वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु अनुकूलनको क्षेत्रमा थप कार्य गर्न आवश्यक रहेको बताएका छन्।
शनिबार काठमाडौंमा कोप-२९ सम्मेलनको पूर्व सन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उनले यस्तो बताएका हुन्।
उनले स्थानीय स्तरमा जलवायु संकटसँग जुध्न र नेपालले बढी भन्दा बढी फाइदा लिन स्थानीय स्तरमा जलवायु अनुकूलनको क्षेत्रमा थप कार्य गर्न आवश्यक रहेको उल्लेख गरे।
जलवायु परिवर्तनले दैनिक जनजीवनमा गम्भीर असर परिरहेको यथेष्ट प्रमाणहरू नेपालसँग रहेको बताउँदै उनले जलवायु परिवर्तनका कारण खानेपानीका स्रोतहरू सुकिरहेको, कृषि र बाली उब्जनी घटिरहेको, हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम घट्दै गएको जिकिर गरे।
उनले भने ‘स्थानीय स्तरमा जलवायु संकटसँग जुध्न र नेपालले बढी भन्दा बढी फाइदा लिन स्थानीय स्तरमा जलवायु अनुकूलनको क्षेत्रमा थप कार्य गर्न आवश्यक छ। जलवायु परिवर्तनले दैनिक जनजीवनमा गम्भीर असर परिरहेको यथेष्ट प्रमाणहरू छन्। जस्तै खानेपानीका स्रोतहरू सुकिरहेको अवस्था छ। कृषि र बाली उब्जनी घटिरहेको, हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम घट्दै गएको छ। बाढी, पहिरो लगायतका जलवायुजन्य विपत्तिहरूले निरन्तर पुर्याइरहेको क्षतिका बारेमा विभिन्न जिल्लाहरुबाट आउनुभएका जनप्रतिनिधि, स्थानीयवासी, सञ्चारकर्मीहरूलाई थाहा नै छ।’
मन्त्री ठकुरीले खेतीपाती र खाद्य सुरक्षा, पानीको स्रोत, पर्यटन र स्वास्थ्य लगायत समग्र अर्थतन्त्रमा जलवायु परिवर्तनका दुष्परिणामहरु देखिएको जनाए। जलवायु परिवर्तनबाट परेका असरहरुको समाधानका लागि एकीकृत भई सबैले सहकार्य गर्न आवश्यक रहेकोमा जोड दिए।