रुपन्देही-३ मा आउँदो कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ। दलहरू उपनिर्वाचनकेन्द्रित भएर छलफलमा जुटिसकेका छन्। सत्तासीन दल नेकपा (एमाले) ले त उम्मेदवार नै छनोट गरिसकेको छ, एमालेबाट खिमलाल भट्टराई उम्मेदवार बन्ने भएका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरू पनि उपनिर्वाचनकेन्द्रित छलफलमा जुटिसकेका छन्।
यसैबीच सात मधेसकेन्द्रित दलसम्बद्ध सङ्घीय लोकतान्त्रिक मोर्चा पनि उपनिर्वाचनकेन्द्रित छलफलमा गत हप्तादेखि नै जुटेको हो। मोर्चामा मुख्यत: दुईवटा पार्टीले दाबेदारी पेस गरेका छन्। डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारीका लागि दाबेदारी पेस गरेका छन् तर, सहमति जुटिसकेको छैन।
अन्य पाँचवटा दलहरूले तय भएको उम्मेदवारलाई सघाउने वचन दिइसके पनि जनमत र नागरिक उन्मुक्तिबीच कुरा नमिलेको मोर्चाको घटक दल राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए। तर, ढिलो-चाँडो सहति जुट्ने उनले बताए। ‘सहमति जुट्छ। मोर्चाबाट एकजना मात्रै उम्मेदवार हुन्छ,’ नेता झाले भने, ‘यसबीचमा थप सल्लाह गर्छौँ।’
यसैबीच नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई उम्मेदवार बनाउने प्रस्ताव गरेका छन्। मोर्चाका एक नेताका अनुसार चौधरीले कुलमानलाई उम्मेदवार बनाउँदा हरेक हिसाबले राम्रो हुने बताएका छन्। ‘उहाँ (रेशम चौधरी) ले त्यो प्रस्ताव फ्याँक्नुभएपछि नै अरु दल पनि पछाडि हटेका हुन् जस्तो लाग्छ,’ ती नेताले भने।
मोर्चासम्बद्ध दलका नेताहरू।तर, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी भने कुलमान पार्टी वा मोर्चाबाट उम्मेदवार नबन्ने बताउँछिन्। ‘कुलमान घिसिङजस्ता व्यक्तित्वप्रति जनआस्था हुनु स्वाभाविक हो। उहाँको योगदान ऊर्जा क्षेत्रमा उल्लेखनीय छ। तर, उहाँ नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको वा चुनाव लड्ने भनेर हालसम्म पार्टीमा कुनै औपचारिक संवाद, प्रक्रिया वा निर्णय भएको छैन। त्यसैले हाल फैलिएको चर्चा हल्ला मात्रै हो। नागरिक उन्मुक्ति पार्टी कोही व्यक्तिको प्रतिष्ठा मात्र हेरेर होइन, उसको विचार, राजनीतिक दृष्टिकोण र पार्टीको सिद्धान्तसँग मेल राख्ने आधारमा निर्णय लिन्छ,’ अध्यक्ष श्रेष्ठले भनिन्।
त्यसो त यो हल्ला मात्रै भएको कुलमान निकट स्रोतको दाबी छ। ‘मुख्यत: सामाजिक सञ्जालहरूमा यस्तै हल्ला देखिन्छ तर, यो हल्ला मात्रै हो। झुटो हो यो। अहिलेका लागि उहाँ उज्यालो नेपाल अभियानमा हुनुहुन्छ। त्यसभन्दा दायाँबायाँ केही छैन,’ स्रोतले भन्यो, 'उहाँको विदेश भ्रमण पनि त्यही उज्यालो नेपाल अभियानकै क्रम हो।'
पछिल्लो पटक २०८१ चैत्र ११ गते सरकारले प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेपछि कुलमानले राजनीतिमा आउने छनक दिइरहेका छन्। अहिले उनी विदेश भ्रमणमा छन्। मध्यपूर्वी देशहरू बहराइन, कतार, ओमन, दुबईलगायतका देशहरू घुमिरहेका छन्। असार १७ गते नेपालबाट उडेका कुलमान अहिले बहराइनमा छन्। अब उनी दुबई, ओमन र कतारसमेत पुग्नेछन्। उनले मुख्यत: त्यहाँ कार्यरत नेपाली युवाहरूलाई भेट्ने लक्ष्य राखेका छन्।
दलहरूलाई आसन्न उपनिर्वाचनले छोइसकेको छ। कात्तिक १७ गते मिति तोकिएको उपनिर्वाचनकेन्द्रित भएर दलहरूले छलफल थालिसकेका छन्। सत्तासीन दल नेकपा (एमाले) ले त उम्मेदवार नै तोकिसकेको छ, उसले खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।
यसबाहेक नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरूले उपनिर्वाचनकेन्द्रित छलफल सुरु गरिसकेका छन्। कतिपय दलहरूले परिचालन समितिसमेत बनाइसकेका छन् भने पार्टीको जिल्ला समितिलाई उम्मेदवारको सूची पठाउन निर्देशन दिइसकेका छन्।
तर, नेकपा (माओवादी केन्द्र) ले भने उपनिर्वाचनकेन्द्रित छलफल सुरु गरिसकेको छैन। आउँदो हप्ता पदाधिकारी बैठक बस्ने र बैठकले निकालेको निष्कर्षअनुरूप छलफल अगाडि बढाएर तयारीमा जुट्ने माओवादी सचिव दीनानाथ शर्माले जानकारी दिए। ‘हाम्रो पार्टीलाई उपनिर्वाचनले छोइसकेको छैन। आउँदो हप्ता पदाधिकारीको बैठक बस्छ, त्यहाँ छलफल हुन्छ। त्यसपछि हामी सक्रिय हुन्छौँ,’ शर्माले भने।
यता सामाजिक सञ्जालहरूमा भने माओवादीले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई उम्मेदवार बनाउने चर्चा चलेको छ। यसबारे बुझ्दा शर्माले भने, ’पहिलो कुरा त हाम्रो पार्टीमा उपनिर्वाचनबारे छलफल नै सुरु भएको छैन। अब पात्रका बारेमा त अलि पछि नै कुरा हुन्छ। कुलमानजीको नामको चर्चा त चलेको छ तर, पार्टीले यसबारे अहिल्यै सोचेको छैन।’
त्यसो त कुलमान माओवादी निकट मानिन्छन्। माओवादी नेतृत्वकै सरकारले उनलाई रसुवाको चिलिमे जलविद्युत्बाट प्राधिकरणमा ल्याएको थियो। उनी २०७३ भदौ २९ गते पहिलो पटक प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए। ०७७ भदौ २९ गते आफ्नो कार्यकाल सकाएका उनलाई पुन: २०७८ साउन २७ गते दोस्रोपटक माओवादीकै सरकारले नियुक्त दियो। त्यतिबेला ऊर्जामन्त्री रहेकी माओवादी उपाध्यक्ष पम्फा भुसालको प्रस्तावमा कुलमान प्राधिकरणका कार्यकारी निर्देशक नियुक्त भएका थिए। तर, २०८१ चैत ११ गते केपी शर्मा ओली नेतृत्वको सरकारले बर्खास्त गर्यो।
कुलमान घिसिङ।सरकारले गरेको बर्खास्तको निर्णयविरुद्ध उनी सर्वोच्च अदालत गए तर, अदालतले उनको पक्षमा आदेश दिएन। यसपछि राजनीतिमा आउने छनक दिइरहेका उनी अहिले विदेश भ्रमणमा छन्। मध्यपूर्वी देशहरू बहराइन, कतार, ओमन, दुबईलगायतका देशहरू घुमिरहेका छन्। असार १७ गते नेपालबाट उडेका कुलमान अहिले बहराइनमा छन्। अब उनी दुबई, ओमन र कतारसमेत पुग्नेछन्। उनले मुख्यत: त्यहाँ कार्यरत नेपाली युवाहरूलाई भेट्ने लक्ष्य राखेका छन्।
बाहिर माओवादीबाट रुपन्देही-३ मा उम्मेदवार बन्ने चर्चा चलाइए पनि स्वयम् उनले भने निर्णय गरिसकेका छैनन्। केही हप्ता पहिले नागरिकसँग संक्षिप्त कुराकानी गर्दै उनले भनेका थिए, ‘जनताले जे चाहन्छन्, त्यही गर्ने हो। के गर्ने भन्नेबारे निर्णयमा पुगिसकेको छैन।’
स्रोतका अनुसार कुलमानले अहिलेसम्म स्वतन्त्र रूपमा अगाडि बढ्ने, कुनै पार्टीमा समाहित हुने वा पार्टी गठन गरेर जाने भन्नेबारे निर्णय लिइसकेका छैनन्। तर, बाहिर भने उनलाई माओवादीले उम्मेदवार बनाउने चर्चा चलाइएको छ। ‘कुलमानजीलाई जुनसुकै पार्टीले पनि उम्मेदवार बनाइहाल्छ नि, कांग्रेस बाहेक। कांग्रेसले चाहिँ बनाउँदैन जस्तो लाग्छ। तर, उहाँ आफैँ एउटा सांसदका लागि जाने कि २०/२५ जना सांसदको नेता हुने भन्ने छ। उहाँ माओवादीको तर्फबाट उम्मेदवार बन्नुहुन्छ भन्ने लाग्दैन,’ स्रोतले भन्यो, 'अहिले उज्यालो अभियान मात्रै चलिरहेको छ। बाहिरको चर्चा झुटो हो।'
त्यसो त यसअघि उनले आफू माओवादीको मान्छे नभएको बताएका थिए। पहिचानवादी मोर्चाका नेता डकेन्द्रसिंह थेगिमसँगको भेटमा उनले भनेका थिए, ‘मलाई सबैले माओवादीसँग जोडेर हेर्नुहुन्छ तर, त्यस्तो होइन। माओवादी नेतृत्वको सरकारमा प्राधिकरणमा आएको चाहिँ हो।’
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...