काठमाडौं, वैशाख ११ (नागरिक)- आज बस्ने भनिएको संविधानसभा बैठक वैशाख १४ गते ३ बजेसम्मका लागि स्थगित गरिने भएको छ। यससम्बन्धी सूचना टाँसेर बैठक स्थगन हुन लागेको हो।
संविधान सभाको विवाद समाधान उपसमितिले सहमतिका लागि थप ३ दिन समय माग्ने भएपछि संविधान सभा बैठक स्थगित हुने भएको हो।
संविधान सभा बैठक स्थगनको कामलाई औपचारिकता दिन कार्यव्यवस्था समितिको बैठक बस्दैछ।