काठमाडौं- संविधानसभाको पहिलो बैठक बसेको झन्डै एक महिनापछि संविधानसभा/व्यवस्थापिका संसद बैठक सञ्चालन नियमावली मस्यौदा समिति गठन भएको छ। संविधानसभा बैठकले बुधबार नियमावलीको मस्यौदा तयार गर्न ४९ सदस्यीय समिति गठन गरेको हो।कांग्रेस सभासद चीनकाजी श्रेष्ठको प्रस्ताव र एमाले सभासद भीमप्रसाद आचार्यको समर्थनमा बैठकले मस्यौदा समिति सर्वसम्मत पारित गरेको थियो। समितिमा सभासदहरू अतहर कमाल मुसलमान, अम्बिका बस्नेत, आनन्दप्रसाद ढुंगाना, ओनसरी घर्ती, एकनाथ ढकाल, कर्णबहादुर थापा, कुमार खड्का, कुन्तीकुमारी शाही, कृष्णभक्त पोखरेल, गोपाल दहित, चन्देश्वर झा, जयदेव जोशी, जयन्तीदेवी राई, जीवन परियार, जितेन्द्रनारायण देव, डिम्पलकुमारी झा, धर्मेन्द्रकुमार साह तेली, नरहरि आचार्य, नरेन्द्र साह कलवार, प्रभु साह, प्रेमबहादुर सिंह, प्रेम सुवाल, विश्वेन्द्र पासवान, बृजेशकुमार गुप्ता, भीमबहादुर रावल, भीष्मराज आङ्देम्बे, मदनकुमारी शाह र महेश आचार्य सदस्य छन्।
मीना पुन, मेघराज नेपाली (निषाद), रमेश लेखक, राधादेवी तिमल्सिना, रामकुमार राई, रामकृष्ण यादव, रामनारायण विडारी, रुक्मिणी चौधरी, रेवतीरमण राजभण्डारी, लक्ष्मण राजवंशी, लक्ष्मणलाल कर्ण, लालबाबु राउत, लोकमणि ढकाल, विक्रमबहादुर थापा, शक्तिबहादुर बस्नेत, शिवकुमारी गोतामे सार्की (नगरकोटी), शिवचन्द्र चौधरी, शिवलाल थापा, सरिताकुमारी यादव, सुनीलबहादुर थापा र हरिचरण साह पनि सदस्य छन्।
समितिमा दलीय हैसियतअनुसार सदस्य राखिए पनि संयोजक भने तोकिएको छैन। संयोजक तोक्ने जिम्मेवारी समितिलाई नै दिँदै मस्यौदा तयार गर्न भनिएको छ। त्यसका लागि समितिले विशेषज्ञ र अन्य व्यक्तिको सहयोग लिनसक्नेछ। समितिलाई १० दिनको समय दिइएको छ।
संविधानसभाको काम–कारबाहीलाई प्रभावकारी र समयसापेक्ष बनाउने तथा नियमावली पारित गर्ने अवस्थासम्ममा आइपर्ने अन्य कार्यसमेत गर्ने जिम्मेवारी समितिलाई छ। अध्यक्षको निर्देशनमा रही कार्यविधि व्यवस्थित गर्ने अधिकार समितिलाई दिइएको छ।
संविधानसभाको पहिलो बैठकले संविधानसभा नियमावली तयार नहुँदासम्म संविधानसभा नियमावली २०६५ र संविधानसभा (व्यवस्थापिका संसदको कार्य सञ्चालन) नियमावली २०६५ बाटै कार्यसञ्चालन गर्ने निर्णय गरेको थियो।
संविधानसभाको अर्को बैठक फागुन ४ गते दिउँसो १ बजे बस्नेछ।