प्रश्नावली बनाउने जिम्मा विवाद समाधान उपसमितिलाई-
माधव ढुङ्गेल, काठमाडौं, वैशाख २९- संविधान जारी गर्ने मिति १५ दिन बाँकी हुँदा संविधानसभा बैठक लगातार १० औं पटक स्थगित भएको छ। बैठकका लागि 'बिजनेस' नभएको भन्दै शुक्रबार सूचना टाँसेर बैठक स्थगित गरिएको हो।
यसैगरी विवादित विषयमा मतदान गराउनु पर्ने प्रश्नावली संवैधानिक समितिले अन्तिम रुप दिन नसकेपछि विवाद समाधान उपसमितिमा पठाइएको छ। समिति बैठकमा दलहरुले आ आफ्ना प्रश्न थपेपछि समिति निष्कर्षमा पुग्न नसकेकव हो।
विवाद समाधान उपसमितिलाई भोलि १२ बजेसम्म प्रश्नावली मस्यौदा तयार पार्ने समय समीमा दिएको सभासद अग्नि खरेलले नागरिकन्युजलाई बताए।
तराई मधेस लोकतान्त्रिक पार्टीका हृदयेश त्रिपाठीले बिरामीलाई पुरानै डाक्टार कहाँ पठाइएको टिप्पणी गरे। 'नयाँ रोगहरु समेत थपेर बिरामीलाई पुरानै डाक्टर कहाँ पठाइयो', उनले भने।