काठमाडौं- संविधानसभाको आइतबार बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिने भएको छ। यसअघि बोलाइएको संविधानसभा बैठक पनि स्थगित गरिएको थियो। वैशाख अन्तिममा संकल्प प्रस्ताव पारित गर्न बोलाइएको व्यवस्थापिका संसद बैठकमा संविधानसभा बैठक जेठ १७ गते आइतबार अपराह्न ३ बजेसम्म स्थगित भएको जानकारी गराइएको थियो।संविधानसभा सचिवालय स्रोतका अनुसार आइतबार नै सूचना टाँसेर बैठक स्थगित गरिएको जानकारी गराइनेछ। 'भूकम्पपछि धेरैजसो सभासद् जिल्लामै हुनुहुन्छ,' सचिवालय स्रोतले भन्यो, 'आइतबारको बैठक पनि सूचना टाँस गरेर स्थगित गरिनेछ।'
संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले पनि बैठकको कार्यसूची तय नभएको जानकारी गराउँदै के गर्ने भन्ने विषयमा गृहकार्य भइरहेको जानकारी दिए। 'बैठकको एजेन्डा तयार भएको छैन,' उनले भने, 'तर, के गर्ने भन्ने बारेमा हामी गृहकार्यमै छौं।'
भूकम्पबाट बढी प्रभावित १४ जिल्लासहित तनहुँ, लमजुङ, पर्वत, स्याङजा र सोलुखुम्बुमा भूकम्पले पुर्याबएको क्षतिको अध्ययन र सरकारको घोषणाअनुसार राहत पाए नपाएको बुझ्न संसदीय टोली त्यसतर्फ गएकाले पनि संविधानसभा बैठक स्थगित गर्नुपर्ने अवस्था आएको स्रोतले जनायो।