स्पोर्टस अवार्ड आज
१९ असार २०६९
•
३ मिनेट पाठ
स्पोर्टस अवार्ड आज
काठमाडौं, असार २० (नागरिक)- नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार विभिन्न ८ खेल विधामा पल्सर स्पोर्टस अवार्ड-२०६८ दिने भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ। अवार्डमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, लोकप्रिय वर्ष खेलाडी, पारा एथलिट, स्पेसल र लाइफटाइम एचिभमेन्ट गरी ८ विधामा समावेश छन्।
पुरुष, महिला, युवा र प्रशिक्षक विधामा ५-५ जना मनोयननमा परेका छन्। तीमध्ये एक विजेता हुने छन्। २०६८ सालभर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेको उपलब्धि र प्रदर्शनका आधारमा मञ्चले मनोनयन सार्वजनिक गरिसकेको छ।




२०६६ मा वर्ष पुरुष खेलाडी र २०६४ मा वर्ष युवा खेलाडी भएका पारस खड्कालाई यसपालि उत्कृष्ट पुरुष खेलाडीमा गल्फका शिवराम श्रेष्ठ, एथलेटिक्सका तिलकराम थारु, पौडीका शैलेश राणा र घोडचढीका धु्रवप्रसाद अर्याललाई टक्कर दिने छन्।
महिलातर्फ लन्डन ओलम्पिकमा छानिएकी एथलेटिक्सकी प्रमिला रिजाल र पौडीकी श्रेया धितालसहित भारोत्तोलनकी तारादेवी पुन, टेबलटेनिसकी नविता श्रेष्ठ र ब्याडमिन्टनकी नङ्सलदेवी तामाङ उपाधि दाबेदार छन्। श्रेया गत वर्ष लोकप्रियको मनोनयनमा थिइन्।
वर्ष युवा खेलाडीमा २०६६ की जादुमयी अवार्ड विजेता क्रिकेटी रुबिना क्षेत्री र क्रिकेटकै पृथु बाँस्कोटासहित एथलेटिक्सका सिद्धान्त अधिकारी र विश्वरुपा बुढा, पौडीका शिरीष गुरुङको दाबेदारिता रहनेछ। प्रशिक्षकतर्फ क्रिकेटको वर्चस्वलाई टक्कर दिनेमा जुडोका वीरबहादुर राना र पौडीका ईश्वर कार्की छन्।
त्यस्तै लोकप्रिय खेलाडी विधाको मनोनयनमा परेका पाँचमध्ये एसएमएस भोटिङका आधारमा एक विजेता चुनिने छन्। लोकप्रियमा क्रिकेटका शक्ति गौचन, एथलेटिक्स सविता चौधरी, टेनिसकी असलेशा लिसानोभिच, भलिबलकी रमिला तण्डुकार र फुटबलका भरत खवासबीच प्रतिस्पर्र्धा छ। यसअघि लोकप्रियमा फुटबलका जुमानु राई र सन्तोष साहुखल, भलिबलका मञ्जु गुरुङ र सिपोरा गुरुङले अवार्ड जितेका थिए।
पारा एथलिट, स्पेसल र लाइभटाइम एचिभमेन्ट अवार्ड विजेताको नाम कार्यक्रम दौरानमै घोषणा गरिने मञ्चका अध्यक्ष निरञ्जन राजवंशीले जानकारी दिए।
पुरुष, महिला र लोकप्रिय विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्। अन्य विधाका विजेताले ३० हजार रुपैयाँ पाउने छन्।
अर्को समाचार
पोखरा स्पोर्टस् अवार्डः को होला सर्वाेत्कृष्ट खेलाडी?
१७ असार २०७९
•
२ मिनेट पाठ
पोखरा स्पोर्टस् अवार्डः को होला सर्वाेत्कृष्ट खेलाडी?
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार पोखरामा पोखरा स्पोर्टस अवार्ड–२०७८ आयोजना हुँदैछ। विश्व खेलकुद दिवसको अवसर पारेर मञ्चले छैठौं पोखरा स्पोर्टस अवार्ड–२०७८ आयोजना गर्न लागेको आयोजक खेलकुद पत्रकार मञ्चले बताएको छ। विभिन्न ७ विधामा अवार्ड वितरण गरिने मञ्चले जनाएको छ।




मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष, वर्ष सर्वोत्कृष्ट खेलाडी महिला, वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र  वर्ष उत्कृष्ट खेल पत्रकार विधामा अवार्ड वितरण गर्नेछ। मञ्चले चार वटा विधामा नोमिनेसन सार्वजनिक गरिसकेको छ। जस अनुसार सर्वोत्कृष्ट वर्ष खेलाडी पुरुषतर्फ उत्कृष्ट ३ मा विधान अधिकारी (ब्याडमिन्टन), बुद्ध लामा (कराँते) र प्रदीप खड्का (टेनिस) परेका छन् । त्यस्तै, सर्वोत्कृष्ट वर्ष खेलाडी महिलामा अरुणा शाही (भलिवल), मनिषा उपाध्याय (क्रिकेट) र सरगम कुमाल (कराँते) परेका छन्।

यसैगरी, वर्ष उत्कृष्ट उदीयमान खेलाडी विधामा दर्शिल श्रेष्ठ (टेनिस), श्रृष्टि जैशी (क्रिकेट) र शाहिल लिम्बु (बक्सिङ) उत्कृष्ट ३ मा परेका छन। वर्ष उत्कृष्ट प्रशिक्षकमा रिजन प्रजु (क्रिकेट), रेकमाया गुरुङ (तेक्वान्दो) र निरज थापा (टेनिस) उत्कृष्ट ३ को मनोनयन सूचिमा परेका छन्।

उत्कृष्ट ३ मध्ये एक जनालाई उत्कृष्ट घोषणा गरी अवार्ड प्रदान गरिने नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीनानाथ बरालले जानकारी दिए। गत वर्षभरीको खेलहरुमा खेलाडीले जनाएको सहभागिता, पाएको उपलब्धी र देखाएको पर्फमेन्सका आधारमा निर्णायक कमिटीले गरेको आधारमा अवार्ड प्रदान गरिने उनले बताए।

यसैबीच, मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड यस वर्ष अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई प्रदान गर्ने जनाएको छ। बाँकी दुई विधा उत्कृष्ट खेल संघ र  वर्ष उत्कृष्ट खेल पत्रकार विधाको भने अवार्ड समारोहमा एकैपटक घोषणा गरेर अवार्ड प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए।

पोखरा स्पोर्टस अवार्ड अन्तर्गत सर्वोत्कृष्ट वर्ष खेलाडी पुरुष र महिलालाई टेल–जी ब्राण्डको टाइगर मोडलको इलेक्ट्रिक स्कुटर र अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ। त्यस्तै, वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई अवार्डसहित नगद पैंतीस–पैंतीस हजार रुपैयाँ प्रदान गरिने मञ्च अध्यक्ष दीननाथ बरालले बताए। यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्डबाट अवार्डेड हुने व्यक्तिलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ।  उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई पनि मनोनयन अवार्ड र प्रमाणपत्र प्रदान गरिने मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस