बजेट निर्माण गर्ने हो। नीति तथा सिद्धान्तको प्राथमिकता रहेर बजेटमा छलफल गर्नुपर्छ। जेठको पहिलो हप्तादेखि प्रदेशसभा सदस्यहरुको प्रत्यक्ष सहभागितामा सरकारका तर्फबाट आवश्यक छलफल थालिने छ।’

३० र १५ लाखभन्दा मुनिका योजना कार्यान्वयनका लागि प्रदेशसभामा भएको सहमति र विगत सरकारको मर्मअनुसार कार्यान्वयन गरिने उनले बताए।

मुख्यमन्त्री कँडेलले आफ्नो निर्वाचन क्षेत्रमा गएर वस्तुनिष्ठ प्रतिवेदन सहित सबै प्रदेशसभा सदस्यहरु अर्को अधिवेशन सहभागी हुने अपेक्षा गरेको जनाउँदै सदस्यको महत्त्वपूर्ण सुझाव सल्लाह सरकारका निम्ति मार्ग निर्देशन हुने विचार व्यक्त गरे।
अर्को समाचार

म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
सेनाको निशानामा विवाह समारोहस्थल र विद्यालयसमेत परेका छन्।
Whatsapp
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
इजरायलमा विपक्षी गठबन्धनका नेता गादी आइजेनकोटले सरकार गठनका विषयमा वार्ता गर्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आमन्त्रण गरेका छन्।
Whatsapp
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
खेल
Clock २४ मिनेट अघि | ० मिनेट पाठ
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
भारत र न्युजिल्यान्डबीच भइरहेको दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा भारत २४६ रनमा अलआउट भएको छ।
Whatsapp
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आ...
Whatsapp
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
 छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कविहरू निर्मोही व्...
Whatsapp
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
समाज
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।
Whatsapp
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ

उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस