ढिलासुस्ती र प्रशासनिक झन्झट अन्त्य गर्न नयाँ थालनी: प्रधानमन्त्री
०७ कार्तिक २०८१
•
२ मिनेट पाठ
ढिलासुस्ती र प्रशासनिक झन्झट अन्त्य गर्न नयाँ थालनी: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक प्रशासनमा हुने ढिलासुस्ती र प्रशासनिक काममा हुने झन्झट अन्त्य गर्न नयाँ कामको थालनी गरिएको स्पष्ट पारेका छन्।




सरकार गठन भएको सय दिनका उपलब्धिबारे आज सम्बोधन गर्दै उनले अब सवारी चालकले ‘ट्रायल पास’ गर्नासाथ ‘नागरिक एप’ मा नै लाइसेन्स पाउने व्यवस्था गरिएको बताए।

प्रधानमन्त्री ओलीले भने, “सवारी नियम उल्लङ्घनको जरिवाना तिर्दा अब जहाँ नियम उल्लङ्घन भएको हो, सोही स्थानमा जरिवाना भुक्तानी गर्न सकिने सजिलो व्यवस्था सरकारले गरेको छ।”

कुनै पनि सरकारी सेवा लिन कार्यालय धाउनु नपर्ने, कर्मचारी भेट्नु नपर्ने र घरमै बसेर सबै सेवा लिन सक्ने व्यवस्था गर्न लागिएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले यसबाट सेवा प्रवाहमा हुँदै आएको झन्झट अन्त्य हुने र सुशासन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

“सरकारी कार्यालयमा कामका फाइल अड्काउने, कामको समयावधि लम्ब्याउने र यसबाट सेवाग्राहीले दुःख पाउने स्थितिबाट मुक्त गर्न ‘क्युआर कोड’ मार्फत फाइल ‘मुभमेन्ट ट्र्याकिङ’ गर्ने प्रणाली परीक्षणका रुपमा सुरुआत गरेका छौँ”, उनले भने, “अब सरकारी कार्यालयमा हुने आफ्नो कामको जानकारी मोबाइलबाटै पाउन सकिनेछ।”

प्रधानमन्त्री ओलीले लगानीकर्ताको भौतिक उपस्थितबिना कुल पुँजी ५० करोडसम्मको विदेशी लगानी स्वचालित प्रणालीबाट तुरुन्त स्वीकृतिको प्रमाणपत्र प्राप्त गर्न सक्नेगरी उद्योग विभागमा स्वचालित मार्ग कार्यान्वयनमा आएको बताए।

“नेपाल ल्यान्ड इन्फरमेसन सिस्टम लागू भएका ५८ नापी कार्यालयमा अनलाइनमार्फत सेवा ‘ट्र्याकिङ्’ प्रणाली लागू भएको छ”, उनले भने, “नेपालभरका दुई सय ६७ मालपोत कार्यालयमा ज्येष्ठ नागरिक, अपाङ्ग र अशक्त नागरिकले लाइनमा नबसी सेवा प्राप्त गर्नेगरी व्यवस्था गरिएको छ।”

वैदेशिक रोजगारीमा मृत्यु भएकाको परिवारलाई यसअघि दिने गरिएको क्षतिपूर्ति रकम सात लाखबाट १० लाख पुर्‍याइएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले बिरामी उपचार खर्च पाएर मृत्यु भएकाहरुले क्षतिपूर्ति नपाउने यसअघिको व्यवस्थाको सट्टा उनीहरुको परिवारलाई पनि १० लाख उपलब्ध गराउने व्यवस्था गरिएको बताए।
अर्को समाचार
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
१ घण्टा अघि
•
१ मिनेट पाठ
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीका क्रियाशील सदस्य करिब एक लाख १० हजार अद्यावधिक गरिएको जनाएको छ।

 

पार्टी सङ्गठनमा आबद्ध भएर सम्बन्धित वडा, नगर, क्षेत्र तथा केन्द्रमा रही सक्रिय राजनीतिमा सहभागी सदस्यको सदस्यता अद्यावधिक गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए। उनका अनुसार यही मङ्सिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका सन्दर्भमा सदस्यता अद्यावधिक गरिएको हो। विगतमा उक्त दलको करिब डेढ लाख क्रियाशील सदस्य थिए।

 

नेता श्रेष्ठका अनुसार पार्टीको देशभरका क्रियाशील सदस्यबाट महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ। त्यस सिलसिलामा प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट तीन महिलासहित नौ जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरिएको छ।

 

पार्टीको केन्द्रीय महाधिवेशनका लागि ७६ जिल्ला अधिवेशन तथा पाँच प्रदेश अधिवेशन सम्पन्न गरिएको छ। विभिन्न तहका अधिवेशनबाट निर्वाचित अध्यक्ष पदेन प्रतिनिधिका रूपमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ। नेता श्रेष्ठका अनुसार पालिका, प्रदेशसभा, सङ्घीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनबाट निर्वाचित अध्यक्षहरू स्वतः महाधिवेशन प्रतिनिधि भएका छन्।

 

सबै प्रदेशसभा निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा ४० वर्षमुनिका युवा कम्तीमा एक जनाको सहभागिता सुनिश्चित गरिएको पार्टी नेता केशव श्रेष्ठले जानकारी दिए।



लागूऔषधसहित चार जना पक्राउ
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित चार जना पक्राउ
झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।
Whatsapp
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
अपराध
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
प्रहरी निरीक्षक भएको भन्दै मुद्दा नचलाइदिने बहानामा दुई लाख रुपैयाँ माग गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
Whatsapp
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।
Whatsapp
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
बजार
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।
Whatsapp
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदैछ।  
Whatsapp
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अमेरिकाको क्यालिफोर्नियामा शनिबार बिहान ५.० म्याग्निच्युडको भूकम्प गएको छ।
Whatsapp
यो पनि पढौँ
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
इरानका विभिन्न प्रदेशमा अक्टोबर ३१ देखि ‘गुणस्तरहीन’ पेय पदार्थ सेवन गरेपछि कम्तीमा ३२ जनाको मृत्यु भएको छ।
Whatsapp
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
समाज
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद्मा नियुक्त भएका १७ जना सदस्यले शपथ ग्रहण गरेका छन्।
Whatsapp
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
जन्मँदा स्वस्थ देखिने सबै शिशु रोगमुक्त हुन्छन् भन्ने हुँदैन। कतिपय नवजात शिशुमा जन्मजात तथा वंशाणुगत रोगका लक्षण जन्मेको केही दिनपछि मात्र देखिन थाल्...
Whatsapp
राप्तीमा धान खरिद सुरु
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राप्तीमा धान खरिद सुरु
जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकामा शनिबारदेखि सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरेको छ। 
Whatsapp
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
निबन्धकार ज्ञानेन्द्र विवशको ‘इन्द्रेणी सौन्दर्य’ निबन्धहरूको संग्रह हो। यसमा पाठकले सहजै अनुभूतिहरूको यथार्थ र सौन्दर्यको सङ्गम भेट्छन्।&...
Whatsapp
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आज (आइतबार)देखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस